कोइरालाको चिन्तन सारा ब्रम्हाण्डमा

इनेप्लिज २०७२ फागुन २३ गते २०:२४ मा प्रकाशित

dev khanal

कांग्रेस आफैमा प्रजातान्त्रिक समाज- बादी पार्टी हो l पार्टी भित्र वा बाहिर भएका गतिबिधिलाई गहन रुपमा अध्यन गरि सबै पक्षको अभिमत लाई संकलन गरि सन्तुलन किसिमबाट सबैका लागि सुहाउने निर्णय पार्टीको पहिलो दाहित्व हो l बि.पी कोइराला बाट प्रतिपादित सिद्धान्त सबै वर्ग जात , जति , धर्म , सस्कार लाई समेट्न सक्ने एक सर्बोकृष्ट समाजबादी चिन्तन हो l

कोइरालाको चिन्तन सारा ब्रम्हाण्डमा हेका मानबजातिले एक सस्कारका रुपमा ग्रहण गर्न सक्नु पर्छ l सोझो अर्थमा भन्नु पर्दाउहाको चिन्तन एक नेताका लागि भाषणमा मेरो रगतमा बि .पी को विचार बगेको छ भनेर ढोल बजाउने ढोलक होइन l बि.पी . को विचार एक गरिब जनताको करुणा, आवाजको चित्रण हो l जो सधै आफ्नो हात मुख जोड्न र परिवार पालन पोषण गर्न निरन्तर संघष गरि रहेको छ l

बि .पी कोइराला बाट प्रतिपादित सिद्धान्त एक कांग्रेस भएको नाताले मात्र ग्रहण गर्ने होइन यो सबै राजनैतिक पार्टीका नेताले अबलम्बन गर्ने एक मार्ग चित्र हो l आज बि. पी विचार कुनै एक भाषण कलामा निपुर्ण नेताले जनतामा बढ्ने गुलियो चकलेट मात्र भएको छ l कांग्रेस पार्टी बस्ताबमा गरिब जनताको पार्टी हो बि .पी ले भन्नु भएको छ l सबै नेपाली जनताले जिबन निर्वाहका लागि पार्टीले जनताका लागि आधारभुत आवस्यकता पुरा गर्नका लागि निरन्तर संघर्ष गर्नु पर्छ l अनि मात्र गरिब जनताको जिबन स्थर माथि आउन सक्छ भनेर ब्याख्या गर्नु भएको छ l

पार्टीले कुनै पहाड फोडेर होइन राज्यमा भएका साधन श्रोत लाई समय सापेक्ष रुपमा परिचालन गरि कर्मिक रुपमा जनताको आवस्कता लाई पूर्ति गर्नका लागि सदैब तत्पर हुनु पर्छ l जनताका लागि नेताले किही गरेका छैनन तर आफनो लागि नेताले सबै थोक गरि सके नेताको जिबन स्थर लाई हेर्ने हो भने एक धनी अमेरिकन भन्दा माथिको हैसियतमा बसेका छन् l

आज कांग्रेस पार्टी धनीवर्गका परिबारका आशन गर्ने थलो भएको छ l पार्टी, सिद्धान्तलाई बेचेरयहाँ राता रात पजेरो , अलिसान घर , सरकारी सुबिधा प्राप्त गरेर गरिब जनता माथि साशन गरि रहेका छन् l

नेपाल र नेपाली जनताको जिबन स्थर माथि लैजानका लागि १० बर्ष सहि रुपमा कार्य गर्ने क्षमता भएमा नेपाली जनताको स्थर एसिया प्रान्तीय राज्यका जनताको जिबन सरह हुने कुरामा निश्चित छ l नेपाली जनता प्रकृति श्रोतले समपन्न छौ ! २१ औ सताब्दिमा नेपाली अन्धकारको जिबन जिएका छौ l यो भन्दा लज्जास्पद कुरा के होला l हामी सग भएको,नदि खोलानाला लाई सहि रुपमा सदुपयोग गर्न सकेमा मात्र पुग्छ l यहाँ पूजीको पनि अभाब छैन , जनताको बाधक छैन, नेता स्वयम् बाधक छन् हामी जनताले बाद्य भएर उनीहरु लाई नै नेताको दर्जामा राखेका छौ कारण के ?

मेरो गरिबीको फाइदा गाउका मुखिया बाजे किने लगेर आफनो स्वार्थ पुरा गर्न बजारमा कौडीको भाउमा बिक्रि गरे l सहरका फुर्तिला दाई जिल्लामा पुगेर आफ्नो इमान लाई ठुलो पुजीपति लाई सस्तो मुल्यमा बन्धक राखी र स्वघोषित नेता भए l पुजीपति र स्वघोषित नेता बाट राज्य संचालन भए सम्म मुलुक बन्ने छैन l समाजमा अहिले धेरै बौद्धिक व्यक्तिहरु छन् जो समाज गाउ , नगर , जिल्ला , राष्ट्र बनाउन जनता नै अग्रहसर नभए सम्म हुदैन भन्ने कुराको महसुस गरि सकेका छन् l

यो वास्तविक आवाज लाई न त् गाउका मुख्या किन्न तयार छन् न त् सहरका दाई , न ,त् जिल्लाका पुजीपति , न त् , नेता तयार छन् , यो बिक्री गर्न लाई बौद्धिक व्यक्तिवलाई बडो संकटको सामना गर्नु परेको छ l बि.पी कोइराला आज भन्दा ७० बर्ष अगि नै भनि सक्नु भएको छ l जनताको आवासलाई नसुन्ने हरुको बाहुल्यले पार्टीमा हाली मुवाली हुने छ l जनता नैरास्यता हुने छ l जनताले एक पटक फेरि नैतिक संघर्ष गर्नु पर्ने अवस्थाको सिर्जना हुने छ l

कालान्तरमा जनताका सच्चा छोरा बाट मात्र मुलुकमा बिकासको बिकुल बज्ने छ l वास्तबमा हामी नेपाली जनता संकटको घडीमा छौ l हाम्रा समस्या सग जुध्नका लागि हामी नेपाली जनता एक भएर गाउ गाउ बाट जाग्नु पर्ने अवस्था आएको छ l चोर सुली र साधु लाई चौतारोको ब्यबस्था गर्न सकेमा हामी अगि बडने छौ lजय नेपाल !!

प्रतिक्रिया