बलिउडकी ऐश्वर्याले रेखालाई आमा भनेपछि

इनेप्लिज २०७२ पुष २८ गते १३:५० मा प्रकाशित

DSC04963-800x532

मुम्बई । केही दिनअघि एउटा अवार्ड वितरण कार्ययक्रममा ‘बलिउड ब्युटी’ ऐश्वर्या रायलाई ‘जज्बा’ फिल्मबाट ‘कमब्याक’ गरेबापत अवार्ड मिल्यो । ऐश्वर्यालाई अवार्ड मिल्नु नौलो कुरा नहुनु सक्छ, तर त्यो कार्यक्रममा उनलाई अभिनेत्री रेखाले अवार्ड दिइन् । रेखा तिनै अभिनेत्री हुन्, जसको नाम लामो समय अमिताभ बच्चनसँग जोडियो । कार्यक्रममा ऐश्वर्यालाई कमब्याकका लागि अवार्ड दिन बोलाएलगत्तै रेखालाई पनि मञ्चमा बोलाइयो । रेखाबाट अवार्ड लिन पाउँदा ऐश्वर्याको अनुहारमा विशेष चमक देखिन्थ्यो । यो खुसीयाली त्यतिमा मात्रै सीमित रहेन । उनले केही समयमा नै भनिन्, ‘आमाबाट यो सम्मान पाउनु मेरा लागि सम्मान हो ।’ ऐश्वर्याले यसो भनेको लामो समय भएको थिएन, कार्यक्रममै जया बच्चन र रेखाले एकअर्कासँग गला पनि मिलाए । अहिले बलिउडमा यी दुईको पुरानो ‘दुस्मनी’ सकिएछ भन्ने बड्कलबाजी गर्न थालिएको छ । (नयाँ पत्रिकाबाट)

प्रतिक्रिया