देशलाई अब लगाउन नदेउ भागबन्डा र अंश

इनेप्लिज २०७२ असोज २१ गते २२:४९ मा प्रकाशित

puskar pany 1

हे ईश्वर तिमीले यो के गरी दियौ
दुख माथी अझै झन दुख थपि दियौ
श्राप र पाप दुबै एकै साथ दीयौ
नेपाली भएर बाच्ने अधीकारै खोसा दियौ

नेपाली भएर जन्मनु मेरो के गल्ती थ्यो र ?
जीउदै मरेर बाच्नुको अर्थ नै के रह्यो र ?
आफनो घर आगन आज आफैलाई पराई भो
एक मुठ्ठी श्वास फेर्न पनि कस्तो त्राइ त्राइ भो

सधै बन्द,हिंसा र लडाई एक आपसमा झगडा
हे ईश्वर जन्माइदेउ नेपालमा एउटा नेता तगडा
देशलाई अब लगाउन नदेउ भागबन्डा र अंश
सक्छौ भने नष्ट नै गरीदेउ भ्रष्टहरुको सबै बंश

प्रतिक्रिया