‘टाईगर’को निर्देशनमा नयाँ म्युजिक भिडियो

इनेप्लिज २०७२ चैत २ गते ०:२७ मा प्रकाशित

Sutting Picचलचित्र तथा दर्जनौँ म्युजिक भिडियो निर्देशन गरिसकेका निर्देशक दिलप्रकाश याक्सो ‘टाईगर’को निर्देशनमा नयाँ म्युजिक भिडियाकोे छायङ्कन सकिएको  छ ।

राजेशपायल राईको आवाजमा रहेको आधुनिक गीत ‘तिम्रो कसम तिम्रै कारण’ बोलको गीतको छायङ्कन सकिएको हो । भिडियोलाई इलामको पर्यटकीय स्थल कन्यामलगायतका ठाउँमा छायाङ्कन गरिएको हो । त्रिकोणत्मक कथा वस्तुमा रहेको भिडियोमा रमेश तिवारी, पुनम भण्डारी र अतित राईको मुख्य भुमिका छ ।

अतितले यसै भिडियो मार्फत डेव्यु गरेका हुन् । धरानका अतितले यो क्षेत्रमा अब केही गरेर देखाउने अठोट लिएका छन् । उनले यो आफ्नो रहरको क्षेत्र भएकोले अब निरन्तर लागिरहने बताए । पुनम भण्डारीले भने यस अघि धेरै म्युजिक भिडियो र केही फिल्महरुमा पनि अभिनय गरिसकेकी छिन् ।

सम्झना फिल्म्स प्रालिको ब्यानरमा निर्माण गरिएको भिडियो उत्कृष्ट बनेको फिल्म्स प्रालिका सञ्चालक भुपेन्द्र लिङ्देन ‘मन्त्री’ले बताए । भिडियो केही दिनपछि सार्वजानिक गरिने छ । भिडियोलाई विक्रम डीसीले छायङ्कन गरेका हुन् ।

प्रतिक्रिया