अमेरिका भोगाईका लेखलाई पाठकले बत्ती बालेर पढ्न किन रुचाउछन ?

इनेप्लिज २०७२ चैत १ गते २:२० मा प्रकाशित

bijay-2

मानिस अत्यन्तै व्यस्त हुदैछन l विदेशमा झन् व्यस्त l अमेरिकामा त कुरै नगरौ l यो मारले सबैलाई गाजेको छ l अब लामा लेख पढ्ने जमाना गए जस्तो छ l छोटो मिठो भए लेख पाठकले एक छिन् अडिएर हेर्न मन गर्छन l नत्र व्यस्तताको कारण पढ्ने फुर्सद निकाल्न हम्मे हुन्छ l

अब मिठो र हृदयमा लाग्ने आलेख लेख्नु पर्ने पनि भएको छ l घत लाग्ने र शिर्षकले लोब्यायो भने पाठकले दिउसै पनि बत्ति बालेर पनि पढदछन l अमुल्य समय दिएर लेख्यो तर पाठकले पढेनन भने त्यो लेख के काम ?

त्यस्तो भयभित भै हाल्नु पर्ने समय चै अलिक भएको छैन l महाभारत प्रकारका आलेख पढ्न पाठकले छोड्ने क्रम बढ्दो छ l यहाँ सम्म कि अब त शिर्षक मात्र हेरेर सामाजिक संजाल अनुहार किताबमा मन पराई दिने शुभचिन्तक तथा पाठक भेटिन्छन l

यसको भुक्त भोगी यो पंक्तिकार पनि हो l छोटो लेखे कुरा नै अपुग हुने l लेख फेद न टुप्पो को हुने l गहिराईमा डुब्दै लेख्दा लेख्दै महाभारत झैँ ठुलो भए पाठकले मुन्टो बटार्ने l अलिकति रमाइलो र बिबिध स्वाद भरिएको लेखलाई पढ्न रुचाउछन l अनौठो र फरक शिर्षकमा कलम चलाईएको लेख तथा समाचारले ध्यानाकर्षण गर्दछ l

अमेरिकाबाट लेखिएको कस्ता लेख पाठकले मन पराउछन त ?

यो पंक्तिकारको कर्मभूमि अमेरिका हो l यो पंक्तिकारले बिगत केहि बर्ष देखि बिबिध बिषयमा निरन्तर कलम चलाई रहेको छ l तुलनात्मक रुपमा अमेरिकाको रहन सहन ,अमेरिकन जीवनशैली,अनुभव ,अनुभूति ,परदेशको भोगाई र कथा व्यथालाई चित्रण गरि पाठक माझ पस्कदा पाठकले सर्बाधिक रुचाएको देखियो l र अत्यधिक त्यस्ता लेख प्रति झुम्मिएको पंक्तिकारले अनुभव रह्यो l यस्ता लेख पढ्दा स्वाद आउने हुनाले यस्तै किसिमका लेख पढ्न पाउदा दंग हुने पाठक भेटिन्छन l हास्यब्यंग तथा व्यंगात्मकले समिश्रण छ भने पाठकले मन लागेर पढ्ने प्रवृति देखिएको छ l पाठकले लेख पढ्दा मज्जा आउने पढ्ने गर्छन l

अमेरिकामा कस्ता लेख लेख्दा पाठकले झर्को मान्छन ?

अमेरिकाको बिबिध बिषयमा अनुसन्धान,शोध खोज तथा तथांक संकलन गरिएका लेखिएको आलेख प्रति कम चासो र कम कान ठाडो पारिएको देखियो l पाठकले यस्ता अनुसन्धानात्मक लेखमा तथांकहरु ज्यादा हुने भएकोले समय छोटो भएकोले झर्को मान्ने भेटियो l तुलनात्मक रुपमा भोगाईका लेखले मन छुने हुनाले पाठक त्यस तर्फ ज्यादा आंखा तन्काउने भएका छन् l यो पंक्तिकारको तीन बर्ष देखि गरेको अनुभवले यस्तो देखाएको छ l व्यस्त जीवनमा अलिकति मनोरन्जनात्मक लेख भएमा परदेशमा खुलेर हास्न पनि पाईने लेख भएमा सुनमा सुगन्ध हुनाले पाठकले यस्ता लेखलाई प्राथमिकता ज्यादा दिने पनि गरेको देखियो l

कस्ता प्रकारका लेख लेख्दा कन्सिरी तात्छ ?

डलर कमाउन सपरिवार सहित भासिएको प्रवासी नेपालीले कर्म भुमि बाट उप्पर खुट्टी लगाई नेता तथा कार्यकर्तालाई गाली गरेको लेख र समाचार मन पराउदैन l राजनीतिक दलले यस्तो गर्ने र उस्तो गर्ने भनि विदेशबाट आदेश दिने कुरा काट्ने लेख प्रति पाठकले बिल्कुलै रुचाउदैन l

अमेरिकामा बिएमडब्लु र मर्सिटीज चढी स्वदेश रामो बनाउने योजना ,देशको मुहार फेर्ने कार्यक्रम ,कसरि देशको काया पल्ट गर्ने ,देशलाई सिंगापुर बनाउने जस्ता महत्वाकांक्षी लेख लेखिए पाठकले पत्याउन छोडेका छन् l भ्रष्टाचारका बिरुद्ध आवाज उठाउने प्रकारका लेख तर नेपालमा हुँदा स्वयम् भ्रस्टचारीमा परेको व्यक्तिले लेखि दिदा त्यस्ता लेख प्रति पाठकले चाख नदेखाएको देखियो l

लेख मार्फत सरकार ,नेता तथा राजनैतिक दललाई उपदेश दिदा मन पराउदैन l विदेशमा सपरिवार बसाई तर देशको चिन्ता गर्ने देश भक्तले नेपाल मै आएर किन देश सेवा नगरेको भन्ने यस्ता प्रकारका समाचार र लेखलाई अस्विकार गरि दिन्छन l पाठकले हेर्दा पनि हेर्दैनन् l अमेरिकामा डलर कमाउदै देश खत्तम भयो भनि मन गढ़ंते कुरा दोचार्ने गरि लेखिएको लेखलाई रद्धिको टोकरीमा फ्याकी दिन्छन l

बिगत पाँच बर्ष देखि बिभिन्न प्रकारका लेख पाठकवर्गलाई समर्पित गर्ने अवसर प्राप्त भयो l यो पंक्तिकारका कस्ता लेख सर्बाधिक चर्चा परिचर्चामा रहे र कस्ता लेख न्युनतम चर्चामा रहे त्यो संकलन सुरक्षित रहेको छ l

यस्ता लेखबाट कस्ता प्रतिक्रिया प्राप्त भयो यो पंक्तिकारले प्रतक्ष्य अनुभूति गरेको छ l यस अर्थमा यो बिल्कुलै हैन कि अनुसन्धानमुलक ,सोधखोज गरिएका लेख नचल्ने भन्ने प्रश्न नै हैन l यस्का आफ्नै पाठक छन् l एक वर्ग हुन्छन l मुग्लानका तिता मिठा अनुभव र भोगाईका मुद्धाहरुमा उठान गरिएका लेख ज्यादा पाठकको हृदयमा बास भएको अनुभव हासिल गरिएको छ l यस्तै प्रकारका आलेखलाई निरन्तरता दिने प्रतिबद्धता जाहेर गर्दै बिदा !

प्रतिक्रिया