अर्थ भित्राएर मात्र देश बन्दैन ,संस्कार र प्रणाली पनि भित्रिनु पर्छ : चर्चित साहित्यकार दामोदर पुडासैनी किसोर

इनेप्लिज २०७२ मंसिर २० गते १४:४१ मा प्रकाशित

PUDASAINI-1-800x533चर्चित साहित्यकार दामोदर पुडासैनी किसोर झन्डै ३ हप्ते अमेरिकाको भ्रमण पछि नेपाल फर्कनु भएको छ l अमेरिका बेला बेलामा आउने गरेको जानकारी गराउदै यस पटक वहाले श्रीजना गरेको नमेटिएका चित्रहरु नियात्रा कृति अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को अन्तर्राष्ट्रिय सर्बोत्कृष्ट पुस्तक पुरस्कार बिजेता घोषित भए पछि अमेरिका आएको जानकारी गराउनु भयो l

यस पटक अमेरिका आउदा पारिवारिक भेटघाट गर्न आफ्नी धर्म पत्नी साथ समेत आएकोले अमेरिकाका विभिन्न राज्यहरुको भ्रमणको साथै अमेरिकाका बिभिन्न राज्यहरुका बिभिन्न सहरहरुमा आयोजना भएका साहित्यिक कार्यक्रममा समेत भाग लिन मौका पाएको बताउनु भयो l

आफुले लेखेको पुस्तक यसरि पुरस्कृत भएकोमा अत्यन्तै हर्ष लागेको बताउदै लेखकले पुरस्कार पाउछ भनेर लेख्ने गर्दैनन् भन्दै नेपाल प्रस्थान गर्नु अगाडी अझ आफु माझिनु पर्ने भएको बताउनु भयो l

पहिलेको भ्रमण र यस पटकको भ्रमणमा नेपाली समुदाय र अमेरिकामा के कस्तो भिन्नता पाउनु भयो भन्ने सवालमा नेपाल उड्नु अगाडी अमेरिकाको बसाई यस पटक अलिक पृथक र उदेश्य मुलका बन्न पुगेको बताउनु भयो l नेपालीहरुमा एकता भएको पाए l एक जुट र नेपाललाई दुखेको बेला नेपालीहरुको मन र हृदय दुखेको पाए l जहाँ गए पनि नेपाली मन र नेपाली पन भएको आम नेपाली देखे र भेटे भन्नु भयो l

कुराकानीको शिलशिलामा अब नेपालको सिमाना नेपाल भित्र मात्र सिमित नरहेको भन्दै नेपाल जताततै देखिएको अनुभूति गरेको बताउनु भयो l साहित्यकार पुडासैनीले भन्नु भयो अमेरिकालाई सबै वर्गलाई आकर्षित बनाउने रहेछ त्यसको कारण अमेरिका अवसरको भुमिको साथै अमेरिकामा मानिसले चाहेमा जे पनि लिन सकिने रहेछ l पुडासैनीले आफुले अन्य मुलुक पनि भ्रमण गरेको चर्चा गर्दै अन्य देशमा पनि अमेरिका प्रति मोह त्यतिकै भएको आफुले अनुभूति गरेको बताउनु भयो l

कुराकानीको क्रममा बिदेसिएका नेपालीहरुले पठाएको विप्रेषणबाट नेपालको अर्थ तन्त्रमा ठुलो भूमिका निर्वाह गरेको कुरालाई नकार्न मिल्दैन l अर्थ भित्राएर मात्र देश बन्दैन संस्कार र प्रणाली पनि भित्रिनु पर्छ अनि देशको उन्नति हुन्छ साहित्यकार पुडासैनीले बताउनु भयो l

आफु अमेरिका भएको समयमा भारतले गरेको अघोषित नाकाबन्दीको बिरुद्धमा अमेरिकाका बिभिन्न शहरमा गरिएको बिरोध प्रदर्सनबाट आफु ज्यादै प्रभावित भएको बताउनु भयो l वहाले डिसीमा भएको भारत बिरुद्ध बृहत बिरोध प्रदर्सनले नेपालीहरु अब थिचो मिचो र अन्याय सहन सक्दैनन रहेछन भन्ने पुष्टि भएको बताउनु भयो l

नेपालमा बिदेसिएका नेपालीहरु प्रति अलिक नकारात्मक कुराहरु पनि उठ्ने गरेको सन्दर्भ ल्याउदै प्रवासी नेपालीहरु मातृभूमि भने पछि मरि मेट्ने र ज्यादै संबेदनशील हुने रहेछन भनि यस पटकको अमेरिकी यात्राले आफुलाई संदेश दिएको बताउनु भयो l

वहाले नेपाल जानु अगाडी अमेरिकामा रहेका नेपाली संचार माध्यम पनि निकै शसक्त रहेको आफुले अनुभूति गरेको बताउनु भयो l संचार माध्यम सबै वर्गलाई चाहिने हुन्छ भन्नु भयो l वहाले हामी जस्ता लेखक र साहित्यकारलाई अझ संचार माध्यम को खाचो हुन्छ भन्नु भयो l संचार माध्यम मार्फत हामी यो अवस्थामा पुग्न सकेकोले संचार माध्यम प्रति कृतज्ञता गर्न चाहेको बताउनु भयो l

प्रतिक्रिया