मोडल अधिकारी भन्छिन्, ‘सेक्सका बारेमा पछि कुरा गरौँला, अहिले फुर्सद छैन’

इनेप्लिज २०७२ पुष २९ गते १४:२७ मा प्रकाशित

Kp-Oli2-650x336

काठमाडौं । आधा दर्जनबढी म्युजिक भिडियो अभिनय गरिसकेकी सिन्धुली स्थायी घर भएकी गुञ्जन अधिकारी बिगत पाँच वर्षदेखि कला क्षेत्रमा संघर्षरत छिन् । सानैदेखि नाच्न र गाउँन सोखिन अधिकारी केही पहिले गायक चिरञ्जीवी भण्डारीको ‘बादल बनी……’ बोलको गीतमा पनि देखिएकी थिइन् । यो गीतको अभिनयबाट उनले चौतर्फी तारिफ समेत बटुलिन् ।

त्यसपछि उनी राजकुमार बिकको ‘हर हाल’ एल्बमको ‘हर हालमै जिउनु पर्ने भो…..’ गीतको भिडियोमा पनि देखिइन् । यस गीतको चर्चाले उनको अभिनय करियरमा पनि इट्टा थप्ने काम गरेको छ । गीतमा प्रमोद खरेलको स्वर रहेको थियो ।

म्युजिक भिडियो अभिनयको अलवा बिभिन्न महोत्सवमा समेत नृत्य प्रस्तुत गर्दै आएकी अभिनय र नृत्य आफ्नो नसानसामा रहेको बताउँछिन् । भन्छिन्, ‘अभिनय र नृत्य मेरो जीवनको अभिन्न पाटो हो ।’ सायद त्यसैले पनि होला उनले अहिले पनि अभिनय र नृत्य प्रशिक्षण जारी राखेकी छन् ।

भविश्यमा चलचित्रको सफल हीरोनी बन्ने सपना मनमा पालेकी उनी कम्प्रमाईज गर्न नपर्ने र चित्त बुझ्दो रोल आए चलचित्र अभिनय गर्ने सोँचाइमा छिन् । ग्ल्यामर्सका लागि शारीरिकका साथै भित्री सौन्दर्य पनि आवश्यक पर्ने उनको भनाइ छ ।

यौन र सेक्सका विषयमा अधिकारीलाई खासै वास्ता छैन । ‘यौन र सेक्स मानिसका इच्छा तथा प्रकृतिक देन हो । यसलाई धेरै ठूलो हाउँगुजीका रुपमा लिनु हुँदैन’, उनले भनिन्, ‘यो विषय सोँच्ने मेरो दिमागमा अहिले फर्सद छैन । म करियरका लागि क्रियाशील कलाकार हुँ ।’

प्रतिक्रिया