यसरी नियन्त्रण गर्न सकिन्छ High तथा Low ब्लड-प्रेसर

इनेप्लिज २०७२ फागुन २९ गते १२:५९ मा प्रकाशित

Uday-Gauram

छाती छाम्यो भने पनि प्रस्ट थाहा हुन्छ । अझ कसैको छातीमा कान टाँसेर सुन्यो भने त ठुलै आवाजले भड्केको सुनिन्छ मुटु । हाम्रो बोलीचालीको भाषामा त्यसलाई मुटु चलेको भनिए पनि बास्तबमा त्यो मुटुले रगतलाई शरीरका बिभिन्न भागमा पुर्याउनको लागि जोडले धकेलेको हो । हाम्रो शरीरका हरेक कोषले जीवित रहनको निमित्त आवश्यक पर्ने तत्वहरु जस्तै खाना, हावा आदि रगत मार्फत नै प्राप्त गर्दछन् ।

मुटुबाट धकेलिएको रगत सुरुमा २ वोटा ठुlल धमनी (Aorta Arteries) मा जान्छ । यिनीहरु मुटुको दायाँ र बायाँ दुई तर्फ जोडिएका हुन्छन् । दायाँ तर्फको धमनी मार्फत जाने रगत फोक्सोमा जान्छ भने बायाँ धमनी मार्फत जाने रगत शिरा (Arterioles Arteries) नामक अलि साना धमनीहरुमा जान्छ ।
साना धमनीहरु धेरै नै हुन्छन्, र बिभिन्न आकार (Size) का हुन्छन्, र तिनीहरु कोषिका (capillary) नामक एकदम साना रक्तनलीहरुसंग जोडिएका हुन्छन् भने कोषिकाहरु शरीरका हरेक कोष-कोष (Cells) र मांसपेशी (Tissues) सम्म पुगेका हुन्छन् ।
शिराहरुको आकार अनुसार तिनीहरुमा करिब १०-१०० सम्म कोषिकाहरु जोडिएका हुन्छन् । कोषिकाहरुले खाना, अक्सिजन आदि कोष-कोषमा पुर्याउंछन् अनि कोषमा भएको बिकार अथवा अनाबश्यक कुराहरु फर्काएर ल्याउँछन् जुन बिभिन्न माध्यामले शरीरबाट बाहिर निस्कन्छ ।
हामीले नेपालीमा भन्दा धमनी, शिरा, कोषिका सबैलाई नसा भन्दछौ, तर त्यो भनाइ सही होइन । नसालाई अंग्रेजीमा vein भनिन्छ । नसाले शरीरका बिभिन्न भागबाट बिकार युक्त रगतलाई प्रसोधनको लागि मुटुमा ल्याउने काम गर्दछ ।
वास्तबमा धमनी, शिरा, कोषिका, नसा सबैलाई रगत हिड्ने बाटाहरु भन्दा पनि अत्युक्ति हुँदैन ।
मुटुदेखि शरीरका हरेक कोषसम्म रगत पुग्ने प्रक्रियालाई चितवन सिंचाई योजनासंग दाँज्ने हो भने मुटु भनेको नारायणीबाट पानी तानेर मुहानको ठुलो नहरमा पानी पठाउने पम्प हो, धमनी भनेको मुहानको ठुलो नहर, शिरा भनेका शाखा नहरहरु, कोषिका भनेका खेतसंग जोडिएका कुलाहरु, र हाम्रो शरीरका कोषहरू भनेका खेतका गराहरु हुन् ।
मुटुले जोडले धकेलेको रगत धमनीहरु मार्फत सही तरिकाले अगाडि जानको लागी धमनी पनि सही प्रकारको हुनु पर्दछ । धमनीलाई साइकलमा हावा हाल्ने पम्पमा जोडिएको रबरको नली (Pipe) संग तुलाना गर्न उचित हुन्छ । पम्पबाट राम्रोसंग हावा पास हुनको लागि उक्त नली लचकदार हुनु पर्दछ, कडा हुनु हुँदैन अनि नलीमा कुनै फोहोर तथा कचडा जमेको वा पसेको हुनु हुँदैन । नली कडा भएको छ भने अथवा भित्र केही फोहोर छ भने पनि उक्त नलीबाट हावा त केही मात्रामा जान्छ तर पम्पलाई बढी बलले दबाउनु पर्छ ।
