जापानमा एक नेपाली युवकको मृत्यु

इनेप्लिज २०७२ असोज २४ गते १२:५५ मा प्रकाशित

sushmaटोकियो (जापान), २४ असोज । वैदेशिक रोजगारीको सिलसिलामा जापानमा रहेका गुल्मी पौदीअमराई गाविस–९ का ३१ वर्षीय विपिन रायमाझी मृत्यु भएको छ । सात वर्षअघि ‘कुक’ भिसामा जापान आएका रायमाझी टोकियोबाट दुई घण्टा उत्तरपश्चिमको फुसासी खुमागावाको हाइजीमा बस्दै आएका थिए । साथीभाइ र आफन्तले खोजी गर्दा शुक्रबार मध्यरातमा स्थानीय फुलबारीमा अचेत अवस्थामा भेटिएका रायमाझीलाई अस्पतालले मृत घोषित गरेको थियो । आइतबार अस्पतालले दिएको प्रतिवेदनमा लामो समयदेखिको मदिरा सेवनबाट रायमाझीको दुवै मिर्गौलाले काम नगरेकाले मृत्यु भएको उल्लेख गरिएको छ । रासस

प्रतिक्रिया