गिद्ध महाशय जिन्दावाद !

इनेप्लिज २०७३ असार ४ गते २:०६ मा प्रकाशित

sarbagya waagleगिद्ध भन्नाले मरेका प्राणीहरुको मासु खाने ठूलो माँसाहारी चरो हो । गिद्धले मासु भनेपछी सासु पनि छोड्दैन । गिद्धले धेरै टाढाको सिनो पनि झिनो सँग देख्छ, प्राय: गर्मी प्रदेशमा प्रवेश गर्दा खुशीले गदगद हुने । सम्मो मैदान सबै उसको आफ्नै वेतन र वेतन भित्रको उसको उच्च जीवन ! त्यसैले ऊ गर्मी मै बस्न रुचाउने ठूलो र वेजोड पंक्षिको मिलन् । मासु खान भने पछी हुरुक्कै हुने जुरुक्कै उठ्ने मरि नै मेटने, जसरी नि मासु भेटने । मासुको साह्रै लोभि चरा मासु खान नपाए बौलाउछ बिचरा । उसको भोज भतेर वार्ता दौड़धूप जे-जे भने पनि सिनै हो त्यो उसलाई दिनै चाहियो ।

हाम्रो नेपाली समाजाँ गिद्धलाई जोडेर, शब्दलाई तोडेर, चाडवाडलाई जोडीने उपनाम हो गिद्धे ! जस्तै गिध्दे एकादशि भन्नाले दसैंको भोलिपल्ट पर्ने एकादशीलाई गिध्दे एकादशि भनिन्छ । अघिपछी एकादशि बार्नेहरुले गिध्दे एकादशियाँ भकाभकी भित्र बसी दसैंयाँ बँचे कुच्या मासु सिद्धयाई दिन्छन । बाहिर चोखो भएर दर्गुछन्,भित्र भकुर्छन् । मैले त बाज्या पाला देखी देख्या अहिले मात्रै लेख्या हो है हजुर ।

त्यस्तै गिद्ध बस्ने अर्थात गिद्ध चरो जस्तै देखिने प्रसिद्ध पहरो दार्जलिङ जाने बाटाँ पर्ने खर्साङका छेउको ठूलो तथा प्रसिध्द पहराँ लहरा तान्यो भने पनि गिद्धा बच्चा, गिद्धा सन्तान, गिध्दा अण्डा, गुणै गुणा वण्डा कती हो कती हजुर ? जती खोल्यो त्यती साह्रो । गिध्दे प्रेश – श्री ३ महाराज जङबहादुर बेलायत जाँदा वेलायत बाटै १९०८ आँ आँफु संगै ल्याइस्या भनी राजा-महाराजा र ठूला – बडा महाशयहरुले विश्वास गरिस्या गिद्ध चिन्ह अंङिकत एेतिहाँसिक प्रेस अर्थात मुद्रण यन्त्र । देशको पहिलो प्रेस आधुनिक प्रेस, फ्रेस यन्त्रा मन्त्र ।

त्यस्तै त्रेता युगाँ सितेमाता हरण रावणले गरे । माता सितेले पनि आफ्नै जिद्दिले भगवान रामलाई सुना मृग समात्न लधारिन, फेरी ठूलो आवाज सुने पछी स्वामी रामलाई कुनै समस्या पर्यो कि भन्ने सोची सितेका रखवालका लागि बडी गार्ड खटिएका लक्ष्मण दाइको रखवालका खाँतिर उर्दि गरिन । लक्ष्मण परे धर्म संकटाँ । त्यही धर्म संकटलाई सल्टाउनका खाँतिर लक्ष्मण रेखा कोरी सितेलाई त्यो रेखा नकटन दिएको आदेश स्वयं सितेले उल्लंघन गर्नाले जोगी रुपी रावणको आदेशले लक्ष्मण रेखावाट झरिन र त रावणको अपहरणाँ परिन् ।

बल्ल सितेका होस् आए । जव रावणले हरण गरि लगे । अनी सिते चिच्याउन थालिन । नेपाली उखानाँ भनेकै छ नी ” अघी राँण मानिन्, पछी राँण जानिन, बाघ आयो घिच्याउन, राँड लागि चिच्याउन “अनिबल्ल सितेले डाँडा काँडा , छहरा पहरा , वनस्पती, सुर्य, आकाश, धर्ती, वन जंगल पशु, पछी सबैलाई पुकार गर्दै लौन मलाई बचाउ हे राम । हे लक्ष्मण, हे माता, हे पिता आदी इत्यादी भन्दै पुकारेको एउटा बुढो गिद्ध रुपी जटायुले सुन्यो र माता सितेलाई बँचाउन दगुर्यो, उक्त्त बुढो गिद्ध रुपी जटायुले रावणलाई तरह, तरहले आँफ्ना नङ्रग्रा, आँफ्ना सिकारी मुख र मुखका चुच्चाले ठुंग्न थाल्यो । रावणका अगाडि बुढो गिद्धको के लाग्यो, आखिराँ रावणको तरबारले बुढो गिद्धा दाँया पँखेटा माया नमानी टुक्राइ दियो । तत :पश्चात बुढो गिद्धले यो समाचार म रामलाई नभनी मर्दिन भनेर श्री रामको नाम पुकारी रहे त्यसपछी श्री रामलाई समाचार ईति बृत्तान्त भने पछी मात्रै प्राण छाडे । ती गिद्धले सितेको उद्धार गर्नाले स्वर्ग वास गरे तर यहाँ अरु गिद्धहरु के भन्छन सुन्नुहोस् ।

