अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङटन डिसी (मेट्रो) द्वारा अमेरिकाको भर्जिनियामा दशैँ तिहार साहित्यिक तथा साँस्कृतिक कार्यक्रम र दशैँ तिहार नेपाली भोजको आयोजना

इनेप्लिज २०७२ कार्तिक १६ गते १:२७ मा प्रकाशित

DSC09071अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङटन डिसी (मेट्रो) ले अमेरिकाको भर्जिनियामा दशैँ तिहार साहित्यिक तथा साँस्कृतिक कार्यक्रम र दशैँ तिहार नेपाली भोजको आयोजना गर्‍यो । संस्थाका अध्यक्ष राम प्रसाद खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कबी कबयित्रीहरुले कबिता बाचन गरे, गायक गायिकाले गीत गाए, नयाँ पिँढिका केहीले नाचहरु प्रस्तुत गरे । घर घर मा पकाएर ल्याइएका नेपाली स्टाइलका सेलरोटी, खसीको मासु सहितका नेपाली परिकारहरुको आनन्द सँगै दसैं तिहारको शुभकामना आदान प्रदान र आनन्द मात्र लिइएन त्यहाँ दसैं तिहार के हो ? किन मनाइन्छ ?? यसको महत्व के छ ?? यावत बिषयमा सँस्क्रिती बिद भुप नारायण घर्तिमगरले पावर प्वाइन्ट प्रिजेन्टेशन पनि गर्नुभयो । नेपाल बाट आउनुभएका पुराना बाल साहित्यकार गोपाल पराजुली, पुराना पत्रकार एबम साहित्यकार पद्मभक्त खरेल र अनेसासका भुतपुर्ब अध्यक्ष पुरुसोत्तम सुबेदीलाई संस्थाका तर्फबाट अध्यक्ष राम प्रसाद खनाल र संस्थापक अध्यक्ष, अनेसास सम्रक्षक होमनाथ सुबेदीले खादा र सम्मान पत्र सहित सम्मान पनि गर्नुभयो । बिबिधता सहित गरिएको यो कार्यक्रममा उपाध्यक्ष बिमला निरौलाले आमन्त्रित जनहरुलाई स्वागत गर्नुभएको थियो भने महासचिब राम अधिकारीले सन्चालन । कार्यक्रममा संस्थापक अध्यक्ष एबम प्रमुख अतिथी होमनाथ सुबेदी, सम्मानित ब्यक्तित्वहरु गोपाल पराजुली, पद्मभक्त खरेल,अध्यक्ष राम प्रसाद खनाल शाहीतका बिभिन्न बक्ताले मन्तब्य पनि राख्नुभएको थियो ।

नेपाल मदर.कम बाट

प्रतिक्रिया