डिसीमा नारी दिवस भब्यताको साथ सम्पन्न

इनेप्लिज २०७२ फागुन २९ गते २३:३८ मा प्रकाशित

anwa 1

अमेरिकाको डिसी महानगर क्षेत्रमा स्थापना भएको अमेरिका नेपाल महिला संघ (बृहत वाशिंगटन ) ले २०१६ को महिला दिवस भब्यताको साथ मनाएको छ l

सदैब साधा जीवन उच्च विचार मा विश्वास गर्ने अधिकांश महिलाहरु यस पटक पनि कुनै तडक भडक धुम धड़का नगरी १०६ औ अन्तर्राष्ट्रिय नारि दिवस डिसी महानगर क्षेत्रको एलेकज्यानड्रियामा मनाइएको छ l

कार्यक्रम संस्थाकी अध्यक्ष बिजया शाहको सभापतित्वमा सम्पन्न नारि दिवसमा अमान्त्रित सबैलाई शाहले स्वागत गर्दै नारी दिवसको महत्व बारेमा बोल्नु भएको थियो l

anwa 2

कार्यक्रममा अमेरिका नेपाल महिला संघ (आन्वा) कि पूर्व अध्यक्ष बिष्णु कुमारी थापाले महिला दिवसका बारेमा संक्षेपमा ऐतिहासिक पृष्ठभुमिको साथै महिलाले खेलेको भूमिका बारेमा बोल्नु भएको थियो l

यसै गरि संस्थाकी अर्की पूर्व माधवी बस्नेत कार्कीले हामी महिलाले आफ्ना अधिकारको लागि लडे मात्र पाईने हुन्छ l र बिगतमा महिलाको योगदान र त्यागले आमुल परिवर्तन भएको बताउनु भयो l

anwa 5

यसै गरि अर्की आमन्त्रित अधिवक्ता नेपोलिना कटुवालले महिलाको अवस्था नेपालमा अझ पनि धेरै परिवर्तन नभएको र अमेरिकामा अझ पनि नेपाली महिलाले धेरै कुरामा संघर्ष गर्नु पर्ने बताईन l उनले नेपालमा संस्थाको मार्फत भूकम्प पिडितहरुलाई गरेको सहयोग बारेमा बताईएकी थिईन l

उनले अगाडी मन्तब्य राख्दै भनिन महिलाले पुरुष भन्दा अगाडी बढ्न अधिकार मागेको हैन भन्दै बराबरी हुनु पर्छ भन्ने आफ्नो मान्यता रहेको बताईन l

यसै गरि संस्थाका पदाधिकारीहरुमा कोषाध्यक्ष सरला पाण्डेले महिलाले महिलालाई सम्मान गर्नु पर्छ भनिन भने सुनिता सिवाकोटीले महिला दिवस डिसी महानगर क्षेत्रमा आन्वाले सुरु गरेको ईतिहास बताउदै हामीले दियो बालेको र आज अमेरिका भर जताततै मनाईएको देख्दा हर्ष लागेको बताईन l

anwa 4

यसै गरि संस्थाकी समिति सदस्य भवानी शर्माले नेपालमा भएको छात्र वृतिको लागि यार्ड सेल गर्ने गरेको र सबैलाई काममा सहयोगको आब्हान गरिन l अन्य नव आगन्तुक तथा अन्य सदस्यहरुले नारि दिवस बारेमा मन्तब्य राखेका थिए l

बिशेष व्यक्तित्वमा अर्थविद डा सुकदेव शाहले महिलाहरु जम्मा भए भने पुरुषहरु प्रति खुरापाती गर्छन भन्ने आरोप लाग्दछ भन्दै वास्तबमा महिला र पुरुष एक रथका दुई पांग्रा हुन् भन्नु भयो l अब महिला र पुरुष मिलेर काम गर्नु पर्ने भन्दै आफुले अहिले सम्म नेपाली नागरिकता नत्यागेको बताउनु भयो l

anwa 3

कार्यक्रम को अन्त्यमा सबै महिलाहरुले आफ्नो हातले बनाएर ल्याएको खानाका ८४ व्यंजन परिकार सहभागीहरुलाई खुवाईएको थियो l

प्रतिक्रिया