अमेरिकामा सतर्क र होस पुर्याउनु पर्ने ७ मूल कुराहरु

इनेप्लिज २०७३ जेठ १४ गते ११:२३ मा प्रकाशित

sanubabu silwal

सपना, अबसर र स्वतन्त्रताको मुलुक अमेरिका सोचे जस्तो, भने जस्तो, बाहिरबाट सर्सर्ति सतहबाट नियाले जस्तो र कल्पना गरे जस्तो छैन​। थुप्रै अप्ठ्यारा, चुनौति र समस्याहरु छन यहा जिबनयापनका क्रममा। शुरुका दिनहरु त अमेरिका अत्यास लाग्ने खालको छ​। कानुन​, नियम​, रोजगार​, अध्यागमन, बसोबास​, रितिरिवाज​, हावापानि, सस्कार र परिबेश फरक​, भिन्न र कडा हुदा यि कुराहरु सिक्न​, जान्न र आफुलाइ यहि परिबेशमा ढाल्न समय लाग्छ नै। सिक्ने, जान्ने र आफुलाइ कठोर र आत्मबिस्वासि बनाउन केहि ठक्कर खानै पर्दछ​। अमेरिका आउदै गरेका नेपालि दाजुभाइ दिदिनहिनि, यहा बस्दै गरेका नया नेपालि नेपालि दाजुभाइ दिदिनहिनि र बुझ्न र जान्ने अबसरबाट बन्चित नेपालि दाजुभाइ दिदिनहिनिहरुका लागि केहि जानाकारि सहितको सतर्कताहरु यस लेखमा समेट्ने प्रयास गरेको छु। आशा छ यि ७ कुराहरु लक्षित बर्गलाइ सहयोगि हुनेछ​।

अमेरिकामा यि ७ कुराहरुमा बिशेष सचेत हुनुहोस, होस पुर्याउनुहोस, बच्नुहोस र आफुलाइ हरदम सतर्क राख्नुहोस, नत्र तपाइलाइ उठनै नसक्ने गरि थला बसालिदिन सक्छ, ठुलो खति बेहोर्नु पर्नेछ र दिर्घकालिन रुपमा जिबनयापनको सबै कोणमा प्रत्यक्ष एबम अप्रत्यक्ष रुपमा नराम्ररि असर गर्नेछ भन्दा भयो।

के के हुन त ति ७ कुराहरु?

एक- आफ्नो प्राइभेसि राख्नुहोस। अमेरिकि सरकारले प्रदान गर्ने सोसियल सेक्युरिटि नम्बर, आफ्नो जन्म मिति, घरको ठेगाना, घरको फोन, सेल फोन, ड्राइभर लाइसेन्स नम्बर परिचय पत्र र क्रेडिट कार्ड, डेबिट कार्ड र बैक खाता नम्बर, राउटिङ्ग नम्बर र चेकबुक अत्यन्त सुरक्षित राख्नुहोला। जथाभाबि अनलाइन फर्म, अनलाइन सुचना तथा जथाभाबि शेयर नगर्नुहोला। जसबाट तपाइको आइडेन्टिटि चोरि भै फ्रडहरुको घानमा परि तपाइको बैकको डलर रित्याइदिनसक्छ, तपाइको नाममा बिभिन्न सुबिधाहरु दुरुपयोग गरि तपाइलाइ कलेक्सन कम्पनिमा जाकिदिन सक्छ। जसबाट जतिबेला तपाइको क्रेडिट ध्वस्त भैसक्ने छ, जुनबेला तपाइले थाहा पाउनु हुनेछ त्यसबेला ढिला भैसक्नेछ। अति आबस्यक स्थान, कार्यालय, सरकारि काम, भरपर्दो आफन्त वा अति नजिकको भाइसाथि र बैन्किङ्ग काम र अतिआबस्यक युटिलिटि तथा सेवाप्रदाय कम्पनिहरु बाहेक अन्यलाइ सकेसम्म आफ्ना यि गोप्य कागजातहरु शेयर नगर्नुहोला। यस मामलामा धेरैलाइ बिस्वास नगर्नुहोला, कुनबेला को पराइ बनिदिने हो र तपाइलाइ वा तपाइको गोप्य महत्वपुर्ण कागजातहरु दुरुपयोग गरिदिने हो भन्न सकिदैन र को कसको मनमा पुग्न सक्छ र? घरमा, बैङ्कको लकरमा वा आफुलाइ गोप्य लाग्ने स्थानमा मात्र यि कागजहरु सुरक्षित राख्नुहोला।

