अमेरिकामा पुस्तक लेखेर पढाई खर्च जुटाउने थपलिया

इनेप्लिज २०७२ पुष ९ गते ०:०८ मा प्रकाशित

3

न्युयोर्क । अमेरिकामा पुस्तक लेखेर बाच्न सकिन्छ भन्नेहरुका लागि अहिले नेपाली मूलका अमेरिकी लेखक राजन थपलिया उदाहरण बनेका छन् । २७ बर्षीय नेपाली युवाको अमेरिकाका प्रख्यात प्रकाशन गृहले एक दर्जन पुस्तक प्रकाशन गरिसकेको छ । न्युयोर्क निवासी थपलिया मेडिकल साइन्सका विद्यार्थी हुन् । अमेरिकामा यो विषय अध्ययन निकै महंगो छ । समान्य खर्चले पढाई धान्न कठिन छ । थपलियाको लागि पुस्तक बिक्रीबाट आएको रकम र पैसा अहिले कलेज शुल्क तिर्न समेत सहयोगी बनेको छ ।

अमेरिकाको न्युयोर्क कलेज अफ पोडयाट्रिक मेडिसिनमा डाक्टर अफ पोडयाट्रिक मेडिशन (डीपीएम) ६ बर्षिय कोर्सको तेस्रो बर्षमा अध्ययन गरिरहेका थपलियाले पुस्तक विक्रीबाट आएको रकम समाज सेवामा समेत खर्च गर्ने गरेका छन् । नेपालमा गएको विनाशकारी भूकम्पको समयमा थपलियाले आफ्नो जन्मस्थान धादिङ र गोर्खामा दुई हजार अमेरिकी डलर समेत सहयोग गरे ।

अमेरिकामा अध्ययन र कामले थकित भएको समयमा कलममार्फत पोखिएका मनका भावले नै आफूलाई सहित्य लेखनमा अगाडि बढाएको थपलिया भन्दछन् । जीवनमा चिकित्सक बन्ने सपना पूरा गर्न अमेरिकामा अंग्रेजी साहित्य लेखन बरदान साबित भएको थपलिया बताउछन् । थपलियाले लेखक बन्छु भन्ने सोचेका थिएनन् । कलेजमा इन्टरनेटमा बसिरहेका समय एक दिन आफुले लेखेको जीवन दर्शनमा आधारित पुस्तक छाप्न अनुरोध गर्दै एउटा इमेल पठाएछन् ।

इन्टरनेटमा खोज गरी अमेरिकाको एउटा प्रतिष्ठित प्रकाशन गृहमा पठाएको त्यो इमेलको सकारात्मक सन्देशले नै लेखनतर्फ प्रेरित गरेका थपलियाले भने । अमेरिकाको स्टार बुक्सले उनको ‘(Think About It ) भन्ने पुस्तक प्रकाशन गर्ने भएपछि हौसिएका लेखक थपलियाले छोटो समयमा नै यो क्षेत्राट नाम र दाम कमाउन सफल भएका छन् । पुस्तक लेखन उनको लागि ब्यक्तित्व विकाससंगै कलेज शुल्क तिर्ने माध्यम पनि भएको छ ।

rthapaliya_1430865994_08 (1)

धादिडको त्रिपुरेश्वर गाविसमा जन्मीएका थपलियाका पुस्तक अमेरिकाको प्रख्यात प्रकाशन गृहबाट प्रकाशित हुने गरेको छ । चिकित्सा शास्त्रको विद्यार्थी भएपनि थपलियाले धेरै पुस्तक जीवन दर्शन र ब्यक्तित्व विकासमा आधारित भएर लेख्ने गरेका छन् । सन् २०१३ मा थपलियाले अग्रेजी भाषामा लेखेको थिकिंङ एबाउट इट  ( Thinking About It ) पुस्तक अमेरिकाको स्टार बुक्सले प्रकाशन गरेपछि साहित्य लेखन क्षेत्रमा होमिएको जनाउदै थपलिया भन्दछन् –“अमेरिकामा पुस्तक लेखेर नाम र दाम दुबै कमाउन सकिन्छ । पुस्तक लेखकको लागि अमेरिका संसारको उर्वर भूमि नै हो । पुस्तक लेखेर को कति बेला ‘मिलिनियर’ बन्छ भन्न सकिदैन । ”

तीन बर्षको छोटो समयमा नै थपलियाका करिब एक दर्जन पुस्तक बजारमा आइसकेको छ । सन् २०१४ मा प्रकाशित लाईफ ‘इज नट इजी’(Life Is Not Easy _ भन्ने पुस्तकले अमेरिकी बजारमा राम्रै चर्चा पायो । पब्लिक अमेरिका प्रकाशन गृहले उत्कृष्ट पुस्तकको रुपमा छनोट गर्दै उक्त पुस्तकलाई सहित्यतर्फ नोबेल पुरस्कारका लागि समेत पठायो । त्यसले थपलियालाई सहित्य लेखनमा थप उर्जा थप्यो । त्यसपछि थपलियाको पुस्तक पब्लिक अमेरिका प्रकाशनले मात्र हैन अन्य प्रकाशन गृहले पनि प्रकाशित गर्न तयार भए ।

