अमेरिकामा मानिसको बचत साह्रै दयनीय किन ?

इनेप्लिज २०७२ फागुन २९ गते १२:४२ मा प्रकाशित

bijay

विश्व कै धनि देश अमेरिका l आर्थिक सम्पन्नतामा अग्रणी देश अमेरिका l अमेरिकन मुद्रा डलरको विश्व ब्यापी चुलिएको भाउ दर l विश्वका प्रतिभा पलायन तथा प्रवासीले भरि भराउ देश अमेरिका l जब आर्थिक योजनाका प्रश्न उब्जिन्छ ? अमेरिकनहरुको बचत अत्यधिकको अवस्था रिक्त जस्तै हुन्छ l न्युनतम र सोचिएको भन्दा साह्रै कम रहेको हुन्छ l

विश्वका सारा मानिस यहि डलर कमाउन र समृद्धिको लागि आएता पनि बचत गर्न लाई हम्मे हम्मे अवस्था परि रहेको हुन्छ l ३० बर्षे घर किस्ताबन्दि पनि एक बाधक र एक मुख्य कारण बनेको छ l अमेरिकामा बेरोजगारीको अवस्था सुध्रिदै गएको भएता पनि मानिसको बचत भने कहाली लाग्दो अवस्थामा छ l

कमायो कमायो तिर्दा तिर्दा हातमा लाग्यो सुन्ना l यसरि नै चलि रहेको हुन्छ अमेरिकन जीवन शैली l आकस्मिक रुपमा नगद निकाल्नु पर्यो भने पसिना छूट दछ किनभने नगद बचत सारै न्युनतम हुन्छ l भै परि आउने खर्चको लागि उधारो पत्र(क्रेडिट कार्ड )ले काम चलाउने प्रणाली हुन्छ l

विश्वका १० धनि मध्ये अधिकांस १ देखि १० सम्म धनाड्य सुचिमा अमेरिकन पर्दछन l तर आस्चर्यको कुरा आम अमेरिकन संग बचत खातामा न्युनतम मौज्दात राखिएको हुन्छ l अमेरिकामा मानिसलाई कम्तिमा ६ महिना सम्मको लागि नगद बचत गर्न उत्प्रेरणा गरिन्छ l नेपालमा सामान्य काम गर्नेको पनि बैंकमा नगद देख्दा झस्यांग हुने जस्तो अमेरिकन संग हुदैन l नेपाल जस्तो मुद्राको डंगुर सम्पत्ति बचत भए जस्तो अमेरिकामा दिवा सपना हुन्छ l

अमेरिकामा बुद्धिमानी मानिसले कम्तिमा ३ महिना सम्म धान्न सक्ने गरि नगद मूद्रा बचत गर्दछन l १ बर्ष सम्म बचत गर्न सक्ने मानिसले अमेरिकामा कहिले दुख पाउदैन भनि अर्थ शास्त्री तथा अर्थ विदले बताउद्छन l यसरि जोहो गर्नेले जस्तो सुकै अवस्थामा पनि आर्थिक संकटको सामना गर्न सक्दछन l

तर बचत गर्न भने पछि अमेरिकनहरु धेरै पछि देखिन्छन l अन्य तिरो तारोले कायल बनाई दिने हुनाले बचत भने गर्न नसक्ने अवस्था भै दिन्छ l आश्चर्य को कुरा एक तथ्यांक अनुसार २० प्रतिसत मानिस संग बचत खाता नै हुदैन l अधिकांस अमेरिकनहरुको खातामा १ हजार डलर भन्दा कम बचत मात्र हुन्छ l

झन्डै ६२ प्रतिसत अमेरिकनको बचत खातामा १ हजार भन्दा कम रकम भएको देखाएको छ भने २१ प्रतिसत अमेरिकामा बसोबास गर्ने मानिस संग बचत खाता नै खोलिएको हुदैन l अमेरिकाको गो बेङ्किङ्ग रेट्स डटकमले गरेको गुगल ग्राहक सर्वेक्षण अनुसार अमेरिकनहरुमा यस्तो भयावह स्थिति रहेको राम्रो नभएको जनाएको छ l