दुइ- अमेरिकामा अपराध गर्नबाट टाढै बस्नुहोला यदि तपाइ "पिस अफ माइन्ड" प्राप्ति, सफलता र केहि गर्छु भन्ने हो भने कुनै खाले अपराधबाट आफुलाइ बचाउनुहोस। अमेरिकामा अपराधका ऋङ्खलाहरु छन। भोइलेशन, मिस्डेमेअनोर र फेलोनि। "फेलोनि" सबैभन्दा सकसपुर्ण सजाय हो अमेरिकामा। अदालतबाट फेलोनिको सजाय पाउने अमेरिकनले सकेसम्म जागिर पाउदैन। सरकारि, निजि वा अर्धसरकारि वा कुनै पनि खाले जागिरमा हायर गर्ने छैनन। कुनै फेडेरल एबम राज्य स्तरको कुनै लाभावान्बित वा अमेरिकन सबिधानले अमेरिकन नागरिकहरुलाइ प्रदान गरेको नैसर्गिक सुबिधाबाट समेत बन्चित हुनु पर्नेछ। ब्यबसाय खोल्न अनुमति पाएपनि ब्यबसायमा कुनै सेवा राख्न फेलोनले पाउदैनन जसबाट ब्यबसाय एबम कुनै आयाअर्जनको काममा पनि असर पुग्नेछ। आप्रबासिको हकमा मल्टिकाउन्ट फेलोनिले तपाइसङ्ग भ​एको ग्रिनकार्ड समेत अमेरिकि अध्यागमनले खारेज गरि सजाय भुक्तान पश्चातडिपोर्ट गरिदिनसक्छ​। कानुनको मुलुक अमेरिकामा अपराध छिपाउन, लुकाउन, लुक्न, गुसपैठ गर्न, प्रभाबित पार्न वा मुक्ति पाउने छैन। तपाइ के बोल्नुहुन्छ यसको अर्थ राख्दैन ।अमेरिकामा कागज र तपाइको गतिबिधि डकुमेन्ट बोल्नेछ। अमेरिकामा स्वतन्त्रता, अबसर, सफलता र पिस अफ माइण्ड भनेकै अपराध गर्न र परिबन्दमा पर्नबाट जोगिनु जरुरि छ। कानुनसङ्ग जिस्कने, खेलाचि गर्ने, खेल्ने र लापरबाहिले अमेरिकामा सडाउनेछ।

