गायीका रेग्मीको म त ठिक्ककीको भिडीयो सार्वजनिक (भिडीयो सहित)

इनेप्लिज २०७२ चैत १ गते १०:३१ मा प्रकाशित

5 by 5

गायीका डेनि रेग्मीको पहिलो एल्बम आशिषको दोस्रो म्युजिक भिडीयो सार्वजनिक भएको छ । म तठिक्ककी बोलको गीतको भिडीयो विभिन्न टि भी च्यानलका साथसाथै युट्युबमा समेत रिलिज गरिएको छ । किरणबरालको शब्द रहेको उक्त गीतमा पछिल्लो समयका व्यस्त संगितकार दिपक शर्माले संगीत भरेका छन् । गीतकोभिडीयोलाई देवेन्द्रराज पाण्डेले निर्देशन गरेका हुन् । निता ढुंगाना र रंजन रिजालको अभिनय रहेको भिडीयोलाईरविन्द्र वरालले खिचेका हुन् । सम्पादन निशान घिमिरेले गरेको उक्त गीत तथा भिडीयोलाई भिजन नेपालफिल्मस्ले बजारमा ल्याएको हो ।

केही समय अगाडी चोलीको तुनामा बोलको गीतको भिडीयोसंगै नेपाली संगीत आकाशमा उदाएकी नव गायीका डेनीरेग्मीलाई उक्त भिडीयोले निकै चर्चा दिलाएको थियो । आफु अझै संगीतमा निखारिएको भन्दै रेग्मीले यो गीत रभिडीयोबाट आफु नेपाली संगीतमा स्थापित हुने विश्वास व्यक्त गरिन् ।

प्रतिक्रिया