अनिशको राष्ट्रिय देउसी भैलो… स्वाभिमान हाम्रो झुक्दैन देउसिरे…

इनेप्लिज २०७२ कार्तिक २५ गते २२:१२ मा प्रकाशित

received_10206593021038060-600x600काठमाडौं । दुई दशकदेखि नेपाली संगीत क्षेत्रमा संघर्ष गरिरहेका चर्चित गायक तथा संगितकार अनिश श्रेष्ठले तिहारको विशेष अवसर पारेर नया म्युजिक भिडियो बजारमा ल्याएका छन् । देउसीरे… नामक यस भिडियोलाई अमिर बि कट्टेलले निर्देशन तथा सम्पादन गरेका हुन् । गीतमा खलानको मान्छेले शब्द भरेका छन् ।

गीतमा चर्चित गायिका सरिता प्रजापतिको पनि स्वर छ । गीतको संयोजन अनिश श्रेष्ठ आफैंले गरेका हुन् । गीतमार्फत नेपालीहरुको दोस्रो ठुलो चाड तिहारको समयमा भारतीय अघोषित नाकाबन्दीबाट प्रताडित जनतालाई एक हुन सन्देश दिइएको अनिशले बताएका छन् । नेपाली मौलिक कला र संस्कृतिको जगर्ने गर्नुपर्ने आवश्यकता बोध गर्दै यस्तो गीत ल्याएको अनिशले बताए ।

अनिशले यसअघि दशंैमा पनि यस्तै भिडियो ल्याएका थिए । माया प्रितिका गीतमात्रै गाउनुभन्दा आफ्नो कला संस्कृतिको सम्वद्र्धन गर्ने गीतहरु गाउन पाउनु निकै गर्वको कुरा हो । अनिशले बताए ।

अनिश श्रेष्ठ तथा सरिता प्रजापतिको देउसीरे.. नामक गीत हेर्नको लागि तलको लिंक हेर्नुहोला:

प्रतिक्रिया