तिन- कर तिर्नुहोस र आफ्नो आम्दानिलाइ पारदर्शि बनाउनुहोस अमेरिकामा। तपाइले नगदमा तलब बुझिरहनुभएको छ, करमा दाखिला गर्नु भएको छैन वा देखाउनु भएको छैन भने कालान्तरमा तपाइ अत्यन्त अप्ठेरोमा पर्नु हुनेछ। जसबाट तपाइ आइ आर एस आन्तरिक राजस्व कार्यालयको कारबाहिमा पर्नु हुनेछ। अमेरिकमा आर्थिक अपराधलाइ ठुलो अपराध मानिन्छ र यस्तो अबस्थामा कारबाहिमा पर्नु भयो भने भबिस्यमा तपाइको ब्यबसाय एबन ब्याक्तिगत र पारिवारिक बेनेफिट र जिबनपनमा ठुलो धक्का पुग्नेछ। काम गर्नुहोस, पेरोलमा आफुलाइ राख्नुहोस र अमेरिकिन सरकारले तोकेको बार्षिक आम्दानि भन्दा बढि आम्दानि देखिने भयो र तपाइको अन्य सुबिधामा जस्तै फुडस्ट्याम्प, विक तथा मेडिकेड, मेडिकेयरमा असर पुग्न खोजेमा केहि तलब नगदमा बुझेर बाकि पेरोल चेकमा राख्न सक्नुहुनेछ। यो गोप्य सुझाब हो तपाइहरुका लागि। तर काम गरेपछि कर तिर्नुहोस। यसो गर्नु भएन भने भोलि भबिस्यमा तपाइको न क्रेडिट बढ्छ, न घर किन्न पाउनु हुनेछ न गाडि पेमेन्टमा पाउनु हुनेछ न भोलि उधारो वा लोनमा केहि सुबिधा पाउनु हुनेछ। कर तिरेर कर दाखिला गर्न नबिर्सनुहोला। तपाइले लाखौ लाख डलर नगदमा कमाउनु भयो, करमा दाखिला गर्नु भएको छैन भने तपाइको ति सबै आम्दानि गैरकानुनि मात्रै हुदैनकि गैरकानुनि रुपमा २ हज्जार भन्दा बढि नगद फेला पर्यो भने र तपाइले कर तिरेको प्रमाण दिन सक्नु भएन भने तपाइलाइ जेल लैजाने छ। नगद २ हजार भन्दा बढि नबोक्नुहोला यदि कानुनिसँगत रुपमा कमाउनु भएको छैन भने। ९९९ भन्दा बढि डलर मनि ट्रान्सफर मार्फत नपठाउनुहोला। ९९९९ भन्दा बढिको ॠण लिनदिन गर्नु भएको छ भने चेकबाट काम गर्नुहोस। कानुनु रुपमा १० हज्जार भन्दा बढि ॠण दिएर ब्याज लिनु भएको छ भने त्यो मनि लण्ड्रि कानुनेले निषेध गरेको छ अमेरिकामा। नगदमा ढुकुटि खेल्ने, ढुकुटि चलाउने र ९९९९ भन्दा बढिको कारोबार नियमसगत नपाइएमा वा नगदको चलखेल गरेको पाइएमा वा ढुकुटि बुझेको डलर सबै गैरकानुनि हो अमेरिकामा। यदि आइ आर एसले पत्ता पाएमा ढुकुटि खेल्ने र खेलाउने सबै मनि लण्ड्रिङ्गमा जेल जान सक्नेछ। १००० डलरको मनि अडर वा मनि ट्रान्सफर गलत मानिस वा अमेरिकन सरकारले तोकेको ७००० भन्दा बढिको टेरोरिष्ट ग्रुप वा ब्याक्तिलाइ पठाइएको वा चेक पठाइएको पाइएमा सिधै जेल जानुपर्नेछ। १००० डलर भन्दा माथिको मनि अडर र मनि ट्रान्सफर गर्दा आफ्नो आम्दानिको स्रोत खोल्नुपर्नेछ। हुण्डि गैरकानुनि हो अमेरिकामा। यि सबै कामबाट बच्नुहोला। कुनैबेला जतिखेर पनि फाइनान्सियल अपराधको सामना गर्नु पर्ने हुन्छ। अमेरिकामा तपाइका आर्थिक गतिबिधि नियाल्ने, चेक एन्ड ब्यालेन्स गर्ने, निगरानि राख्ने बिबिध कर्नरहरु हुन्छन​। एकातिर छल्न​, लुकाउन र छिपाउन खोज्दा अर्को निति र तरिकाबाट तपाइ समातिन सक्नु हुन्छ​। कानुन मिच्ने, कानुनलाइ हेप्ने र कानुनको अनुशरण नगरे कुनै बेला पनि नि कार्बाहिमा पर्ने हुदा आफ्नो आम्दानि, खर्च र कर दाखिला र आर्थिक अनुशानको ख्याल गर्न जरुरि हुन्छ​।

