अभिनेत्री रेखाका बारेमा तपाईलाई थाहा नभएका यि २४ गोप्य कुरा

इनेप्लिज २०७२ पुष ३० गते २०:३६ मा प्रकाशित

Suvecha-Thapa-1-464x600

मुम्बई । सदाबहार बलिउड अभिनेत्री रेखाका विषयमा अहिले पनि उत्तिकै चर्चा हुन्छन् । आफ्नो जमानाकि हिट अभिनेत्री रेखाको नाम अमिताभ बच्चनसँग धेरै जोडिएर आउने गरेका थिए ।
अमिताभले जयबहादुडीलाई विवाह गरेपछि रेखाले मन दुःखाएर बसेको आरोप पनि लाग्ने गरेको छ । उनै रेखाका विषयमा तपाईलाई धेरै कुरा थाहा नहुन सक्छ । उनका विषयमा यहाँ केही रोचक र तथ्यपरक विषय प्रस्तुत गरिएको छ ।
१. १० अक्टूबर १९५४ मा जन्मिएकी अभिनेत्री रेखा तमिल अभिनेता जैमिनी गणेशन र तेलुगु अभिनेत्री पुष्पावलीकी छोरी हुन् ।
२. रेखाको जन्म र पालन पोषण चेन्नईमा भएको थियो । उनको न्वारनको नाम भानुमति रेखा हो ।
३. रेखाले आफ्नो मातृ भाषा तेलुगु मान्ने गरेकी छिन् । यद्यपि रेखाले हिन्दी, तमिल र अंग्रेजी राम्रो बोल्न सक्छिन् ।
४. रेखा जन्मिदा उनका बाबु र आमाको विवाह भएको थिएन । यद्यपि रेखाका बाबुले उनलाई जन्मनेवित्तिकै आफ्नी छोरीका रुपमा स्वीकार गरेका थिएनन् ।
५. रेखालाई अभिनयमा कुनै रुचि थिएन । तर घरको विग्रिएको आर्थिक अवस्थाका कारण उनले स्कुलको पढाइ छाडेर फिल्ममा काम गर्न सुरु गरेकी हुन् ।
६. रेखा १२ सालको उमेर हुँदा एक तेलुगु फिल्मबाट आफ्नो करियर सुरु गरेकी हुन् । त्यसको तीन वर्षपछि रेखाले कन्नड फिल्ममा हीरोइनको रुपमा काम गर्न थालेकी थिइन् ।
७. रेखाको पहिलो हिन्दी फिल्म ‘अञ्जान सफर’ हो । यसमा उनको साथ विश्वजीत हीरो थिए ।
८. रेखाको पहिलो हिन्दी फिल्म ‘अञ्जान सफर’मा एक चुम्बनको दृश्य थियो, जसले उनलाई चर्चामा ल्यायो । फिल्म सेन्सरको झमेलामा परेर दस वर्षपछि ‘शिकारी’ नामबाट रिलिज भएको थियो ।
९. रेखा आफ्नो फिल्मी सुरुवातीका दिनमा गहुँ गोरी र मोटी थिइन् । उनलाई नराम्री केटीका रुपमा जिस्काउने गरिन्थ्यो ।
१०. रेखाका एउटी आफ्नै बहिनी छिन् । उनका छ जना सौतेला भाइबहिनी पनि छन् । सबैका बाबु जैमिनी गणेशन हुन् ।
११. रेखा संसारभरि घम्न रुचि राखने महिला थिइन् । त्यसैले रेखाले एयरहोस्टेज बन्ने सपना लिएकी थिइन् । तर उनी एयरहोस्टेज बन्न सकिनन् ।
१२. रेखालाई मेकअपको धेरै रहर थियो । त्यसैले उनका एयरहोस्टेज साथीहरुले मेकअपका सामान ल्याइदिने गर्थे ।
१३. करियरको सुरुवाती दिनमा रेखालाई तेलुगुको ‘बी’ र ‘सी’ ग्रेटका फिल्म पनि खेल्नु परेको थियो ।
१४. रेखाले उद्योगपति मुकेश अग्रवालसँग विवाह गरेकी हुन् । विवाहको छ महिनापछि मुकेशले आत्महत्या गरेका थिए ।
१५. फिल्मी करियरका बेला रेखाको नाम अभिताभ बच्चन, राज बब्बर, विनोद मेहरा, नवीन चिश्चल, जीतेन्द्र, शत्रुघन सिन्हा, साजित खान र अक्षयकुमारसँग पनि जोडिएका थिए ।
१६. रेखाको नाम सञ्जय दत्तसँग पनि जोडिएको थियो । रेखाभन्दा सञ्जय ५ वर्ष कान्छा छन् । यस विषयमा रेखाले अमिताभ बच्चनलाई देखाउन सञ्जय दत्तसँग सम्बन्ध जोडेको बयान दिएकी थिइन् ।
१७. रेखाले विनोद मेहरासँग विवाह गर्ने हल्ला पनि चलेका थिए । तर रेखाले यसलाई इन्कार गरेकी थिइन् ।
१८. अमिताभ बच्चन र रेखा अत्यन्तै नजिकका साथी रहेका थिए । अमिताभसँगको सम्बन्धका कारण रेखाले जिन्दगीलाई हेर्ने दृष्टीकोणमा पूरै परिवर्तन ल्याएकी थिइन् ।
१९. रेखालाई डबिङको पनि रहर थियो । उनले नीतू सिंहको आवाजमा फिल्म ‘याराना’ र स्मिता पाटिलको आवाजमा फिल्म ‘वारिस’ डबिङग गरेकी थिइन् ।
२०. रेखालाई गीत गाउने पनि रहर थियो । उनले संगीतकार आर डी बर्मनको आग्रहमा फिल्म ‘खूबसूरत’ दुई गीत गाइकी थिइन् ।
२१. रेखाको जबरदस्त लुकको पछाडि कुनै स्टाइलिष्ट छैन । उनले आफ्नो लुक आफै छान्ने गरेकी छिन् ।
२२. रेखा र हेमा मालिनी एकअर्काका राम्रा साथी हुन् ।
२३. रेखा समयप्रति अत्यन्तै ध्यान दिन्छिन् । रेखा सबै स्थानमा समयमा पुग्ने गरेकी छिन् ।
२४. रेखा यस्तो पहिलो हीरोइन् हुन् जो जिम जान सुरु गरेकी हुन् । रेखाले जिममा बक्सिङको सुरुवात गरेकी हुन् । अहिले उनले योग गर्ने गर्छिन् । एजेन्सी

प्रतिक्रिया