अमेरिकाको प्रख्यात स्टार बुक्ससंगै, स्पेश पब्लिकेशन, लुलु प्रेस र क्रेट स्पेशजस्ता प्रकाशन गृहले थपलियाका पुस्तक प्रकाशन गरेका छन् । थपलियाका हालसम्म अंग्रेजी भाषमा द सिम्पल रुल The Simple Rule , , टर्निड प्वाईन्ट Turning Point , , स्वीट स्पीच Sweet Speech, लाईफ इज नट इजी Life Is Not Easy र भर्खर रिज्वाईस च्भवयष्अभ को दोस्रो संस्करण प्रकाशनमा आएको छ ।

घादिङमा जन्मीएका थपलियाको प्रकाशित पछिल्लो पुस्तक ‘रिज्वाईस’ (आनन्दित) अमेरिकामा चर्चाको शिखरमा छ । कविता संग्रहको रुपमा प्रकाशित भएको यो पुस्तक आनन्दको खोजीमा भौतारिरहने हरुको लागि अचुक औषधि नै भएको थपलिया बताउछन् ।करिब १२२ पृष्ठको कविता संग्रहले अमेरिकी बजारमा अहिले राम्रो पाठक प्रतिक्रिया पाइरहेको छ । थपलियाको पुस्तक अमेरिकाको प्रख्यात पुस्तक स्टोर वान्स एण्ड नोबलमा पाउन सकिन्छ । उनको पुस्तकहरु अमेरिकाको प्रख्यात अनलाई www.amazon.com  / www.ebey.com मा पनि हेर्न सकिन्छ । प्रकाशन गृहले अमेरिका विभिन्न शहर, युरोप, अफ्रिका र मुम्बईमा पुस्तक वितरण गरेको छ । थपलियाका पुस्तक अमेरिकाको हावर्ड यूनिर्भसिटी, कोलम्बिया यूनिर्भसिटी, पेस युनिर्भसिटी, फ्रीडम युनिर्भसिटी, मर्सी कलेजका लाइब्रेरीमा समेत पाउन सकिन्छ । जुन हामी सबै नेपालीको लागि एउटा गौरबको विषय भएको छ ।

थपलियाको पछिल्लो पुस्तक रिज्वाईसको सम्बन्धमा हावर्ड यूर्निभसिटीका प्रो. डा ग्यारी पालले लेखेका छन्, “रिज्वाईस एउटा ब्यक्तिका लागि जीवनको दर्शन होे ।” ग्यारीले मात्र हैन, नेशनल युर्निभर्सिटी अफ कोरियाका प्राध्यापक चुन चाङले पनि प्रतिक्रिया पठाउदै भनेका छन्, – “रिज्वाईस मानिसको ब्यक्तिगत जीवनको रहस्यमय पाटोलाई उजागर गर्न सफल भएको छ ।” रिज्वाईस कविता संग्रह प्रकाशन भएको केही दिनमा नै यसरी प्रक्रिया आउन थालेपछि थपलिया अहिले निकै उत्साहित देखिएका छन् ।

rajanरिज्वाईस अमेरिकाको लुलु प्रेसले सन् २०१५ को नोभेम्बर २२ तारिखमा प्रकाशनमा ल्याएको हो । लुलु प्रेसले अमेरिकका प्रसिद्ध लेखक लुलि पावलको प्रसिद्ध पुस्तक जुली एण्ड जली प्रकाशन गर्ने गृह हो । ‘यो प्रकाशन गृहबाट पुस्तक प्रकाशित हुनु नै मरो लागि गौरबको विषय हो’ थपलिया भन्दछन् – “संसारमा आनन्द कहा छ ? मानिसले कति खेर आनन्दको अनुभुति गर्न सक्छ ? यस्ता कुरालाई कवितात्मक ढंगले आफूले पुस्तकमा प्रस्तुत गरेको छु ।”धादिङबाट सानो उमेरमा नै अमेरिकाको आएपछि न्युयोर्क शहरमा आनन्दको खोजीमा भौतारिरहेको जीवनका केही बास्तविक घटनालाई पनि कवितामा समेटिएको थपलियाले जनाए । पुस्तकमा नेपालको राष्ट्रिय झण्डाको महत्व, जस्तो सुकै दुःखमा पनि हासिरहने त्यो नेपालीका अनुहार, प्राकृतिक सुन्दरता जस्ता विषयले धेरै पाठकको मन छोएको थपलियाले भने ।

रिज्वाइसलाई अहिले दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिनाका धेरै पाठकले मन पराइरहेको थपलियाले बताए । कार दुर्घटनामा परिवार गुमाएका अर्जेन्टिनाका क्लन्च पावल नामका एक पाठकले रिज्वाईस अध्ययनपछि आफ्ना भाई, बहिनी र शोकमा डुबेका परिवारका लागि भनेर पाँच प्रति पुस्तक लगेको जनाउदैँ थपलिया भन्छन्,– “लेखनको आनन्द त्यतिखेर हुन्छ जब उसका पाठकको प्रतिक्रिया आउन थाल्छन् । त्यसको कुनै डलर वा रुपिँयासंग तुलना हुदैन ।”