चार-अमेरिकामा लिज, सम्झौता, सहमति वा कुनै कन्ट्रयाक्ट वा लिनादेना वा सेवासुबिधा आदानप्रदान गर्दा वा कुनै खाले लिखितम कागज गर्दा वकिल वा जानेको बुझेको मानिसलाइ देखाएर वा सम्बन्धित क्षेत्रको बिशेषज्ञलाइ देखाएर बुझेर मात्रै हस्ताक्षर गर्नुहोला। सरकारि, निजि, कर्पोरेट हाउसहरुले तपाइलाइ डुबाइदिन सक्छन, यदि तपाइले नबुझिकन सहिछाप गरिदिनु भयो भने। फोन कम्पनि, बिजुलिबत्ति, कुनै युटिलिटि, बसाइ लिज, कुनै सेवा प्राप्त गर्दाको सम्झौता, ब्यबसाय वा कुनै भेन्डर वा कुनै कम्पनिसङ्ग सम्झौता, कन्ट्रयाक्ट गर्दै हुनुहुन्छ भने भाषा, त्याहा लेखिएका शब्द शब्द र हरफहरु बुझ्ने मानिस वा वकिलको सहाराबिना हस्ताक्षर नगर्नुहोला। जसले तपाइलाइ ठुलो आर्थिक एबम मानसिक क्षति पुर्याइदिनसक्छ। एकपटक नबुझिकन सम्झौता गर्नुभयो भने तपाइको दिनदशा यहिबाट शुरु हुनेछ अमेरिकामा।

पाँच- तपाइ अमेरिकामा पहिलोपटक सबारी चालक अनुमति पत्र अर्थात ड्राइभर लाइसेन्स लिदै हुनुहुन्छ वा लिनु भएको छ। अनलाइन, लिखित परिक्षा पास गरेपछि सडक चालक परिक्षण निश्चित समयसिमा भित्र पास गर्नुपर्यो। कुरा रह्यो लाइसेन्स प्राप्त गरिसकेपछि गाडि किन्ने तरखरतिर तपाइ लाग्दै हुनुहुन्छ अर्थात आफ्ना परिवार, छोराछोरि नया ड्राइभरका लागि नया गाडि किन्दै हुनुहुन्छ भने यो भुल सकेसम्म नगर्नुहोला। गाडि सेकेन्डह्यान्ड, पुरानो चल्ने सम्मको सकेसम्म नगदमा वा नसके बढि डाउन पेमेन्टमा गाडि खरिद गरि सिकारु ड्राइभरको ३ बर्षे समयसिमामा प्रिमियम अटो बिमा नलिकन लायाबिलिटि मात्रै लिदा ठुलो रकम बचाउन सक्नु हुनेछ। नया गाडि किनेर प्रिमियम अधिकतम बिमा शुल्क तिर्दा धान्न गार्हो हुनसक्छ। कथमकदाचित आफ्नो गल्तिबस दुर्घटना भबितब्य हुदा बिमा बढ्न जानेछ। कथमकदाचित नया गाडि खरिदमा कोसाइन बसेर पनि समयमा भुक्तानि गर्न नसकेको खन्डमा नया सबारिचालक र कोसाइनवाला दुइजनाकै क्रेडिट ध्वस्त हुनेछ। नया गाडिको बार्षिक कर अधिक हुनेछ। ३० हज्जार माइलसम्म निशुल्क तेल परिबर्तन, टायर रोटेशन र नापजाचमा खर्च नलाग्ने भएपनि ३० हज्जार माइल भन्दा माथि लाग्ने जुनसुकै खर्च आफ्नै हुदा बढि खर्च हुनसक्ने र गाडिको मुल्य सोहि अनुसार नै घटदै जानेछ। भने फाइनान्स वा बैकको ब्याज अधिक हुनेछ नया ड्राइभरका लागि।बेलैमा सस्तो सेकेन्डह्यान्ड र नगदमा गाडि किनेर उल्लेखित बर्डेनबाट बच्न सकिनेछ।

