सिलगढीमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज

इनेप्लिज २०७२ असोज २८ गते ११:१८ मा प्रकाशित

भारत पश्चिम बंगालस्थित सिलगढीमा हालै अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, सिलगढी च्याप्टर गठन भएको छ । साहित्यकार लतिका जोशीको अध्यक्षतामा गठित सो च्याप्टरमा कार्यकारी अध्यक्षमा अशोक प्रशान्त क्षेत्री, सचिवमा शरद क्षेत्री, सहसचिवमा खेमराज सापकोटा र सुकराज दियाली र कोषाध्यक्षमा राजेन्द्र ढकाल रहेका छन् । यस्तै सदस्यहरुमा प्रा. तेजमान बराइली, विकास कार्की, महेन्द्र स्याँग्बो, सुमित खाती, कृष्ण पि. ठटाल, सिर्जना सुब्बा, रंजित गुरुङ, राहुल राइ, सन्जिब गुरुङ, सबिर दिलपाली, प्रकाश राइ, सुरज चापागाई, भिम धमला, गुनु घर्ती, मैतराज राणा, प्रदिप मुखिया, सुश्री मनिका रहेका छन् भने प्रचार प्रसार सचिबमा आरबी रुचाल रहेका छन् ।
सिलगुडीमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको च्याप्टर गठनले त्यस क्षेत्रमा नेपाली भाषा तथा साहित्यको विकासमा अरु थप योगदान पुग्ने बिश्वास लिईएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष पदम विश्वकर्माले सिलगुढीका अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको च्याप्टरका सम्पूर्ण पदाधिकारीहरुलाई बधाई ज्ञापन गर्दै अनेसास सिलगुढी च्याप्टरलाई शुभकामना व्यक्त गर्नुभएको छ । उक्त च्याप्टरको गठनले सिलगुढी, पश्चिम बंगाल क्षेत्र र भारतका बिभिन्न ठाउहरुमा नेपाली साहित्यको विकासमा थप पहल हुने विश्वास लिईएको छ ।

प्रतिक्रिया