मिस नेपाल यूएस ग्लोबल प्रतिस्पर्धामा, न्युयोर्कको वाणिज्य दूतावास सहयोग गर्न तयार

इनेप्लिज २०७२ असोज २३ गते २०:५८ मा प्रकाशित

usembassy3

न्युयोर्क । अमेरिकामा बसोबास गर्दै आएका नेपाली युवतीहरुलाई लक्षित गरी आयोजना गरीएको मिस नेपाल यूएस २०१५ प्रतियोगिताको विजेताले अब मिस ग्लोबल प्रतियोगितामा पनि सहभागिता जनाउने भएका छन् ।
अमेरिकामा बसोवास गने युवतीको ब्यक्तित्व विकासको लागि सन् २०११ देखि मिस नेपाल आयोजना गर्दै आएको इभेन्ट प्लानेटका संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत अमित शाहले न्युयोर्कस्थित महावाणिज्य दूतावासमा आयोजित कार्यक्रमा सो कुराको जानकारी दिनुभएको हो ।

usembassy1
पाचौ मिस नेपाल प्रतियोगितामा सहयोग गर्ने विभिन्न संघ सस्था र ब्यक्तित्वलाई सम्मान पत्र प्रदान गर्ने कार्यक्रममा संचारकर्मीसंग कुरा गर्दै शाहले भन्नुभयो, यो बर्ष देखि नै हामीले फिलिपिन्समा आयोजना हुने मिस ग्लोबलमा सहभागिता जनाउन लागेका छौ ।
मिस नेपाल यूएस विजेता प्रिंयका थपलिया विशेष कारणले भाग लिन नपाएपछि यो बर्ष मिस डिसिप्लेन विजेता सुनिता पुनले सहभागिता जनाउन लागेको जानकारी प्रमुख कार्यकारी शाहले दिनुभयो । त्यसको लागि उनी आईतबारनै फिलिपिन्सतर्फ प्रस्तान गरिसक्नुभएको जनाइएको छ ।
यही अक्टोबर २४ र २५ तारिखमा फिलिपिन्समा आयोजना हुन लागेको मिस ग्लोबलमा ५० भन्दा बढी राष्टको सहभागिता रहेको जनकारी दिदै शाहले मिस यूएसको उष्कृष्ट स्थानमा आउने विश्वास प्रकट गर्नुभयो ।
सो अबसरमा अमेरिकाका लागि नेपालका महावाणिज्य दूत नारायणप्रसाद मैनालीले मिस नेपाल यूएस प्रतियोगिताले अन्तराष्टियस्तरमा नेपाल प्रबद्र्धन गर्न सहयोग पुगेको जनाउदैँ आगामी बर्ष यसलाई थप बृहत रुपमा आयोजना गर्न सुझाव दिनुभएको छ ।
नेपाल बिनासकारी भूकम्पको पिडामा रहेको अबस्थामा पुर्ननिर्माणको नारा सहित आयोजना गरिएको पाचौँ मिस नेपाल प्रतियोगितालाई गत अगस्टमा अयोजित पाचौ मिस नेपाल ।भब्य रुपमा सफल पार्न सहयोग गर्ने विभिन्न ब्यक्तित्वलाई मैनालीले शुक्रबार साझ न्युयोर्कस्थित वाणिज्य दूतावासमा आयोजित कार्यक्रममा सम्मान पत्र पनि प्रदान गर्नुभयो ।
इभेन्ट प्लानेट , यूएसएको आयोजनामा भएको प्रतियोगितलाई सफल पार्न सहयोग गर्ने संघ, संस्था, ब्यबसायी, कलाकार, सौन्दर्यकर्मी, सचारंकर्मीलगायतलाई मैनालीले सम्मान पत्र प्रदान गर्नुभएको थियो ।

kiranand

सो अबसरमा मैनालीले मिस नेपाल प्रतियोगिता अमेरिकामा रहेका नेपाली मूलका युवतीको लागि क्षमता प्रदर्शन थलो मात्र नभएर उत्सवको रुपमा समेत विकसित हुदै गएकोले प्रतियोगिता आयोजना भइरहेको जनाउदैँ आफूहरु प्रतियोगितालाई निरन्तर रुपमा सहयोगर्न तयार रहेको जनाउनुभयो ।

कार्यक्रममा सिएनएन, फक्स न्युजमा काम गरिसक्नुभएकी नेपाली मूलकी अमेरिकाका प्रतिष्ठिन संचारकर्मी किरण क्षेत्रीले आफूलाई मिस नेपालको एउटा भाग बन्न पाएकोमा हृदयदेखि नै खुसी लागेको बताउनुभयो ।
मिस नेपाल यूएस प्रतियोगितालाई आगमी दिनमा कुनै पनि ढंगबाट सहयोग गर्न आफू तयार रहेको क्षेत्रीले भन्नुभयो ।

sabina

प्रतिक्रिया