साइकलको हावा हाल्ने पम्पको नाली जस्तै धमनी पनि प्रयाप्तमात्रामा खुला र लचकदार हुनु पर्दछ । यदि धमनी कडा भयो भने अथवा यसको प्वालमा कुनै कुराले साँगुरो बनायो भने मुटुले पनि बढी जोडले रगत धकेल्नु पर्छ ।
रगतलाई बढी जोडले धकेल्न पर्नु भनेको नै मुटुले सकिनसकी बढी काम गर्न परिरहेको छ भनेको हो र त्यसैको कारणले रक्तचाप (Blood Pressure) बढ्न जान्छ ।
धमनी कडा हुनुको मूल कारण नुन बढी खानु हो भने प्वाल साँगुरो हुनुको मूल कारण प्वालमा बोंसोलाग्नु वा जम्माहुनु हो ।
धमनीबाट राम्रोसंग रगत पास हुन नसक्नुको अर्को पनि असर हुन्छ । जसरी मुख्य तथा सहायक नहरहरू आवश्यक मात्रामा फराकिला र सफा नहुँदा खेतमा राम्रोसंग पानी पुग्न सक्दैन त्यसरी नै धमनी तथा शिरा र कोषिका मार्फत पूर्ण स्तरको रक्त-प्रबाह हुन नसक्दा शरीरका बिभिन्न भागका कोषहरूले चाहिँदो मात्रामा आवश्यक तत्व प्राप्त गर्न सक्दैनन्, त्यसो हुनु पनि शारीरिक असर नै हो ।
रक्तचाप (Blood Pressure) दुई प्रकारका अंकको आधारमा नापिन्छ । माथिल्लो अंकलाई systolic भनिन्छ भने तल्लो अंकलाई diastolic भनिन्छ । systolic भनेको मुटु खुम्चिएको बेलाको धमनीको प्रेसर हो भने diastolic भनेको मुटुको धड्कनको दुई गतिको बिचमा मुटुले आराम गर्दाको प्रेसर हो । मानौं तपाइंको प्रेसर १२०/८० छ भने १२० systolic हो भने ८० diastolic प्रेसर हो ।
उपल्लो अंक १००-१४० र तल्लो अंक ६०-९० बिचमा छ भने त्यो रक्तचाप सामान्य हो । त्यो भन्दा बढी हुनु भनेको उच्च रक्तचाप (High Blood Pressure) को अवस्था हो भने कम हुनु भनेको अल्प रक्तचाप (Low Blood Pressure) को अवस्था हो ।
यदि रक्तचाप १२०-७५ छ भने त्यो एकदम राम्रो, आदर्श रक्तचाप(Ideal Pressure) हो ।
यसै कारणले रक्तचाप High अथवा Low हुन्छ भनेर ठ्याक्कै भन्न मिल्दैन । यो बंशाणुगत (Hereditary) पनि हुन सक्छ, र व्यक्तिले आफ्नो जीवन यापनको तरिका नमिलाउँदा पछि आर्जित (Acquired afterwards) पनि हुन सक्छ ।
त्यस्तै मुटुको माम्सपेशीको तन्दुरुस्तीपन, धकेल्न सक्ने क्षमता, धमनीको कडापन, धमनीको साथै कोषिकाहरुको फराकिलोपन, खानपान, धुम्रपान, सुरापानको मात्रा, शारीरिक परिश्रम आदिबाट प्रभावित हुन्छ |
