संबिधानलाई क्रियाशील बनाउने अभिभारा पार्टी सभापति सेर बहादुर देउवा को हो

इनेप्लिज २०७२ चैत २ गते २२:४१ मा प्रकाशित

dev khanal

नेपाली कांग्रस पार्टीका नबनिर्बाचित पार्टी सभापति सेर बहादुर देउवा मुलुकमा ३ पटक प्रधानमन्त्री बनिसकेका छन् l कांग्रेस पार्टीमा मात्र होइन अन्तराष्ट्रिय जगत सग पनि परिचित भएका व्यक्तिव हुन् ! गरिब सग देउवा परिचत छन् जसले भोको पेटको भोक महसुस गर्न सक्छन l देउवा आफैमा एक असल व्यक्तिव हुन् भने पार्टीमा देउवा सबैका प्रिय छन् l पार्टीका कार्यकर्ताको भाबना लाई सम्मान मात्र होइन आफुले गर्न सकने कार्यलाई सहयोग गर्ने पक्का नेता हुन् l देउवा सानो देखि ठुला कार्यकर्ताको आवाज लाई सुन्नु पर्छ भन्ने भाबना बाट प्रेरित छन् l देश दौडाहा कार्यक्रम बाट नेता देउवा देशका सबै भागमा पुगेर सबै कार्यकर्ताको भाबना लाई सम्मान गर्न पछि पर्दैन l जनजाती , आदिबासी , महिला , दलित सबै लाई राजनीतिमा समान अवसर दिनु पर्छ भन्ने भाबना रहेको छ ! उनले सोहि बमोजिम कार्य गरका उदाहरणहरु छन् l

देउवा कांग्रेस पार्टीका एक असल नेता हुदाहुदै पनि राष्ट्र बिकासमा सक्रिय भूमिका निर्बाह गर्न नसकेको अवस्था छ l उनि सग नजिक रहेका व्यक्तिहरु नै उनका बाधक हुन् भन्ने कुरा देउवाले बुझ्न जरुरि छ l असल कार्यकर्ता पर्दा पछाडी परेका छन् जसको नयायोचित मुल्यांकन हुन सकेको छैन l देउवाका सल्लाहकारहरु देश विकास भन्दा आफनो मात्र बने पुग्छ भन्ने सोचाइमा रहेका छन् l देउवाका आडमा रहेर अमुक व्यक्तिहरुले अकुत समाप्ति आर्जन गरेका छन् भने भ्रस्टचारी, कालाबजारी गर्ने लाई संरक्षण र सुरक्षा कवज बनेका छन् l

पार्टी सभापति र प्रधान्मन्त्री दुवै बनि सकेका छन् अब कुनै स्वार्थ बाकी नरहेको हुदा पार्टी लाई सबल बनाउनका लागि सक्रिय भूमिका निर्बाह गर्ने सके इतिहासको पानामा देउवा एक पार्टी सभापति र नेपालको प्रधान्मन्त्री मात्र होइन कांग्रेसका महान नेता बन्ने अवसर प्राप्त हुनेछ l

नेपाली काग्रेस पार्टीको पूर्व सभापति रप्रधानमन्त्रि स्व.सुसिल कोइरालाको साहसिक कदमबाट जनताको चाहना अनुसार “संघिय गणतान्त्रिक संबिधान नेपाल २०७२ ” जारी भै सकेको अवस्थामा संबिधानलाई क्रियाशील बनाउने अभिभारा पार्टी सभापति सेर बहादुर देउवा रहेको छ l यो गहन जिम्मेवारी लाई नेपाली कांग्रेस बाट नै पुरा गर्नु पर्छ l संबिधान सभाबाट लिखित संबिधानको रक्षा र क्रियाशिल गर्नका लागि नेपाली कांग्रेस देशको सबै भन्दा ठुलो पार्टी भएको हुदा सबै राजनैतिक पार्टीहरु सग सल्लाह र सहमति गरि सानो आकारको मन्त्रिपरिसद गठन गरि देशमा रहेको राजनैतिक क्रान्ति समाप्त भएको घोषणा गर्दै देशलाई आर्थिक बिकासमा लैजानु आजको अवास्कता हो l