काठमाडौंबाट प्रवेशिका परिक्षा उत्तिर्ण गरेपछि परिवारसंगै थपलिया अमेरिका आएका हुन् । न्युयोर्क लिवर्टी स्कूलबाट थपलियाले हाईस्कूल उतिर्ण गरे । त्यसपछि पेस युनिभर्सिटीबाट प्रिमेडिशनमा स्नातक गरे । अध्ययनसंगै लेखन क्षमतालाई थप दुरुस्त बनाउन थपलियाले न्यू हेमवर्ग यूनिभर्सिटीबाट मास्टर्स इन क्रेटिभ राईटिङ कोर्स पनि पूरा गरे । छोटो उमेरमा नै उनले अमेरिकाको युनिभर्सिटीबाट थुप्रै पटक उत्कृष्ट विद्यार्थीको पुरस्कार पनि पाएका छन् । थपलिया अहिले चिकिशास्त्रमा अध्ययन गर्ने लेखकहरुको छाता संगठन अमेरिकन मेडिकल राइटर्स एसोसियनको सदस्य पनि छन् । सपरिवार अमेरिकामा रहेका थपलिया अझ पनि आफू आनन्दको खोजीमा नै आफू भौतारिरहेको बताउछन् ।

अमेरिकामा आनन्दको खोजीमा भौतारिदैँ गर्दा जन्मीएको रिज्वाईस कविताको सात अंक एकै पटक प्रकाशित गरी गिनिज बुकमा नाम लेखाउने आफ्नो योजना रहेको थपलियाले बताए । ‘अहिलेसम्म संसारका कुनै पनि लेखकले एउटा कविता संग्रहको नौ भागसम्म प्रकाशन गरेका छ्रनन्, त्यो म गर्दै छु,’ थपलिले भने । नेपाल र नेपालीको नामलाई संसारमा चिनाउन पाउदा मात्र आफूलाई आनन्दको अनुभुति हुने थपलिको भनाई छ । मोक्ष प्राप्त गरेपछि स्वर्गमा पाईने आनन्द कस्तो हुन्छ ? युवा उमेरमा प्रेमको आनन्द । माता, पिताको आनन्द । परिवारसंग बस्दाको आनन्द । साथिभाई संगको आनन्द ।

देश प्रेमलगायतका विषयलाई रिज्वाईसमा उठाउन खोजीएको थपलियाको भनाई छ ।सन् २०१६ भित्र एकै पटक एउटै नाममा रिज्वाईसका नौ सिरिज कविता संग्रह प्रकाशन गरी विश्व कीर्तिमानका बनाउने योजना गरेको पनि थपलियाले सुनाए । त्यसका लागि गिनिज बुकमा पत्राचार समेत गरिसकेको उनले भने । थपलियाको यस प्रस्तावलाई अमेरिकाको एक पुस्तक गृहले स्वीकृति पनि प्रदान गरिसकेको छ । थपलियाले रिज्वाई भाग तीनमा विश्व क्रान्ति, भाग चारमा प्राकृति सम्पदा, भाग पाच मा नेपालबाट अमेरिका आउदाका अनुभव, भाग ६ आत्मा र पुर्नजन्म, भाग सात संसारमा भगवान भनेको मान्छे हो जस्ता विषयलाई समेटिइने जनाए । रिज्वाईसको भाग आठ र नौ मा पूर्णजीवन दर्शनका विषयलाई समेटिएर नौ सिरिजसम्म निकाल्ने योजना रहेको थपलियाले भने ।

नोवेल पुरस्कार विजेता क्यानडाका लेखक एलिस मुन्दोबाट आफू निकै प्रभावित भएको बताउने थपलिया अध्ययनसंगै आफूले लेखनलाई पनि अगाडि बढाउने दृढ संकल्प गरेका जनाए । अमेरिकामा राम्रो स्क्रीप्ट र भाषा सहित प्रस्ताव पठाएमा छाप्नमा कुनै कठिनाई नहुने थपलियाको भनाई छ । राष्ट्र प्रेमलाई समेटेर शतप्रतिशत जीवन पुस्तक प्रकाशन गर्ने योजनामा रहेको पनि थपलियाले जनाए ।

‘ढाका टोपी र दौरा सरुवाल लगाएर ढेडो भात खादैमा नेपाली भइदैन । नेपाली हुन नेपाली मन चाहिन्छ’, थपलियाको भन्छन्,– “हामी विदेशमा रहेर पनि नेपाललाई धेरै माया गर्छौ । अझ पनि नेपाली भनेर नै परिचय दिन मन पराउछौ । जुनसुकै देशको नागरिकता लिएपनि हामीलाई नेपाली भन्ने परिचयले कहिल्यै छोड्दैन । यो अस्तित्वनै अहिले मेरो विदेशमा सफलताको आधार भएको छ ।”

4

[email protected]

प्रतिक्रिया