बिहीबार, माघ ४ २०७४ | Thu, January 18, 2018
नेपालको समय: २१:३६ | Washington DC: 10:51

नेपाली बहुमुल्य जैवीक तेलको विषयमा अध्ययन गर्ने सत्याललाई अमेरिकामा विधावारिधी उपाधी

Prabodh-243x300

नेपालमा पाईने वहुमुल्य जडिवुटी तथा यसबाट उत्पादन हुने जैवीक तेलको विषयमा लामो अनुसन्धान गर्ने नेपाली विद्यार्थीले अमेरिकामा विद्यावारिधी उपाधी पाएका छन ।

विराटनगर पोखरिया घर भएका प्रवोध सत्यालले पहिलो पटक नेपाली जडिवुटी तथा यसबाट उत्पादन हुने जैविक तेल विषयमा विश्व प्रसिद्ध अलावामा विश्वविद्यालय, कलेज अफ साईन्सबाट विद्यावारिधी उपाधी प्राप्त गरेका हुन।
विश्वमा दुर्लभ मानिने नेपाल जडिवुटी तथा यसबाट वन्ने जैविक तेल लगायत अन्य वनस्पतिको शोध अनुसन्धान गरेका सत्यालले अमेरिकामा पहिलो पटक विद्यावारिधी उपाधी पाएका हुन ।

‘जैवीक विज्ञान प्रविधि तथा ईन्जिनियरिङ’ विषयमा अध्ययन गरेका सत्यालले अध्ययनक्रममा क्यान्सर रोगका लागि उपयोगि वन्ने औषधी समेत पत्ता लगाएको दावी गरेका छन। सत्यालका अनुसार नेपाली जंगलमा पाईने जटामसी लगायतका जडिवुटीबाट वन्ने तेलमा क्यान्सर रोगको समेत उपचार संभावना रहेको वैज्ञानिकहरुले दावी गरेका छन । अध्ययनक्रममा उनले नेपाली भूमीमा उत्पादन हुने वहुमुल्य तथा दुर्लभ जडिवुटीको उत्पादन, अवस्था तथा यसवाट वन्नसक्ने बहुमुल्य जैवीक तेलको विषयमा लामो अध्ययन पनि गरेका छन ।

त्रिभुवन विश्वविद्यालयबाट विज्ञान विषयमा स्नाकोक्तर गरि काठमाडौँ विश्वविद्यालयमा अध्यापन गरेका सत्यालले छात्रवृतिमा अमेरिकाको कलेज अफ साईन्समा जैविक वनस्पति तथा वनस्पति तेलका विषयमा शोध गरेका थिए । अध्ययनक्रममै विश्व प्रसिद्ध कम्पनीमा आवद्ध उनले नेपालमा पाईने वहुमुल्य जडिवुटीको अवस्था, उत्पादन क्षमता, बजार मुल्य, विश्व वजारमा यसको माग लगायतका विभिन्न विषयमा ६० वढी अनुसन्धान रिपोर्ट प्रकाशित गरिसकेका छन । भने दर्जनवढी अन्तराष्ट्रिय स्तरको सेमिनारमा नेपाली जडिवुटीको विश्वासनियता, जैविक मुल्य तथा उत्पादन अवस्थाका वारेमा कार्यपत्र पेस गरेका छन । छोटो समयमा धेरै शोधपत्र प्रकाशित गर्ने सत्याल पहिलो वैज्ञानिक भएको बताईएको छ ।

यसैवीच संचारकर्मीहरुसंग कुराकानी गर्दै सत्यालले आफनो अध्ययन अनुसन्धान पछि प्रकाशित भएका रिपोर्टबाट विश्व प्रसिद्ध कम्पनीहरुले नेपाली जडिवुटिको तेल खरिद गर्ने आश्वासन दिएका छन । जसका कारण नेपाली कृषक तथा जडिवुटी क्षेत्रमा काम गर्ने कम्पनीहरुका लागि वजार खोज्नु पर्ने तथा कौडीको भाउमा वेचिदै आएको अवस्थामा समेत सुधार हुने उनले दावी गरे । सत्यालका अनुसार आफनो रिपोर्ट पढेर थुप्रै कम्पनीहरुले नेपाली जडिवुटी प्रति चासो दिएको जानकारी दिए । यसका लागि आफुले छिट्टै नेपाल सरकार तथा उच्च स्तरिय निकायमा समन्वय गर्ने योजना रहेको सुनाए ।

३४ वर्षिय सत्यालले अध्ययनक्रममा नेपालमा उत्पादन हुने दुर्लभ जटामसी, सुगन्ध कोकिला, तेजपात, कपुरको तेल, बोझो र तितेपाती लगायतका जडिवुटीबाट उत्पादन हुने जैविक तेलको संभाव्यताका वारेमा खोज अनुसन्धान गरेका छन । नेपाली जडिवुटीको तेलमा क्यान्सर रोग लगायत विभिन्न रोगको उपचारमा प्रयोग हुने औषधी निमार्णहुने सत्यालले दावी गरेका छन । भारतिय व्यापारीहरुले नेपाली जडिवुटीलाई कौडीको भाउमा खरिद गरि आफनो उत्पादन भनेर विश्व वजारमा महंगोमा वेच्ने गरेको उनले खुलासा गरेका छन । यस्तै अध्ययन क्रममा उनले नेपाली जडिवुटी जस्तै क्षमता भएको दावी गर्दै अन्य मुलुकका कम्पनीहरुले नक्कली जडिवुटी विक्री वितरण गर्दै आएको समेत पत्ता लगाएको जानकारी दिएका छन।

सोमवार, डिसेम्वर १३ तारिकका दिन विश्वविद्यालयमा एक भव्य समारोहका वीच सत्यालले विद्यावारिधि उपाधी पाउदैछन । उपाधी पाएपश्चात नेपाली जडिवुटीको अन्तराष्ट्रियकरणमा आफु समर्पित हुने जनाएका छन ।

२०७२ मंसिर २५ गते १५:१५ मा प्रकाशित

यसमा तपाईको प्रतिक्रिया




फेसबुकमा हामी