प्रहिलको मोडलिङ मोह

इनेप्लिज २०७२ कार्तिक २७ गते १:३७ मा प्रकाशित

 

10410561_1614378758790676_4098613598145437805_nलक्ष्मी काफ्ले/झापा

फेसबुकको फोटोमा प्राप्त एक कमेन्टले झापा भद्रपुरका प्रहिल कार्कीलाई मोडलिङमा अगाडि बढायो । प्रहिलको फोटोमा उनकी ममिको साथी सर्मिला अधिकारीले कमेन्टमा ‘मिस्टर नेपाल’ लेखिदएकी थिईन् । त्यति कमेन्टका कारण उनलाई मोडलिङतर्फ रुची बढ्यो ।

भद्रपुरमा जन्मिएका २० वर्षीय प्रहिलले १० कक्षासम्म भद्रपुरमै अध्ययन गरे । बिर्तामोडस्थित कोहेड क्याम्पसमा प्लस टु पूरा गरेका उनी गत वर्षदेखि एपेक्स कलेज काठमाडौँमा बीबीए पढ्दैछन् ।

मिस्टर नेपाल २०१५ बाट प्रहिल मोडलिङमा प्रवेश गरेका हुन् । त्यस प्रतियोगितामा उनले २ वटा अवार्डसमेत पाए । ‘सोसल एक्टिभ र मेकओभर अवार्ड पाएँ,’ उनी भन्छन्, ‘कलेजमा फ्रेसर्स अवार्डमा बेस्ट वाक पनि पाएँ ।’ हाल प्रहिल विभिन्न कार्यक्रमहरुमा र्याम्प वाक गर्नमा ब्यस्त छन् । केही दिनअघि मात्र वान्डर इम्पोरियमको कार्यक्रममा मोडल रहेका उनी चाँडै नै म्यूजिक भिडियोमा देखिँदैछन् ।

स्लीम बडी भएका प्रहिल हाँसेर बोल्ने स्वभावका छन् । निकै स्मार्ट देखिने प्रहिललाई देशका विभिन्न स्थानबाट कार्यक्रम चलाईदिन निम्तो आउँछ । उनी विभिन्न ठाउँमा गएर पर्सनल डेभलप्मेन्ट क्लास दिन्छन् । झापामा पनि उनले यस्ता क्लास दिए ।

1907444_1628352650726620_6898261444729038906_nप्रहिलले धेरै पटक फोटोसुट गरेका छन् । हाल उनी झापामा निरज मेचेसँग फोटोसुटमा ब्यस्त छन् । मोडलिङ, र्याम्प सो र म्यूजिक भिडियोमा अघि बढ्ने उनको लक्ष्य छ । झापाका युवाहरुलाई लक्षित गरेर

मोडलिङ सम्बन्धी एक कार्यक्रम गर्ने योजना रहेको प्रहिल सुनाउँछन् ।

 

 

 

 

 

 

12214278_1722890771272807_1984019029_o

प्रतिक्रिया