अमेरिकाबाट गायक कर्ण दास नेपाल फर्के

इनेप्लिज २०७२ कार्तिक ४ गते १:३९ मा प्रकाशित

kARN DAS 2

झन्डै १ दशक सम्म अमेरिकाको डिसी महानगर क्षेत्रको बाल्टिमोर क्षेत्रमा बसोबास गर्ने गायक कर्ण दास अन्तत्वगत्वा अमेरिकाबाट नेपाल फर्केका छन् l

नायक सरोज खनाल लाई बिदाई समारोहमा उनले आफू पनि नेपाल फर्किने प्रतिबद्धता जनाए अनुसार उनि नेपाल फर्कने एक अर्का कलाकार भएका छन् l

जिन्दगीको के भरोसा यो त एउटा सानो खेलौना हो भन्ने गीतबाट चर्चाको शिखरमा पुगेका लोकप्रिय गायक कर्ण दास लाई केहि उनका मित्रहरुले अमेरिकाबाट बिदा गरेका छन् l

उनि सोमबार अमेरिकाबात उडेका हुन् भने आज महा अष्टमीको बिहान ३ बजे काठमाडौँको घरमा सकुसल पुगेको जानकारी  दासले अमेरिकामा रहेका कलाकार किरण प्रताप केसीलाई जानकारी गराएको केसीले अमेरिका बाट बताए l

KARN DAS 3

अमेरिकामा रहेका उनका साथीहरुले उनलाई आँसु र खुसी दुबै सम्हालेर तिमीलाई बिदाई गर्दैछौ भन्दै भबिय्यमा हरेक कदमहरू फलोस फुलोस भन्ने कामना गरे l

गत जुन ७ तारिखमा डिसी महानगर क्षेत्रको भर्जिनियामा नायक सरोज खनालको बिदाई समारोहमा नायक सरोज खनालको लागि गीत गाउन आएका कर्ण दासले गीत गाउनु अगाडी भाबुक मुद्रामा केहि कुराहरु डिसी महानगर क्षेत्र वरपरका नेपाली समुदाय समक्ष राख्दै आफु पनि नेपाल चाडै फर्कने बताएका थिए l

उक्त बिदाई समारोहमा गायक कर्ण दासले नायक सरोज खनाललाई समर्पित गर्दै ईश्वर तैले रचेर फेरी किन बिगारिस भन्ने गीत उनि अलिक भाबुक भएकोले आधा मात्र गीत सुनाएका थिए l

KARN DAS 4

प्रतिक्रिया