विमानस्थलमा मनफूल विमोचन

इनेप्लिज २०७२ पुष १७ गते १५:४४ मा प्रकाशित
shubhakaamanaa
डिसेम्बर ३१, इजरायल ,
रोजगारीको शिलशिलामा इजरायल आईपुगेकी मुक्तककार सुचित्रा खनियाको तेस्रो कृतिको रुपमा मनफूल मुक्तक संग्रह फरक किसिमले काठमाण्डौमा विमोचन भयो ।
नेपाल मुक्तक प्रतिष्ठानले प्रकाशन गरेको सो कृतिको विमोचन प्रतिष्ठानबाटै काठमाण्डौमा विमोचन गर्ने तयारी भईरहेको बेला कृतिकारकी छोरी सञ्जिवनी खनिया (सञ्जु) एमबिबिएस अध्ययनका लागि बंगलादेशको ढाका यूनिभर्सिटी जाने फ्लाईट सेडुएल अगाडि सरेकोले डिसेम्वर ३१ तारिखमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमै विमोचन गरियो ।
विमोचनका बेला विदेश पढन जान लागेका विद्यार्थी र हवाई यात्रुहरुले ताली पिटेका थिए । सो अवसरमा प्रतिष्ठानका केन्द्रीय अध्यक्ष रामकाजी कोने र महासचिव रमेश पौडेल लगायत सञ्जिवनीलाई विदाई गर्न परिवारजनका हजुरबुवा लगायत सञ्जुका साथीहरु विमास्थल पुग्नु भएको थियो ।
विमोचनका बेला इजरायलबाटै छोरी सञ्जुलाई फोन गरी कृतिकार सुचित्रा खनियाले आफुलार्इर्र्छोरी सञ्जिवनी (सञ्जु) ले नामका अगाडि डा. लेखेको हेर्ने ठुलो धोको रहेको बताउँदै त्यही धोको पुरा गर्ने अभियानमा छोरी ढाका यूनिभर्सिटी तर्फ लाग्दै गर्दा हतारोमा मुक्तक संग्रह मनफूल विमोचन गरिएको बताउनु भयो ।
यो अवसरमा सरिक हुनु हुने केन्द्रका अध्यक्ष र महासचिवप्रति आभार व्यक्त गर्दै छोरी सञ्जुको शुभ यात्रा र उज्वल भविष्यको कामना गर्नु भयो । प्रतिष्ठानका केन्द्रीय अध्यक्ष रामकाजी कोनेले नेपाली मुक्तकको विकास र विस्तारमा लागी परेको नेमुप्र अभियानमा इजरायल शाखाको भुमिका अत्यन्त सराहनीय रहेको बताउँदै कृतिकारलाई बधाई दिँदै सञ्जिवनीको उत्तरोत्तर प्रगतिको कामना गर्नु भयो ।
महासचिव पौडेलले पनि कृतिकारलाई बधाई दिँदै र विदेश अध्ययन गर्न जान लागेकी सञ्जुलाई शुभ यात्राका साथ सुन्दर भविष्यको शुभ कामना दिनु भयो । कृतिकारकी छोरी सञ्जिवनीले आफु विदेश गई सकेपछि ममीको कृति विमोचनमा सरिक हुन नपाउने भएकोले मेरै कारणले हतारमा यसरी विमोचन गर्नु परेको बताउँदै ममीको सपनालाई साकार पार्ने विश्वास दिलाउनु भयो ।

प्रतिक्रिया