शुक्रबार, असार ८ २०७५ | Fri, June 22, 2018
नेपालको समय: १५:०२ | Washington DC: 05:17

न्युयोर्कको “अफ–ब्रोडवे” मा पहिलो पटक नेपाली नाटक मञ्चन गरियो, दर्शकहरुबाट खुला हृदयले स्वागत,

अनुज थापा

 

Photo by Dhana Lama (1)

न्युयोर्क
अनुज थापा,
डिसेम्बर १३ तारिखका दिन आइतबार, संसारकै नाट्यकलाको शहर भनेर चिनिने न्युयोर्क म्यानह्याटनको अफ–ब्रोडवे थियटरमा पहिलो पटक नेपाली नाटक मञ्चन हुंदा उपस्थित सबै दर्शकहरुले खुला ह्दयले स्वागत गरेका थिए ।
नाट्य समुह सर्वनामका निर्देशक अशेष मल्लद्धारा लिखित र रंगकर्र्मी हरिबहादुर थापाद्धारा निर्देशित जोडियोस् भत्किएका मनहरु नामक नाटकलाई दर्शकहरुले निकै नै चाखका साथ हेरेका थिए ।

Photo by Dhana Lama (3)

नाटक अवलोकन गर्न ८३ वर्षिया छमा विष्ट पनि आएकी थिइन् । उनी गत वैशाखको भुकम्प जांदा प्युठान जिल्लामा थिइन् । नाटक सकिएपछि पत्रकारहरुबाट घेरिएकी विष्टले भनिन्, “नानी मैले त नेपालमा भोगेको कुरा फेरी यो नाटकमा भोगें । कतिचोटि त मेरो आंशु मैले थाम्नै सकिन । कति राम्रो नाटक देखाएका कलाकारहरुले । ”

Photo by Dhana Lama (4)

९० सालको भुकम्प पनि भोगेकी विष्टले थपिन्, “ ९० सालको भुकम्पजांदा त म एक वर्षकी मात्र थिए, केहि थाहा थिएन तर यस पटकको भुकम्प मैले भोगेको थिए । त्यो भोगाइ जस्ताको तस्तै उतारे यी नानीबाबुहरुले । ”
अफ–ब्रोडवेमा पहिलो पटक यसरी नेपाली नाटक हेर्न पाउंदा दर्शकहरुको उत्साह निकै नै थियो । दर्शकहरुको अपेक्षालाई कलाकारहरुले पनि न्याय दिएका थिए ।

Photo by Dhana Lama (5)
चाहे त्यो भुकम्पमा सबै घरपरिवार गुमाएकी एक ज्येष्ठ महिलाको कुरा होस् वा भुकम्पमा परेर पनि बांचेका जोडी हुन्, ती दृश्यहरुले दर्शकका आंखा रसाएका थिए ।

Photo by Dhana Lama (6)
भुकम्पको बेला पत्रकारको भुमिका र उसले पुरा गरेको जिम्मेवारी पनि देखाइएको थियो भने यता चोर र केटी बेच्ने दलालहरुले कसरी यो भुकम्पको फाइदा उठाएका थिए भनी व्यंग गरिएको थियो ।
यता भुकम्पको दौरान प्रवासी नेपालीमा देखिएको छट्पटि र उता स्वेदशमा राहत र उद्धार कार्यमा खटिएका युवाहरुको उत्साहलाई पनि देखाइएको थियो ।

Photo by Dhana Lama (7)
त्यस्तै, भुकम्पको पीडालाई बिर्साउन एक ज्येष्ठ नागरिकले भुुकम्पको पीडा बिर्साउन गरेको प्रयासलाई निकै नै रोचक तवरले देखाइएको थियो ।

Photos by Ashok Pant (1)
निर्देशक हरिबहादुर थापा आफैे सूत्रधारको रुपमा प्रस्तुत भएर नाटकको सन्देश निकै नै सशक्त ढंगले प्रस्ुतत गर्दैे नाटकलाई टुंग्याएका थिए ।

