देश हाम्रो बचाउ !!

इनेप्लिज २०७२ कार्तिक ५ गते १:५० मा प्रकाशित

unnamed411

स्थायी सरकार आवोस सु-बिदुरहरु पाथिभित्रै अटाउन् !

शान्ति छावस मुलुक भरिमा दुख भागेर जाउन् !!
नाकाबन्दी विषम फुट त्यो एकतामा मिलाउन् !
पानी उर्जा निधी चयनमा देशको गीत गाउन् !!
खोजौ देशोन्नति प्रविधिमा हाँक गर्दै बिकाश !
आफ्नै बाहुबल श्रम भिजि देश पावोस निकाश !!
देख्यौ काली ! कलह्पुरिमा जात ज्वाला बलेको !
बैशाखीमा कुदनीहरुको हात पाउ गलेको !!
झुटो द्वेषी कलहहरुमा खड्ग तिम्रो चलाउ !
देऊ आशिर्बचन दरिलो देश हाम्रो बचाउ !!

प्रतिक्रिया