नेपालमा नेतृत्वको बिकास

इनेप्लिज २०७२ पुष ९ गते १:१४ मा प्रकाशित

puspa thapa

नेपालमा विभिन्न समयमा भएको राजनीतिक परिवर्तनको साथमा नेतृत्व विकासको क्रम पनि बढिरहेकोछ। के कस्ता व्यक्तित्वहरुले नेपाल र नेपाली जनताको वर्तमान र भबिष्यको बारेमा कर्तब्यनिष्ट भई जिम्मेवारी निर्वाह गर्न सक्छन भन्ने बिषयमा केही आवश्यक आधारभुत मूल्य र मान्यता हुनुपर्दछ।

सर्वासाधारण नेपाली जनताको मन मस्तिष्कमा सधै आफ्नो आदरणीय नेता ज्युको राम्रो औपचारिक शैक्षिक योग्यता भएको, स्वच्छ चरित्र,देश र जनताको लागि त्याग, तपस्या अवाश्यकता अनुसार वलिदान दिनसक्ने कर्मठ,जुझारुक ,कुशल राजनीतिज्ञ, असल कूटनीतिक ज्ञानभएको,देश र जनताको पक्षमा विना पुर्वाग्रह निष्पक्ष रुपमा कठिन परिस्थितिमा कठोर निर्णय लिनसक्ने क्षमतावान व्यक्तित्व, देश र जनताका सेवा सुबिधाहरुलाई कानुनी रुपमा सम्पूर्ण नेपाली जनताहरुले बराबरी हिष्सेदारी हक अधिकारको लागि आवाज बुलन्द गर्न सक्ने प्रखुर बक्ता, नेपालको कानुनको रक्षा गर्न सक्ने कानुनी पहरेदार, राष्ट्रिय एकता र अखण्डता कायम राख्न सक्ने राष्ट्र प्रेमी देश भक्त,दिर्घाकालिन रुपमा नेपालको विकास र नेपाली जनतालाई आत्म निर्भरताको लागि विकासका कार्ययोजनाहरुको दुरदर्शी सोच विचार भएको नेताहरुको नेतृत्वको विकास हुनु पर्ने आमधारण सधै रहदैआएकोछ।

तर यस कालन्तरमा दुर्भाग्यबस नेपाली जनताको वर्तमान र भबिष्यको निर्माण गर्ने नेतृत्वको विकास यसरी हुदैगयो। गाउ सहरमा जसले कम शैक्षिक योग्यता हासिल गरेका वा गवारहरु, समाजमा घृणित तथा लज्जित व्यक्तित्वहरु, पुरा समय संसारको कानुनले अपराधी निर्धारण गर्नसक्ने अपराधिक गतिविधिमा संलग्न भएको व्यक्तित्वहरुले बन्द,हड्ताल र आन्दोलन गरी नेपाली जनतालाई गरी खाने कि मरी जाने अवस्था सिर्जना उत्पन्न गर्ने, नेपाली समाजलाई त आतंकित बनाई रहेको अबस्थामा बाटोमा टायर बालेर वायुमंडललाई समेत प्रदुषण गर्ने क्षमता भएका, देश र जनताका रक्षक सेना तथा प्रहरीलाई ढुंगा, मुड़ा,भाला, खुकुरी र बम द्वारा मर्न सक्ने क्षमता भएको, सरकारी तथा गैर सरकारी चल अचल सम्पति तोडफोड र आगजानी गरी नस्ट गर्न सक्ने, मारपीट, लुटपीट, गुण्डागर्दी, बलत्कार गर्न सक्ने संसारको कानुनमा अपराधिक ठरिएकाहरु, मानवाधिकारको ज्ञानै नभएका,समाजका अग्रजहरुको सम्मान र महिला तथा बालबालिकाहरुको ईज्यत एबम संरक्षण गर्ने संस्कार नभएका, स्वार्थको लागि देश बिखन्डन कारीहरु,देश द्रोहीहरु, कानुनलाई हातमा लिन सक्ने क्षमता भएको, नाताबाद, कृपाबाद, फरिवाबाद, डनबाद, धनबाद, चाकडीबाद, घुसखोरी, भ्रष्टाचारी, कालो,बजारी,तस्कर गरेर देशलाई कंगाल बनाउन सक्ने क्षमता भएको व्यक्तित्वहरुको नेपालको राजनीतिमा नेतृत्वको विकास भएको देखियो। यस्ता व्यक्तित्वहरुले नेपालको सत्ताको बाघडोर समालि सकेका छन।

आज नेपाललाई संसारको सबैभन्दा गरिब राष्ट्र बनाउने जिम्मेवारी यिनै नेताहरुले कर्तब्य निष्ठापुर्बक पुरागरिसकेकाछन।

जय नेपाल!!

प्रतिक्रिया