Photos by Ashok Pant (2)
निर्देशक थापाले नाटकको अन्त्य पश्चात पत्रकाहरुसंग कुरा गर्दै न्युयोर्कको व्यस्त समयमा पनि यसरी नाटकको लागि विगत २ महिनादेखि समय निकालेर यो नाटक मञ्चन गर्न सफल पारेकोमा सबै कलाकारको मुक्तकण्ठले प्रशंसा गरेका थिए ।

Photos by Ashok Pant (3)
“मलाई कलाकारहरुले ठुलो साथ दिनुभयो । यदि उनीहरुको साथ र सहयोग नपाइएको भए आज यति सजिलै यो नाटक मञ्चन हुने थिएन ।” थापाले भने ।

Photos by Ashok Pant (5)
३ बजे र ७ बजे २ शो देखाइएको ७५ मिनेट लामो नाटक हेर्नका लागि न्युयोर्क मात्र नभई न्यु.जर्सी, कनेक्टिकट, डि.सी, बोस्टनदेखि दर्शकहरु ओइरिएका थिए । नाटक मञ्चन हुनु १ हप्ताअघि नै नाटक सोल्ड–आउट भएका कारण धेरै न्युयोर्कवासीहरुले नाटक हेर्न नपाएको गुनासो समेत पोखेका थिए ।

Photos by Ashok Pant (6)
न्युयोर्कस्थित नेपालीमहावाणिज्यदुतावास न्युयोर्कका प्रमुख नारायणप्रसाद मैनालीले नाटकको अर्काे शो छिट्टै गर्न आग्रह गरेका थिए ।
“नाटकका टिकटहरु छ्ट्टिै सकिएकाले धेरै मानिसहरुले नाटक हेर्न पाएनन् । यस्तो राम्रो नाटकलाई तंपाईहरुले फेरी मञ्चन गर्नुपर्छ्,,” मैनालीले भने ।
नाटक मञ्चन भएपश्चात फेसबुक, ट्वीटर जस्ता सामाजिक संजालमा नाटकको चर्चा बढेपछि अमेरिकाका विभिन्न राज्यहरुबाट नाटक प्रदर्शन गर्नका लागि निम्तोहरु आइरहेको निर्देशक थापाले जानकारी दिए ।
नाटक सफलतापूर्वक सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै थापाले अर्काे वर्ष यस नाटकलाई नेपालमै लगेर मञ्चन गर्ने संभावना रहेको र यसका लागि उनले कलाकारहरुलाई पनि मानसिक रुपमा तयार रहन निर्देशन दिएका थिए ।
“न्युयोर्कमा नाटकको सफल मञ्चन पश्चात मलाई नेपालबाट धेरै नाट्यप्रेमी महानुभावहरुबाट फोनहरु आएका छन् र यस नाटकलाई नेपालमा पनि मञ्चन गर्नुका लागि तंपाईले अग्रसरता लिनुपर्छ भनी प्रस्ताव गरेका छन् । म नेपाल फर्केपछि अनुकुल समयमा यस नाटकलाई नेपालमै लगेर देखाउन लागि पर्नेछु ,”थापाले भने ।
गत वैशाखमा नेपालमा आएको विनाशकारी भूकम्प र यसबाट प्रभावित मानवीय समबेदना, घटना र प्रतिक्रिया नै नाटकको सार हो । नाटकमा न्युयोर्कमै रहेका नेपाली कलाकारहरु नदिया लिवांङ, संगीता उप्रेती, दिपिका श्रेष्ठ, विकास विष्ट, अनुज थापा, कृष् थापा, ज्योतिकुमार श्रेष्ठ, , सहदेव पौडेल,यादव गौतम र बालकलाकारहरु क्रिष्टल थापा र दिलाष्मा रजककोे अभिनय रहेको थियो ।
१५८ सिट क्षमता न्युयोर्क शहरको म्यानह्याटनमा रहको 777 Theatre मा नाटक मञ्चन भएको थियो । नाटक अवलोकन गर्नका लागि २५, ५० र १०० डलरका टिकटहरु राखिएका थिए ।

 

२०७२ मंसिर २८ गते १८:१३ मा प्रकाशित

यसमा तपाईको प्रतिक्रिया




फेसबुकमा हामी