High Blood Pressure तथा Low Blood Pressure दुवै हम्रोलागी खरब हुन्छन् |
टाउको दुख्नु, नाकबाट रगत आउनु, स्वास फेर्न असजिलो हुनु, मुटु अस्वाभाभिक जोडले धड्कनु, आँखाले धमिलो देख्नु, अनुहार रातो हुनु, झड्याङ्ङ रिस उठ्नु, नाथ्रो फुटिरहनु, निद्रा नलाग्नु, आदि उच्च रक्तचाप (High Blood Pressure) का लक्षण हुन् ।
त्यस्तै बिस्तारै टाउको दुखिरहनु, रिंगाटा लागेर लड़ला जस्तो हुनु, मुटुको धड्कन अचानक घट्नु या बढ्नु, वाकवाक लग्नु, दुबिधा हुनु, जतिखेर पनि निद्रा लाग्नु, आँखा धमिलो हुनु, कान टिन्न गर्नु, जराकजुरुक गर्दा अचानक बेहोस भएर लड्नु आदि रक्त अल्पता (Low Blood Pressure) का लक्षण हुन् ।
निम्नकोटीको मधुमेह (Type-2 Diabetes) हुने ३०% र उच्चकोटीको मधुमेह (Type-1 Diabetes) हुने ८०% व्यक्तिलाई ढिलो वा चाँडो High Blood Pressure हुन्छ-हुन्छ ।
त्यसको अतिरिक्त मृगौलाको समस्या हुने, शरीरमा हार्मोनको ठिक अनुपात (Balance) नहुने, धुम्रपान गर्ने, मधपान गर्ने, Ideal weight भन्दा ५ किलो भन्दा पनि बढी तौल हुनेलाई, राती काम गर्नेहरुलाई, प्रयाप्त नासुत्नेहरुलाई, फलफुल र हरियोपरियो कम खानेलाई, तेल र बोसोयुक्त खाना बढी खानेलाई, नुन तथा मसला बढी खाने चलन भएका अफ्रिकी र दक्षिण एसियाली मुलका ब्यक्तिहरुलाई, शारीरिक परिश्रम नगर्नेहरुलाई, गर्भवती तथा गर्भनिरोधक चक्की प्रयोग गर्ने महिलाहरुलाई, ४० बर्ष कटिसकेका व्यक्तिहरुलाई High Blood Pressure हुने धेरै सम्भावना हुन्छ ।
Blood Pressure बढ्यो भने मृगौला बिग्रिने, श्वासप्रश्वास तथा मुटु सम्बन्धि धेरै प्रकारका रोग लाग्ने, अन्धो हुने, हृदयघात हुने, मस्तिष्कको नसा फुटी मस्तिष्कघात हुने लगायतका जीवनलाई नै जोखिम पार्ने नराम्रा परिणाम हुन सक्छन् ।
खानपानमा सुधार गरे, धुम्रपान र मदपान त्यागे, समस्या पर्दा पनि पृथ्वी नै पल्टेजस्तो गरी नभुट्भुटिई स्वाभाविकरुपले लिने गरे, हरियो चिया प्रसस्त पिउने गरे, बेलैमा र दिनको कम्तिमा ८ घण्टा सुत्ने गरे, शारीरिक परिश्रम गरे दुवै प्रकारको Blood Pressure नियन्त्रण हुन सक्दछ ।
दिनमा आधा घण्टा मात्र छिटोछिटो हिंड्यो भने पनि महिना दिन भित्रमा Blood Pressure मा धेरै नै सुधार हुन्छ । सकेमा र समय मिलेमा दिनमा १० हजार पाइला हिंड्ने हो भने त १ महिना मै Blood Pressure ठिक अनुपातमा आउँछ । औषधि नै खानुपरे पनि ढुक्कसाथ खानु पर्छ | औसधि खायो भने खाइराख्ने बानी पर्छ भन्ने भनाई धेरै नै सुन्न पाइन्छ, त्यो सरासर गलत हो ।

प्रतिक्रिया