मिजौरी, अमेरिकामा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज

इनेप्लिज २०७२ मंसिर २३ गते ०:५६ मा प्रकाशित

अमेरिकाको मिजौरीमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, मिजौरी च्याप्टर गठन भएको छ । साहित्यकार उर्मिला निर्दोषीको अध्यक्षतामा गठित सो च्याप्टरको उपाध्यक्षमा दीपक दशनामी, महासचिवमा आस्था आचार्य, कोषाध्यक्षमा समीरदास वैष्णव र सदस्यहरुमा भक्ति रिजाल, बद्रि अधिकारी, शैलेश पन्त र पिजे लोहनी रहनु भएको छ ।

महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्तीको अबसरमा मिजौरीमा आयोजित एक समारोहमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष पदम विश्वकर्माले महकवि देवकोटाले नेपाली साहित्यमा पुर्याएको योगदानको चर्चा गर्दै अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको स्थापना र यसका गतिविधिको ब्याख्या गर्नु भएको थियो । अध्यक्ष विश्वकर्माले मिजौरी च्याप्टर गठनले त्यस क्षेत्रमा नेपाली भाषा तथा साहित्यको विकासमा अरु थप योगदान पुग्ने विश्वास लिनुका साथै मिजौरी च्याप्टरका सम्पूर्ण पदाधिकारीहरुलाई बधाई ज्ञापन गर्दै आजीवन सदस्यहरुलाई संस्थाको आजीवन सदस्यताको प्रमाणपत्र वितरण गर्नुभएको थियो । समाजसेवी तथा ग्रेटर नेपाली सेन्ट लुइस समाजका अध्यक्ष बलराम पन्थीको सभापतित्वमा सम्पन्न कार्यक्रममा उर्मिला निर्दोषीले स्वागत मन्तब्य गर्नुभएको थियो भने भूटानी समुदायका अध्यक्ष जगत आचार्यले मन्तब्य व्यक्त गर्नु भएको थियो । बिभिन्न व्यक्तिहरुले आफ्ना रचनाहरु पाठ गरेको सो कार्यक्रम शैलेश पन्थले संचालन गर्नु भएको थियो ।

प्रतिक्रिया