मेरो अनुभवमा यूसी डेभिस पिकनिक डे

इनेप्लिज २०७३ वैशाख ५ गते २२:१२ मा प्रकाशित

banner

बुद्ध नेपाल शान्ति अभियान क्यालिफोर्नियाद्वारा १९०९ देखि बार्षिक रुपमा धुनाधामका साथ मनाउँदै आईरहेको यूसी डेभिस पिकनिक-परेड डे २०१६ यूसी डेभिसमा सहभागी हुने सौभाग्य पाँए। हजारौको संख्यामा उपस्थित हुने दर्शक र परेडमा भाग लिने सभागीहरुको भिडले गाडि पार्किङ्गको समस्या पर्न सक्ने कुरा सुन्नमा आएकोले हामी बिहान करिब ८ बजे तिर मैदानमा पुग्यौ। तर, पार्किङ्ग भने खुब सजिलै मैदानको छेउमा नै पाउँदा बडो खुशी लाग्यौ। गाडीबाट उत्रेर आँखा घुमाए हरियाली मैदानमा बिध्यार्थिहरुले बजाएका बिभिन्न बाजागाजाको संगीतमय धुन आएतिर पाईला चाले। आफ्नो न्यानो किरण दिदै यस धर्तीलाई सुन्तालामय बनाउँदै स्वाच्छ शिरशिर हावालाई अगाल्दै बिहानीको सुर्यदयले बाताबरण्लाई साच्चै आनन्दमय बनाएको थियो। त्यस आनन्दमय बिहानीसँगै नयाँ अनुभव लिन मनमा एक उत्सुकता जागेको थियो।

हाम्रो सँस्थाले ५५ नम्बरको ठाउँ पाए अनुसार हामी साथीहरु त्यहाँ जम्मा भयौ। बिभिन्न करिब ३०० संघ संस्था वा ब्यबसाय वा समूहहरुले यहाँ आ-आफ्नो कला क्षमता वा पहिचान सहित प्रदर्शन गर्दै एक बिशेष संदेश यस संसारलाई बाड्ने माध्यमको रुपमा यस दिनको बिशेष महत्व रहेको थियो। हामी करिब बिस पचिसजना नेपालीहरु नेपाली मौलिक लाखेनाँच र केहि मौलिक भेषभुषामा प्रदर्शनको लागि उत्सिहित भयौ। निकै लामो समयको तैयारी पछि १०:३० तिर परेड शुरु भयो, नेपाली झन्डा, अमेरिकन झण्डा र शान्तिको झण्डा साथै गौतम बुद्धको तस्बिर भएको संस्थाको ब्यानर र लुम्बिनी नेपाललाई चिनाउने कार्डहरु बोकेर आफ्नो नम्बरलाई पछ्याउँदै हामी पनि अगाडि बढ्यौ।

छेउँछेउँमा दर्शकहरु बिचमा नाँच्दै हात हल्लाउदै जति अगाडि बढ्दै गयौ सहभागीहरुको मुस्कान र तालीले मन दङ्ग हुदै गैरहेको थियो। त्यसमाथि ठाउँ ठाउँमा उद्घोषकले बडो आदरपूर्ण भावले शाक्य मुनि बुद्धको ठाउँ नेपाल भनेर हामीलाई चिनाईरहेको थियो। यस समुधुर आवाजको चिनारीसँगै हजारौ सहभागीहरुले श्रद्धाका साथ ताली बजाएर नेपाल र गौतम बुद्धप्रति सम्मान गरेका थिए। यी सबै कुराले मेरो हृदयलाई साच्चै छोईरहेको थियो। मैले नेपाली भएकोमा गर्व गरेको महसुस गरे। नेपालका राष्ट्रिय विभूति गौतम बुद्ध नेपाललाई विश्व सामु स्थापित गर्ने एक ठुलो माध्यम हो भन्ने कुरा किताबमा पढेको थिए तर युसी डेभिस पिकनिक डेले यस भनाईलाई आफैले महसुस गर्ने अवशर दिलाएर मेरो जीवनको सत्य किताबमा एक नयाँ सुनौलो पन्ना थपेको अनुभव गरेकी छु।

43724b76-5445-4da8-aea6-699202277fc4

प्रतिक्रिया