तामा छोएर अमेरिका पसे विवाद र झगडा नहुने

इनेप्लिज २०७३ वैशाख ९ गते १:३१ मा प्रकाशित

bijay

अमेरिकामा हामी जीवन बनाउन आउन चाहन्छौ l समृद्ध हुन् हामी जन्म भुमि छोडी कर्मभूमि जान चाहन्छौ l अमेरिकामा हामि हाम्रा भावी पिढीको लागिआउन चाहन्छौ l अमेरिका हामी समाज सेवाको लागि आउन चाहदैनौ l अमेरिका हामी राजनीति गर्न पनि आएका हैनौ l अमेरिका आउन चाहानेले अमेरिकामा कमाउनको सट्टा नेपाली राजनीतिलाई फ़ैलाउछु भनि आउन चाहदैन l

नेपाल छोडी अमेरिकामा गै फोहरी खेल खेल्छु भनेर कोहि पनि आएका हुदैनन l मानिस डलर कमाउन चाहन्छन l आफु र परिवारलाई सुख दिन चाहन्छन l नेपालीहरुको लागि अमेरिका उहिलेको जस्तो रहेन l जताततै नेपाली नै नेपाली l हुलका हुल नेपाली l यत्र तत्र सर्बत्र नेपाली l

जहाँ जहाँ नेपालीहरु जान्छन त्यहाँ गुट ,उपगुट ,चिरा ,समुह ,उपसमूहमा विभाजित हुन्छ l हामिले जात जनाई हाल्छौ l यस्तो अवस्था ल्याउन हामी स्वयम जिम्मेबार छौ l नेपालीहरुले नेपालमा गरे जस्तो राजनीतिको कारण हुन् पुगेको हो l कुरा तितो सत्य हो l

दिन प्रतिदिन नेपालीहरु विदेशिने क्रम तिब्र रुपमा वृद्धि हुदै छ l अमेरिकामा नै नेपालीको अन्तिम लक्ष्य भएको देश बन्न पुगेको छ l नेपालीहरुको सबै भन्दा ज्यादा जन घनत्व न्यु योर्क र डिसी क्षेत्रमा भएकोले नेपालीहरुको संस्था गनेर नै साध्य छैन l

संघ तथा संस्था ज्यादा भए पछि प्रतिस्प्रद्धा हुन्छ ,होडबाजी हुन्छ ,चुनाव जित्ने पर्ने हुन्छ र अध्यक्ष हुने पर्ने भए पछि कुरा बिग्रन सुरु हुन्छ l सामाजिक सेवा गर्नु भन्दा कुर्सिको लागि तछाड मछाड हुन्छ अनि राजनीतिको फोहरी खेल घुस्छ l अमेरिका आएका सबै राजनैतिक बिचार र आस्था बोकेका समुदाय बीच विवाद र झगडा हुन्छ l हात हालाहाल घटना पनि हुन्छ l नेपाली सामाजिक संस्था विवादमा मुसिन्छ र एक आपसमा भै रहेको सम्बन्ध चिसिन्छ l बोलचाल बन्द हुने गर्छ l बर्षौ देखि रहेको मित्रता शत्रुतामा परिणत हुन्छ l

नेपाली नेपाली बीच हुने विवाद र झगडाको जड नै कुर्सि हो l अमेरिका आउन चाहना राख्ने या अमेरिका नगई न छोड्ने सबैले अब अमेरिका जाने योजना बनाउने हो भने तामा छोएर कसम खाएर अमेरिका आउदा कहिले उनीहरु विवादको घेरामा मुसिने छैनन् l

अमेरिकामा रहेका झन्डै ३ लाखको हाराहारीमा रहेका नेपालीहरुले सुन तामा छुनु पदैन l तर भबिस्यमा आउन चाहना राख्ने नेपालीले तामा, तुलसी छोएर कसम खादै अमेरिका गएर नेपाली सामाजिक संस्थाको अध्यक्ष या कुनै पद मैले लिनु नपरोस भने अमेरिकामा कहिले झगडा नहुने बातावरण बन्छ l यो ठोकुवा हो l

यसको सुरुवात युवाबर्गले थाल्नु पर्छ l नेपालमा समाज सेवा गरि सकेकाले अमेरिका गएर नेपालको जस्तो समाज सेवा गर्छु भन्ने तर्फ नलागी नेपालमा सेवा धेरै गरे अब मलाई पुग्यो भनि तामा छोएर किरिया खाएर अमेरिका आए शान्त बातावरण बन्दछ l

अदालतमा गएर गीता, कुरान, बाइबल, तुल्सी र तामा छोएर किरिया खाए जस्तै अमेरिका उड्नु अगाडी अभिभावकले पढ्नु ,कमाउनु ,शुख शान्ति संग बस्नु तर संघ तथा संस्थामा मुर्धन्य पदमा चै नखोज्नु भनि आशिर्बाद दिए अमेरिकामा विवाद र झगडाको नामोनिशान रहदैन l

राजनैतिक दल या नेताले अमेरिका जान लागेकालाई नेपालमा गरे जस्तो राजनीति अमेरिकामा नगर्नु भनि उपदेश र मिठो बचन लगाउन सके अमेरिकामा रहेका नेपालीहरुको एकता उदाहरनिय बन्न सक्दछ l

नेताले नेपालमा मिल्न नसकेता पनि अमेरिका गै परिवार हेर्नु ,सबै नेपाली संग मिलेर बस्नु र नेपाली नेपाली बिच ऐतिहासिक एकता देखाउनु ,झगडा नगर्नु भने अमेरिकामा नेपाली समुदायको अहिलेको अवस्थाको काया पलट हुने छ l अभिभावक या नेताले कार्यकर्ता या आफ्ना सन्तानलाई टिका लगाउदै कुर्शी नताक्नु मात्र भनि फूलमालाले बिदा गरे अमेरिका एउटा नेपालीहरुको स्वर्ग हुने छ l

यथार्थता को धरातलमा हामी जाऔ l के यस्ता कल्पनीय तथा दिवा सपना जस्ता कुराहरु गर्न सक्छौ त ? अमेरिकाका राष्ट्रपति बराक ओबामा ले हरेक कुरा सम्भव छ भने जस्तै अमेरिका आउन चाहना राख्नेले नेपाली सामाजिक संस्थाको कुनै पदको मलाई लोभ छैन l म केवल स्वयम् सेवक रुपमा बाहिर बसी काम गर्छु मात्र भन्यो भने अमेरिकामा भएका नेपालीलाई लागेको दाग तथा धब्बा हट्दै जाने थियो l फेरी गलत अर्थमा मात्र नजाऊ l ऐतिहासिक रुपमा उत्कृष्ट काम गर्ने सयौ नेपाली सामाजिक संस्था पनि छन् भन्ने कुरा नबिर्सौ l

यो सम्भव छ र हुन् पनि सक्छ l तर दृढ संकल्प चाहिन्छ l हाम्रो सुन्दर भबिष्यको लागि अमेरिका आउन चाहन्छौ l अमेरिकामा नेपाली समुदाय एक जुट हुन् चाहन्छौ भने आजै देखि तामा छोएर अमेरिका आउने र जाने योजना बनाऔ l

आगे यहाँ को मर्जी

प्रतिक्रिया