दीपावली साँझमा नबिन के.र गंगा बरदान

इनेप्लिज २०७२ कार्तिक २४ गते १२:५० मा प्रकाशित

DSC_2097कातिक २४

मोरङ पथरीशनिश्चरेमा यलम्बर युवा समूहले १२ औ शुभ दीपावली सांगीतिक साँझ २०७२ को आयोजना गरेको छ । सोमबार साँझ पथरीशनिश्चरे १ को यलम्बर चौकमा भएको सांगीतिक कायक्रममा संगीतप्रेमी दर्शकहरुले भरपूर मनोरञ्जन लिए । उत्त कार्यक्रममा पप गायक नवीन के. भट्टराईले हृदयमा राखे…, आँखामा तिमीलाई …, डर लाग्छ …., तिमीलाई म दोबाटोमा…, तिमीले हेर्दा कसैलाई ….गीत प्रस्तुत गरे भने अन्त्यमा आफंैले गितार बजाउँदै ‘सायद तिमी नै हौं….’ गीत गाएँ । यस्तै यस वर्षको नेपाली तारामा उत्कृष्ट पर्फमेन्स गरेका गायक विनोद राईले देशभक्ति गीत लगायत आफ्नै गित गाए । आहै आलेछ …, झम्केमाया गीत गाएर सबैलाई मत्रमुग्ध पारे । एक्स्ट्रा गेटअपका गायक गंगा बरदाले पनि छपनीले छानछान…, खुला खुला…., अरुण तरे…. धराने हावा बोलको गीत प्रस्तुत गरी दर्शकलाई नाच्न बाध्य तुल्याउन सफल भए । कार्यक्रमको बीचमा पथरीकै संस्करण व्याण्डले लाइभ प्रस्तुति दिएका थिए । धरानको बी बोइङ डान्स सेन्टरले पनि आफ्नो प्रस्तुति पस्कन भ्याए । कार्यक्रमको बीच बीचमा स्थानीय गायक गायिका एवं नृत्यांगनाले दर्शकलाई धेरै नै हौसाइरहेको थियो । कार्यक्रममा पथरीकै अनुप साउदेन (इन्जिनियर)लाई सम्मान पनि गरिएको थियो । आगामी दिनमा यस कार्यक्रमलाई अझ व्यापक तरिकाले सम्पन्न गर्न लागिपर्ने संयोजक सुनिल सुब्बाले जानकारी दिए ।

DSC_2039

प्रतिक्रिया