नेपाली जनताले अनबरत रुपमा राजनैतिक क्रान्ति बाट जनताले राजनैतिक स्वत्रन्त्रता प्राप्त गरि सकेका छन् अब आर्थिक बिकासको पालो भएको हुदा – ! {१} पहिलो कर्तब्य मुलुकमा सान्ति कायम भएको घोषण गर्न सबै राजनैतिक पार्टीहरुलाई एक स्थानमा एकै मंच बाट राजनैतिक क्रान्ति समाप्त भएको घोषणा गरियोस ! { २ } देशमा रहेका भ्रस्टचारी, कालोबजारी , गुण्डगर्दी लाई निर्मुल गर्नका लागि कठोर कानुनको व्यवस्था गरियोस l {३ } देशमा रहेको विद्यमान संकट बिजुली उतपादन लाई प्रमुखताका साथमा कार्य गरियोस l { ४} कृषिमा लगानी, नया कृषि कार्यकर्म जसले गर्दा जनता कृषिमा आकर्षित हुन मुख्य गरेर युवा सक्ति लाई रोजगार मिलोस l { ५ } दुर्गम क्षत्रमा हेल्थपोस्ट न्युनतम सुबिधा एम्बुल्स ब्यबस्था , प्रयाप्त मात्रामा सुबिधा सपन्न औषधि पसल गर्नका लागि युवा सक्ति लाई पोहोत्साही गरियोस ! {६ } गाउमा रहेका बालबालिका लाई उचित शिक्षा प्रधान गर्न सबै किसिमका न्युनतम आधारभूत अवास्कता किताब, बच्चाको भोजन यथोचित ब्यबस्था गरियोस ! { ७} देशमा दैनिक रुपमा सडक दुर्घटना बाट अकाल मृत्य हुने गरेको हुदा सडक मर्मत र गाडीको अवस्था लाई सरकारी नियन्त्रण हुन अति जरुरि भएको हुदा कठोर कानुनको व्यवस्था गरियोस !! माथि उल्लेखित सबै कुरा नेपाल सरकारले पुरा गर्न सक्छ र सकिन्छ !!

राजनैतिक पार्टी र सरकार देश विकास भन्दा सत्तामा टिकिरहने बहानामा ठुलो आकारको मन्त्रिपरिसद बनाउने सत्ताको दुरुपयोग हुदा सम्म प्रधानमन्त्री चुप लागेर बस्ने ! पार्टीका नजिकै धुपौरे नेता तथा कार्यकर्ता लाई राज्यको सुबिधा दिने ,पार्टी संचालनका लागि कालाबजारी बाट नजराना लिने कालो बजारी गर्न छुट दिने , मुलुकको जिम्मेवार प्रधान मन्त्री हावाको तलामा अभियक्ति दिने , रिबन काट्ने , लाखौ खर्च गरेर फूलका माला लगाउन सरिक हुने ! बिना अवास्कता राज्यको ढुकुटी अपचलन गर्ने , सत्तामा बसेर जनताको अवास्कता भन्दा आफनो स्वार्थ पुरा गर्ने ! एक पटक बिदेश जादा लाखौ लाख राज्यले खर्च व्यहोर्नु पर्छ उपलब्ध भने सुन्य भएको छ ! हालको ओली सरकारका मन्त्री परिसदको कुनै औचित्य छैन ! मन्त्री परिसदको खच हिसाब गर्नु भने दुर्गम क्षेत्रमा रहेका बिद्यालय लाई वर्ष भरि लाई भोजनको व्यवस्था गर्न सकिन छ !

के नेता भनेको राज्यको सम्पतिमा हाली मुहाली गर्ने लाइसेन्स पाएका हुन् ! जनता भोक, रोग ,सोकमा डुबेको अवस्था छ ! विनासकारी भुकम्प बाट लाखौ जनता पिडित छन् , सरकार कानमा तेल हालेर हावा बाट बिजुली उत्पादन गर्छ , कहिले ग्यास घरमा पाइप लैइन जोडी चुलोमा आगो बलिदिने बकम्फुसे कुरा गर्छ ! हालको जम्मो मन्त्रि परिसद बेकम्मा साबित भएको हुदा कांग्रेस पार्टीको नेतृवमा संबिधानमा ब्यबस्था भए बमोजिम २५ सदस्य सरकार बनाउनु पर्छ ! सबै राजनैतिक पार्टीहरु एक भएर देशमा आर्थिक बिकासमा लग्नु पर्ने समय आएको छ ! जय नेपाल !!

प्रतिक्रिया