‘हामीलाई किताब, कपि र सिसाकलम भए पुग्छ’

इनेप्लिज २०७२ असोज २१ गते ०:५९ मा प्रकाशित

deuja 2

महा बिनासकारी महा भूकम्पको चपेटामा धेरै बिद्यालयहरु क्षतिग्रस्त भए l केहि काम नलाग्ने गरि ध्वस्त भएका छन् भने केहि बिद्यालयहरु आंसिक रुपमा पनि भत्केका छन् l

यस्तै भूकम्पबाट पाटन स्थित हरि सिद्धि उच्च माध्यमिक बिद्यालय पनि अछुतो रहेन l उक्त बिद्यालयलाई लक्षित गर्दै डिसी महानगरमा क्षेत्रमा स्थापना भएको नेपाली महिला स्वयम् सेवक समुह द्वारा संचालित नेपाली पाठशाला तथा स्वयम् सेवकले पाटनको हरि सिद्धि बिद्यालयलाई विभिन्न सहयोग प्रदान गरि उदाहरण बनेको छ l

उक्त बिद्यालयमा शौचालय निर्माण गर्नु पर्ने अति आवस्यक ठानेकोले अमेरिकाको डिसी महानगर क्षेत्रबाट नेपाल पुगेका आमा छोरी प्रभा देउजा तथा प्रकृति देउजाले ८ सय बिद्यार्थी भएको पाठशालामा एउटा मात्र शौचालय देखेकोले शौचालय निर्माण गरिएको प्रभा देउजाले बताईन l

deuja 5बिशेष गरि छात्रा बिद्यार्थीलाई पनि एक मात्र सौचालय प्रयोग गर्नु पर्ने बाध्यता रहेकोले काम बाट झन्डै १ महिनाको बिदा लिएर बिद्यालयमा ८ वटा सौचालय बनाएकोमा खुशी लागेको प्रभा देउजाले बताइन l उनले भनिन् पैसा दिनु भन्दा आफै खटेर काम गरेकोले काम राम्रो भयो भनिन l

उनले अगाडी भनिन २ कक्षाको बिद्यार्थीको कक्षा कोठामा गएर तिमिहरु के चाहन्छौ भनि जिज्ञासा राख्दा कक्षामा रहेका ३४ बिद्यार्थीले एकै स्वरमा हामीलाइ सिसा कलम ,किताब ,कपि ,सिसा कलम तिखार्ने आदि भए पुग्छ भन्दा आश्चर्य लागेको बताईन l उनले भनिन मैले उनीहरुले मिठाई तथा अन्य खाने कुरा माग्ने छन् भन्ने सोचेको थिए तर उनीहरुले पढ्ने सामग्री मागी दिदा गर्व लागेको महसुस भएको बताइन l पाठशालामा उपस्थिति भएका केहि बिद्यार्थीहरुका घर क्षति ग्रस्त ,केहीका बिद्यार्थीका अभिभावकको मृत्यु भएको कारण उनीहरुका हजुर बुवा ,हजुरआमा तथा नजिकका नातेदारले हेरचाह गरेको हरि सिद्धिका प्रधानाचार्यले जानकारी गराएको प्रभा देउजाले बताईन l

deuja 8देउजाले भनिन बिद्यालयका हरेक कक्षामा सिसा कलम तिखार्ने (शार्पनर)जरुरि भएको आफुलाई लागेकोले १० कक्षा सम्मका सबै कक्षामा व्यवस्था गरि दिएको बताईन l अर्को परियोजना भनेको हरेक कक्षामा सेतो पाटीको व्यवस्था गर्नु रहेको बताइन l आफु स्वयम् सेवक रुपमा काम गर्न ईक्षुक रहेको र यो सानो परियोजना भएता पनि यो नतीजामुलक योजना आफुलाई लागेको बताईन l

डिसी महानगर क्षेत्रमा स्थापना भएको नेपाली महिला स्वयम् सेवक समुह नेपाली पाठशाला कि संस्थापक सदस्य रहेकी देउजा भन्छिन यो समुहले निकै काम गर्न सफल भएको छ l यी सबै काम नेपाली महिला स्वयम् सेवक समुह नेपाली पाठशालाका पदाधिकारी ,शुभ चिन्तकको सहयोगले भूकम्पको समयमा लुगा फाटा ,खाधन्य तथा अन्य सामग्री पठाउन ठुलो भूमिका खेलेको बताइन l

अर्को परियोजना भनेको हरेक कक्षामा सेतो पाटीको व्यवस्था गर्नु रहेको बताइन l सानो परियोजना भएता पनि यो नतीजामुलक योजना आफुलाई लागेको बताईन l आफुले जन्म दिवस तथा चाड पर्वमा आफुलाई दिने कोशेली तथा उपहारको बदलामा नगद दिन सबैमा आग्रह गर्ने र त्यो रकमले भूकम्प पिडित बिद्यार्थीका लागि खर्चिने बताइन l

उक्त बिद्यालयको लागि बिद्यार्थीहरुले अहोरात्र खटिएका बताउदै उनीहरुलाई हामीले प्रोत्साहन गर्नु पर्छ भनिन l

deuja 1

deuja 7

प्रतिक्रिया