अमेरिकामा हरेक चिजलाई आहा किन भन्नै पर्ने ?

इनेप्लिज २०७२ फागुन २६ गते २:४२ मा प्रकाशित

BIJAY THAPA

अमेरिका सपनाको संसार मात्र हैन l अमेरिका सकारात्मक सोच्ने राष्ट्र पनि हो l हरेक कुरालाई सकारात्मक रुपमा पनि लिइन्छ l सकारात्मक रुपमा भन्ने पनि गरिन्छ l नकारात्मक कुरा भन्दा त्यस्को प्रभावले केहि प्रतिकुल असर हुने हुनाले अधिकांश रुपमा राम्रो कुरा भन्ने गरिन्छ l

आफु मात्र हैन अमेरिका आएका प्राय नेपाली समुदायले पनि अब सकारात्मक भन्न सिक्दैछन l राम्रो भन्न थालेका छन l अमेरिकामा प्वाक्क नरामो भन्ने त्यति चलन हुदैन l मुखैमा नराम्रो भनि हाल्न अस्वाभाविक हुने हुनाले त्यसो गरिदैन l त्यसो भन्दा झगडा पनि हुने हुन्छ l कुटाकुट पनि हुने हुन्छ l कठालो समाता समात पनि हुन्छ l

चाहे नराम्रो लागोस राम्रो भनि दिनु नै ठिक हुन्छ l नत्र नदुखेको टाउको ब्यर्थमै दुखाउनु पर्ने हुन्छ l नराम्रो र छि भनि दिदा मनमा नराम्रो लागि रहन्छ l कुनै चिज देख्दा या हेर्दा छि भनि दिदा सात्तो पनि लिने गरिन्छ l

यस्ता कैयौ उदाहरण पाठक वर्गमा पस्कन चाहन्छु l अमेरिकामा स्वेत र अस्वेत वर्ग छन् l अफ्रिकन अमेरिकनहरु काला हुन्छन l उनीहरुको मुखमा छ्या ,अबुई हेर्दै पोल्दा पोल्दा उम्केको जस्तो भन्न पाइदैन l च्यापु फुस्काई दिन्छन l रक्तपात पनि हुन् सक्छ l कानुन पनि लाग्छ l

कसैको छोरा जन्मियो ,देख्दै खेरि बाँदर अनुहार छ भने पनि आहा क्या राम्रो भन्नु पर्छ l छोरी पनि देख्दै उल्लु जस्ती नराम्री भएता पनि क्या सुन्दरी ओहो l यस्तो बच्ची आज सम्म देखेकै छैन भन्नु पर्ने l लु त ,तपाईको हिम्मत छ भने त्यस्ता बच्चालाई छि बाँदर र ढेडु जस्तो भन्न सक्नु हुन्छ ? तपाईको बत्तिसे झारी दिन्छन l अस्पतालको आकस्मिक कक्षमा भर्ना हुनु पर्छ l

नकारात्मक हैन कि सकारात्मक भै अहा कस्तो सुन्दर छोरा या सुन्दरीछोरी मात्र भनि दिनु उसका मातापिता दंग l नराम्रो शब्दको अगाडीको न हटाएर राम्रो भने पछि सक्किगोनि l अर्को ,लुगा कसैले नया किनेर लगाएको छ भने अहा भन्नु पर्छ l नत्र त्यहाँ पनि नाथ्री फुटाली दिन्छन l लुगा देख्दैमा रिस उठने र लगाएको एकदमै नसुहाएको छ भने पनि अहिले सम्म तिमि जस्तो खाई लाग्दो र विश्व सुन्दरी देखेको छैन भन्नु पर्छ l यी दुई शब्द भनि दिदा हाम्रो के जान्छ ?

नत्र त्यहाँ पनि तपाईको किलकिले दबाईन सक्छ l चिउड़ो भत्किन सक्छ l केहि चिज घर बाट बनाएर ल्याएको छ भने अह यस्तो कहिले खाएको छैन जीवनमा भन्नु पर्छ l नत्र मुङ्ग्रो टाउकोमा एक्कासी बजरिन्छ l हामी सकारात्मक हुनु पर्छ l मिठो र कसले बनाएको भनि फुर्क्याई दिनु पर्छ l सक्किगोनि ?

बिबाह गरे पछि मेरो पति या पत्नी भनेर चिनाउदा अहा क्या राम्रो या क्या राम्री भेटिछ्स भन्नु पर्छ नत्र त्यहाँ पनि बाघे झप्पु आउँन सक्छ l जिब्रो थुत्न सकिन्छ l नकारात्मक नहुने सकारात्मक हुने l सक्किगोनि l

कुनै उपहार कसैले दिएको छ भने अहा कति राम्रो भन्नु पर्छ भलै आफुलाई मन नै परेको छैन भने पनि l राम्रो लागेन भन्यो भने अर्को पटक देखि बन्द र पाईदैन l तलाई उपहार अर्को पटक देखि हेर भनि लोप्पा खुवाई दिन्छन l

पुरुष या महिलाले मेरो शरीर कस्तो छ भने पनि एक दम राम्रो मिलेको छ भन्नु पर्छ l के हो यस्तो सोलोडोलो शरीर भनि नकारात्मक टिप्पणी दिनु भयो भने तेरो चाही हेरको छस मरनच्याउसे हुईपा भन्ने जस्तो गालि पनि आउन सक्छ l तसर्थ जे लाई पनि सकारात्मक भै राम्रो ,असल ,अहा मात्र भनि दिदा कुरै सक्किगोनि l किन लफडामा पर्ने ?

घरमा कसैले खान बोलाएको छ जे पनि अहा ! कस्तो मिठो ! अझ छैन भन्नु पर्छ l अनि स्वाभाविक र शिष्टचार मानिच्छ l नेपालीहरुको लागेको बानि जस्तो तीन थाल खाए पछि भनेको जस्तो अझ भएन भन्नु भयो भने भुत्ते खुकुरीले ख्याल ख्यालमा ४ अम्मल पो जान्छ l नकारात्मक नहुने र सकरात्मक भै दिए सक्किगोनि l

यस्ता कुराहरु कण्ठ गरे अमेरिकामा कहिले निरास तथा हतोत्साही हुनु पर्दैन l के तपाई अमेरिका आउदै हुनु हुन्छ ? भुलेर पनि यस्ता शब्द प्रयोग नगर्नु होला है ? त्यति मात्र गरे ,सक्किगोनि !

प्रतिक्रिया