अञ्जुले ‘मेरो प्राणै जाओस्’ भनेपछि नागीमा वान्मोर

इनेप्लिज २०७३ वैशाख १ गते १५:४६ मा प्रकाशित

anju-panta-768x576

पाँचथर । नयाँ वर्ष २०७३ को स्वगतार्थ पाँचथरको नागी गाविस गणेश चोकमा स्थानीय तथा राष्ट्रिय कलाकारको उपस्थितिमा सांस्कृतिक तथा गायनले भरिपूर्ण मनोरञ्जनसहित शुभकामना कार्यक्रम गरिएको छ । गणेश चोक कर्नर टिमद्वारा आयोजित कार्यक्रममा अन्जु पन्त, तक्मे बुढा र रैथाने गायक दिनेश भारती, राज लाबुङले गायन तथा हाँस्यकला प्रस्तुत गरेका थिए । स्थानीय कलाकार स्क्वार मेन्याङ्वो, कृष्णा लङ्वा, सङ्गीता लिङ्देनको आकर्षक नृत्य समायोजन गरिएको थियो । कार्यक्रममा अञ्जुले दर्जन बढी गीत गाएर दर्शकलाई मनोरञ्जन दिलाएकी थिइन । उनले ‘मेरो प्राणै जाओस…..’, ‘जिन्दगीयो फूलै फूलको …..’ ‘सुर्के थैली खै…..’ लगायत अञ्जुले गाउदा दर्शकहरुले हुटिङ र वान्समोर भनि चिच्याएका थिए । स्थानीय कलाकार लिम्बू लवज नक्कल झक्कल गर्दै ‘तक्मे बुढा’ को रुपमा कलाकार बन्न सफल तोक्मेले त्यही पाराले दर्शकलाई हुरुक्कै हुने गरि खुव हसाए । बोलचिालीको लवजमा उनले ‘आइले हेर है साइली, म तोक्मे बाजे बोल्दै गर्दा थेरै हाहा हु हु गर्छेस । बाबुको कमबुट लाएर प्रुक प्रुक उफ्रिदै तामास गर्दा छडी फेट्लास नी । आनी खरमा गएर मेरो रिसले सुँगुर कुटी मार्ने त हालानी हाइना ।’ राष्ट्रिय कलाकार संगसंगै गीत गाउने मौका पाउनु पाएका स्थानीय गायक मलेसियन आइडन दिनेश भारती र २०६३ मा धु्रबतारा स्टार बन्न सफल राज लाबुङले गाएको गीतमा पनि दर्शक उत्तिकै रमे झुमे , अनी नाचे ।

प्रतिक्रिया