बोस्टनमा यसरि मनाईयो नारी दिवस

इनेप्लिज २०७२ फागुन २८ गते २३:५५ मा प्रकाशित

NWGN 10

गत बर्षहरु जस्तै यस बर्ष पनि नेपाली वुमेन ग्लोबल नेटवर्कले बोष्टनमा १०६ औं अन्तर राष्ट्रिय नारी दिवस भब्यताको साथ मनायो । गत मार्च ६ तारिख आईतबारका दिन बोष्टन स्थित एमआइटि कलेजमा उक्त कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रमको संचालनको लागि मितेरी समूहको बिशेष सहयोग रहेको थियो l उक्त अवसरमा नेपाली र विदेशी हरुको समेत उपस्थिति रहेको थियो ।

नेपाली र अंग्रेजी राष्ट्रियगानबाट शुरु गरिएको उक्त कार्यक्रममा एनडब्लुजीएन का अध्यक्ष रुक्मिनी कार्कीले स्वागत भाषण गर्नुका साथै सन् २०१५ मा संस्थाले गरेका कार्यहरुको कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । उक्त कार्यक्रममा गत वर्षहरु जस्तै ६५ वर्ष भन्दा माथि उमेरका आमाहरुलाई सम्मान गरिएको थियो l

Untitled

यसको साथै आफ्नो प्रयासले अमेरिकाका सफल शिक्षिका, समाजसेवी एवम् व्यवसायी नारीहरु सम्झना गुरुङ श्रेष्ठ, सोफिया थकाली, गीता श्रेष्ठ र रुक्मणी काफ्लेलाई पनि सम्मान गरिएको थियो । उक्त कार्यक्रममा स्वीकृति खनाल, जोसन, भुमिका, आकृति, सलोमी, शिवानी, परिनिता र काजोलले नृत्य प्रस्तुत गर्नुका साथै सिम्रन पौडेलले गीत गाएका थिए l

सांस्कृतिक कार्यक्रमकै क्रममा हिमालय हेरिटेज कल्चरल एकडेमीका सदस्यहरुले नेपाली बाजाहरुको सुमधुर धुन प्रस्तुत गर्नृु भएको थियो । एनडब्लुजीएन का सदस्य मीना शर्मा, शान्ती जोशी र रोश्ना घिमिरे न्यौपानेले कविता वाचन लगायत अरुना शर्माले नेपाली नारीहरुको अनुभव पनि सुनाउनु भएको थियो । उक्त अवसरमा नेहा रायमाझीले नेपाली नारीवादको बारेमा आफ्नो वक्तव्य पेश गर्नुभएको थियो l दक्षिण एसियाली नारीहरुको अमरिकामा कार्यगत शैली कस्तो रहेको छ भनेर डा. ज्योती सिन्हाले आफ्नो कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

nwgn 2

त्यस्तै गरी जलवायु परिवर्तन र त्यसले नारीहरुमा पार्ने प्रभावका बारेमा डा. बिनिता केसीले आफ्नो वक्तव्य दिनु भएको थियो । उक्त कार्यक्रमको मुख्य वक्ता डा. शोभा हमाल गुरुङ रहनु भएको थियो । अमेरिकामा बस्ने नारीहरुको जीवनशैली र उनीहरुको भनाई लाई समेटेर तयार पार्नु भएको आफ्नो पुस्तक नेपाली माइग्रान्ट वुमेन रेजिडेंस एण्ड सर्भाईबल इन अमेरिकाको बारेमा पनि चर्चा गर्नु भएको थियो ।

यसै दिनको अवसरमा एन डब्लुजीएन न्यु इंग्ल्यान्ड च्याप्टर उद्घाटन कार्यक्रमको मध्य भागमा डा. विध्या रन्जितले पानसमा बत्ती बाली रिबन काटेर गर्नु भएको थियो । करिब चार घण्टामा समापन भएको उक्त कार्यक्रममा एन डब्लुजीएनका सदस्य जया शाहले धन्यवाद ज्ञापन गरी यस वर्षको अन्तर्राष्ट्रिय नारी दिवसको समापन गर्नु भएको थियो ।

nwgn 1

प्रतिक्रिया