फागुन २४
महाशिब रात्रीको अवसरमा मोरङको उर्लाबारीमा सोमबारआयोजित सांगीतिक कार्यक्रममा गायिका सुवानी मोक्तान र गायक विश्व नेपालीले दर्शकहरुलाई भरपुर मनोरञ्जन प्रदान गरेका छन ।
भिजन फाउण्डेशन नेपाल उर्लाबारीको आयोजनामा गतबर्ष झैं यस बर्ष पनि महाशिब रात्रिको अवसरमा आयोजित सांगीतिक कार्यक्रममा उनीहरुले सहभागी दर्शकहरुलाई भरपुर मनोरञ्जन प्रदान गरेका हुन । सोमबार रातिसम्म चलेको उक्त सांगीतिक कार्यक्रममा गायिका सुवानी मोक्तानले कलिउड फिल्मको यो हो कलिउड…….., परेलीमा………, अलि अलि….., आज भोली…..
लगायत बोलका आधा दर्जन भन्दा बढी गीतहरु प्रस्तुत गरी सहभागी दर्शकहरुलाई मनोरञ्जन प्रदान गरिन । त्यस्तै गायक विश्व नेपालीले राष्ट्रिय र आधुनिक गरी २ दर्जन गीतहरु प्रस्तुत गर्दै दर्शकहरुलाई मनोरञ्जन प्रदान गरेका थिए । नेपालिले पुराना आधुनिक गितलाई नया सैलिबाट प्रस्तुत गरेका थिए ।
साथै स्थानीय पाठशाला ब्याण्डको समेत प्रस्तुति रहेको थियो । स्थानीय होटल सिङ्हिममा सोमबार साँझ ७ बजेदेखि सुरु भएको सो कार्यक्रम राति १० बजेसम्म चलेको थियो । भिजन फाण्डेशनद्वारा सञ्चालित सार्वजनिक पुस्तकालयको सहयोगार्थ सो कार्यक्रमको आयोजना गरिएको अध्यक्ष राजु लामाले बताएका छन । २०७० सालमा स्थापना भएको सो फाउण्डेशनले यस क्षेत्रमा सामाजिक काम गर्दै आएको छ ।
प्रतिक्रिया