मोदीको प्रचारमा जाँदा अजय देवगनमाथि आक्रमण, विपक्षीले दर्जनौ चप्पल बर्साए

इनेप्लिज २०७२ असोज २३ गते २२:०० मा प्रकाशित

Mandeep-Rasaili-293x300मुम्बई । बलिउड अभिनेता अजय देवगनमाथि आक्रमण भएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भारतीय जनता पार्टीका उम्मेदवारको प्रचार गर्न बिहार पुगेका अजयमाथि सडक लागेको भीडबाट आक्रमण भएको हो । विहारमा यसै महिनाभित्र चुनाव हुँदैछ ।

भाजपाका लागि भोट माग्दै सडकमा निस्किएका बेला विहारको झाझामा उनलाई हेर्न भीड लागेको थियो । त्यही बेला भीडबाट एक्कासी अजय देवगनमाथि चप्पलबाट आक्रमण भयो । करिब दर्जन बढीले एकैसाथ चप्पल प्रहार गरेका थिए । झाझामा चप्पल आक्रमण भएपछि अजय शनिबार मुम्बई फर्किएका छन् ।

मोदीका उम्मेदवार विजय कुमार सिन्हाको प्रचार गर्न अजय विहार पुगेका थिए । जसका लागि सडक शो गरिएको थियो । उनलाई हेर्न हजारौंको संख्यामा सडकमै भीड लागेको थियो । स्थितीलाई नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज समेत गरेको छ । चप्पल आक्रमणपछि अजय देवगन तुरन्त हेलिकप्टरबाट मुम्बई प्रस्थान गरेका थिए ।

अजयलाई चप्पल प्रहारपछि भाजपा र प्रतिस्पर्धी पार्टी जेडीयूका कार्यकर्ताबीच झडप समेत भएको थियो । त्यही बेला अजय विहारबाट मुम्बई टाप कसे । (एजेन्सीको सहयोगमा)

ajay ajay-1

प्रतिक्रिया