ऐश्वर्याको कमब्याक कमजोर

इनेप्लिज २०७२ असोज २६ गते ५:५० मा प्रकाशित

dddd-335x232काठमाडौं । बलिउड अभिनेत्री ऐश्वर्या रायको क्रेज अब सकियो भन्ने विश्लेषण हुन थालेको छ । ऐश्वर्या रायत ५ बर्षपछि बलिउडमा कमब्याक गर्दा धेरैलाई लागेको थियो, उनको फिल्मले जोडदार व्यापार गर्नेछ । तर, सबैले सोचेजस्तो भएन ।ऐश्वर्याको फिल्मले डेब्यू अभिनेता र अभिनेत्रीहरुको फिल्मले जतिको पनि व्यापार गरेन ।

ऐश्वर्याले कम ब्याक गरेको फिल्म ‘जज्बा’ले शुक्रबार ५ करोडको व्यापार पनि गरेन । पहिलो दिन फिल्मको व्यापार ४.२३ को रहेको बलिउड विश्लेषक तरण आदर्शले ट्टिवरबाट जानकारी दिएका छन् । संजय गुप्ताको निर्देशनमा बनेको यो फिल्ममा ऐश्वर्या वकिलको भूमिकामा देखिएकी छिन् । उनलाई कलाकार इरफान खानले साथ दिएका छन् ।विकेन्डमा यो फिल्मको व्यापार गतिलो हुने अपेक्षा गरिएको छ । तर, बलिउड फिल्मले व्यापार गर्ने मुख्य ३ दिनमा फिल्मले २० करोडको आँकडा नछुने देखिन्छ ।

प्रतिक्रिया