अमेरिकनहरुमा आकस्मिक कोषको लागि नगद सुरक्षा गर्दैन र अधिकांस उधारो पत्रमा भर पर्ने गरेको सर्वेक्षणले देखाएको छ l यस्तो भै परि आउने कठिन अवस्थामा साथीभाई ,ईष्ट मित्र तथा परिवार संग सर सापटी लिई काम चलाउने गर्दछन l तर अमेरिकामा घरको ३० बर्षे किस्ताबन्दीको ठुलो भारको कारण मानिसले उधारो दिन सक्ने अवस्था रहदैन l

गत बर्षहरुमा पनि अमेरिकन संग कतिको बचत हुन्छ बन्ने सर्वेक्षणमा बैंक रेट डटकमले १ हजार वयस्क संग गरेको अनुसन्धनमा ६२ प्रतिसत मानिस संग आकस्मिक बचत नहुने बताएको छ l यति सम्म कि अस्पतालको आकस्मिक कक्ष या ५ सय डलर सम्मको गाडी मर्मत गर्न पनि नगद झिक्न सक्ने गरि बचत गर्दैनन् l

भै परि आउने कुनै आकस्मिक खर्चको समान गर्न २६ प्रतिसतले आफ्नो भै रहेको खर्चमा कटौती गर्ने जनाएका छन् l त्यस्तो अवस्थामा १६ प्रतिसतले परिवार र साथीभाई संग सापटी लिएर काम चलाउने देखिएको छ l १२ प्रतिसतले उधारो पत्र (क्रेडिट कार्ड ) प्रयोग गर्ने देखिएको छ l

हालसालै गरिएको सर्वेक्षण अनुसार २९ प्रतिसत मानिसले एक हजार भन्दा माथि बचत गरेको बताए भने १४ प्रतिसतले १० हजार भन्दा ज्यादा भएको बताए l र केवल ५ प्रतिसत मानिसले ५ हजार सम्म बचत रहेको कबुलेका छन् l

र, केवल ९ प्रतिसत मानिसले दैनिकी आवस्यकताको परिपूर्ति गर्न र संकटलाई किनारा लगाउन प्रसस्त बचत खातामा राखेको बताएका छन् भने बैंकको खातामा कम्तिमा न्युनतम रकम राख्नु पर्ने भएकोले त्यसो पनि गरेको बताएका छन् l १८ देखि ६४ बर्ष सम्म सम्मका मानिसलाई गरिएको एक सर्वेक्षण अनुसार बृद्ध भएका संग तुलनात्मक रुपमा बचत गर्ने योजनामा सहभागी भएको देखियो l

अमेरिकामा जागिरको कहिले भरोसा नहुने भएता पनि मानिस किन बचत गर्न आर्थिक योजना बनाउन तयार हुदैनन् ? किनभने मानिस संग अनगिन्ती बिबिध खर्च र अन्तत्वगत्वा ३० बर्षे किस्ताबन्दीको कारण मानिसले चाहेर पनि बचत गर्न असमर्थ हुन्छन l

नेपाल छोडी अमेरिका बसाई सराई गर्ने हामी पनि यस्तो दयनीय अवस्थाबाट गुज्री रहेका त छैनौ l आर्थिक साह्रो गाह्रो बाट मुक्ति पाउन हामी पनि सतर्कता अपनाउने हो कि ? यसो गरेमा यो भयावह स्थितिको सामना त गर्नु नपर्ला कि ? कि कसो हजुर ?

आगे यहाको मर्जी ?

तस्बिर सौजन्य : बिमल नेपाल ,बोस्टन

प्रतिक्रिया