यी गिध्दहरु धेरै दिन देखी भोकले तडपी रहेका थिए । कहिल्यै कुनै दिन पनि टाढा टाढा सम्म सिनो खोज्न गिद्धले झिनो आँखा गरी हेर्दा पनि वेवारीसे लास नपाए पछी सिनोको आस मेटियो । यसरी धेरै दिन देखी सारा गिद्ध महाराज, पशु पंक्षि , जनावर र मानिसको लास रुपी भोजनको खोजाँ भोज गर्न नपाएपछी तुरुन्तै इमर्जेन्सी मिटिङि डाकी सभा गोष्टी सुरु गरे ” यदी यसरी नै वेवारीसे लासको आस हरायो भने त हामी सबै गिद्धहरु भोकले तडपी तडपी मर्ने छौ ।” एउटा सामान्य गिध्दले भन्यो

दोस्रो गिध्दले भन्यो “सबै उपायहरु निकालौलानी आखिर हामी भनेका माता सितेको उद्धार गर्ने बुढो जटायुका सन्तान हौ नि । त्यसैले हामीलाई जहिले पनि भगवान रामले आशिर्वाद दिनु हुन्छ । काम दिनु हुन्छ, माम पनि ! धन्दा नमान्नु होस् एउटा न एउटा उपाय हाम्रा गिद्धका नेता ले निकाल्नु हुन्छ । उहाँले मानव समुदाय, मानव वस्ती मानव धर्म, मानव राजनीति, मानव इतिहाँस, मानव जीवनलाई कसरी तहस नहस पार्ने अनी फुटाउ र राज्य गर भन्ने मुल मन्त्र श्री रामवाट हाम्रो बुढो जटायु हाम्रो बुढो पितृ बाट हाम्रा गिद्धे नेताजुले पाउनु भएको छ उहाँले निकाल्नु हुन्छ । धन्दा नमान्नुहोस ।” तेस्रो गिद्धले भन्यो ” संसारमा राजनीति वेगर घरवार र दाना पानी चल्दो रहेनछ । त्यसैले अव हाम्रा गिद्धे नेताहरु पनि कानमा तेल हालेर वस्ने होइन । हातमा हात बाँधेर बस्ने होइन अब जाग्न पर्यो ! जाग्नोस म सबैलाई भन्छु ” सबैले एकै स्वरमा भने “गिद्ध महाशय जिन्दावाद ।” फेरि भन्नुस गिद्ध नेता जिन्दावाद ।” सबैले एकै स्वरमा भने जिन्दावाद ! जिन्दावाद !!

गिद्धका नेता गिद्धे नेताले दुबै पँखेटा फटफटाउदै भने “पख्नुस् अब हामीले केही गर्ने वेला आयो आज राती सबै जनालाई म एउटा आदेश दिन्छु पालन गर्नु होला । आज राती हाम्रा सबै गिद्ध साथीहरु मानव बस्तीमाँ गएर आँफ्ना वलवान नगरा र बलवान मुखका चुच्चाले मानब बस्तिका मन्दिर, मस्जित, गुम्बा र चर्चहरुमा पसी भत्काइ दिने ! दोस्रो कुरा यहाँ सबै मानव जातीका पार्टिका झन्डा, पोष्टरहरु र पार्टी अफिस पनि भत्काइ दिने भोली बिहान हामीले काम फत्ते गर्न नपाउँदै सारा मानव वस्तीहरु सँगै मानवको पनि अस्ती उढछ ।” सबै गिद्ध हरुले खुशीले गडगडाहटका साथ ताली बडकाए र सबैले एकै स्वरमा भने ” गिद्ध महासय जिन्दावाद ! जिन्दावाद !!जिन्दावाद !!! गिद्ध नेता जिन्दावाद ! जिन्दावाद !! जिन्दावाद !!!”

नभन्दै भोली बिहान त्यही भयो । गिद्ध महाशयले जे भन्नु भएको थियो । नभन्दै सारा मानव वस्तीहरु उजाडिए धार्मिक दंगा, जाती पाती दंगा र राजनैतिक दंगा भए मानव बस्ती लाशहरु ले भरिए, लाश उठाउने मानिस पनि भएन गिद्धहरु खुशी भए र रमाउँदै रमाउँदै भोज खान थाले । अब हामी पनि भनौ ‘ गिद्ध महाशय जिन्दावाद ! गिद्ध नेता जिन्दावाद ! ! जिन्दावाद ! जिन्दावाद !!

प्रतिक्रिया