जानी जानी छल्नु पर्ने

इनेप्लिज २०७२ असोज १९ गते ३:३३ मा प्रकाशित

unnamed411

फूल फुलेपछि फल फल्नु पर्ने जिन्दगीमा

समयले खेल खेल्दा ढल्नु पर्ने जिन्दगीमा

प्रतिभाको सीमा, साँध तोकिएको कहाँ छर
साच्चै निधारमा बत्ति बल्नु पर्ने जिन्दगीमा

निर्दिष्ठ छन् पाइलाहरु जीवन हो यात्रा हेर
निर्माणको ईंटा थप्दै चल्नु पर्ने जिन्दगीमा

आफ्नै पनि स्वभावमा देखिईने ईर्ष्या कस्तो
स्वयम्लाइ जित्ने संग जल्नु पर्ने जिन्दगीमा

हुन्छ जस्को मूल मन्त्र भ्रस्ट घुषखोरी पाल्ने
घाउ पारि नून चुक दल्नु पर्ने जिन्दगीमा

कलम र बन्दुकको संधै हुन्छ महामारी
तर किन कलम नै गल्नु पर्ने जिन्दगीमा

नितान्त नै स्वकीय छन् ”चाचा” का यी कूरा
जानी जानी प्यारीलाई छल्नु पर्ने जिन्दगीमा

प्रतिक्रिया