छ- ब्यबसाय गर्दा ब्यबसाय र पर्पर्टि सगै नकिन्नु होला। तपाइ कुनै ब्यबसाय गर्दै हुनुहुन्छ र ब्यबसाय सगै उक्त पर्पर्टि पनि खरिद गर्दै हुनुहुन्छ भने साबधान!!! अहिलेलाइ शुरुमा ब्यबसाय मात्रै किन्नुहोस र ब्यबसायको भबिस्य, मुनाफा र अबस्था हेरेर यदि ब्यबसायले राम्रो गर्दै गयो भने मात्रै उक्त पर्पर्टिमा हात हाल्नुहोस त्यतिबेलासम्म भाडा वा लिजमै बस्नुहोस तर लिज सम्झौता गर्दा चाहि यदि पर्पर्टिवालाले उक्त पर्पर्टि बेच्न चाहेको खन्डमा उक्त पर्पर्टि खरिद अफरको अधिकार तपाइ आफैमा राख्न नबिर्सिनुहोला। ताकि उसले तपाइलाइ अफर नगरि अर्को तेस्रो पार्टिलाइ उक्त पर्पर्टि बेच्न पाउने छैन। जसले गर्दा राम्रो हुदै गएको वा मुनाफामा रहेको तपाइको ब्यबसाय उक्त पर्पर्टिबाट हात धुनु वा नोक्सानि बेहोर्नु पर्ने छैन। लिज सम्झौता गर्दा कम्तिमा २ बर्ष र मल्टिपल अप्सन राख्नु बेस हुनेछ। जसले गर्दा ब्यबसाय खराब भयो, भाडा समेत तिर्न नसक्ने अबस्था आयो र तपाइले आफ्नो ब्यबसाय बेच्न पनि सक्नु भएन र तपाइसग थुप्रै बर्षको लिज छ भने तपाइ डुब्नु भयो, यस्तो अबस्थामा जहिले पनि वकिलको सहायतामा लिज सम्झौता गर्नु बेस हुनेछ। जसले ब्यबसाय राम्रो हुदा तपाइको ब्यबसायको गुडविल मुल्यको सुरक्षा गर्नेछ। धेरै जसो नया ब्यबसायि डुब्ने सभाबना यहि रहन्छ। त्यसका लागि लिज सम्झौतामा धेरै दिमाग पुर्याउनु पर्नेछ।

सात- महत्वपुर्ण कुरा के छ भने यदि तपाइ ब्यबसाय पनि चलाइरहनु भएको छ र उक्त ब्यबसायको पर्पर्टि पनि तपाइ कै नाममा छ वा तपाइ कै हो भने ब्यबसाय र पर्पटि एउटै कम्पनि अन्तर्गत राख्ने ठुलो भुल कदापि नगर्नु होला। ब्यबसायलाइ इङ्क खोल्ने र पर्पर्टिलाइ एल एल सि अर्को कम्पनि खोलेर सुरक्षित हुनुहोस अमेरिकामा। जसले तपाइको ब्यबसायमा कुनै कानुनि झञ्झट आइलागे वा ब्यबसाय डुबेमा वा बन्द गर्नुपर्ने वा सरकारि निकायले बन्द गरिदियो भने तपाइको पर्पर्टि सुरक्षीत रहनेछ। यो बुद्दिमानि बेलैमा पुर्याउनु होला। उल्लेखित ७ सतर्कता अपनाउदा अमेरिकामा सकेसम्म समस्याबाट टाढै रहन मद्दत पुग्नेछ​। जसबाट जिबनशैलि सहज मात्रै बन्दैन सफलताका निम्ति तपाइलाइ अग्रसर बन्न उत्प्रेरित गर्नेछ​।

(लेखक बरिष्ठ बाताबरण पत्रकार एबम यु एस नेपाल चेम्बर अफ कमर्शका कार्यबाहक सभापति र यु एस चेम्बरअफ कमर्शका सल्लाहकार सदस्य हुनुहुन्छ​।)

प्रतिक्रिया