मेरो जित सुनिश्चित छ : नेविसंघ अध्यक्षका प्रत्यासी अधिकारी

इनेप्लिज २०७३ असार ४ गते १३:४८ मा प्रकाशित

ram adhikari u

अधिवेशनको मिति तोकेर पटक पटक अबरुद्ध बनेको कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थीको संघको अधिवेशन असार २३, २४ र २५ मा काठमाण्डौंमा हुने भएको छ ।
नेतृत्वको भागबन्डा मिलाउन नसकेका कारण अधिवेशन हुन नसकेको कांग्रेस निकट केही विद्यार्थीको दावी छ । नेतृत्वका लागि अहिलेसम्म नैनसिंह महर, मनोजमणि आचार्य, जीतजंग बस्नेत शुभराम बस्नेत र रामप्रसाद अधिकारीबीच प्रतिस्पर्धा हुने भएको छ । यो पटकको अधिवेशन पनि हुने नहुने पक्का छैन तर अध्यक्षका प्रत्यासी रामप्रसाद अधिकारी भने अधिवेशन हुनेमा ढुक्क छन् । अध्यक्षमा उनको उम्मेदवारी किन ? यसै विषयमा संसार न्युजले अधिकारीसँग गरेको कुराकानी

यसपाली तोकिएकै समयमा नेवीसंघको अधिवेशन होला त ?

पक्का हुन्छ । यसमा कुनै शंका छैन । पार्टी र संगठनभित्रको आन्तरिक समस्याको कारण पटक पटक रोकिएको थियो तर अहिले समस्या समाधान भइसकेको स्थिती छ । अव विधिसंगत तरिकाले अधिवेशन हुन्छ म सम्पूर्ण साथीहरुलाई तयारी हुन पनि अनुरोध गर्दछु ।

तपाईहरुको खास समस्या कहाँनिर हो ?

खास समस्या भनेको प्रतिनिधि छनोटमा हो । पार्टीभित्रको गुट उपगुटको कारण प्रतिनिध चयनमा बारम्बार अवरोध भएको हुँदा रोकिएको थियो । यसपाली भने जसरी पनि समस्या समाधान भइ अधिवेशन हुने मा ढुक्क छौं ।

अध्यक्षका लागि यति धेरै उम्मेदवार भइसके तपाईको उम्मेदवारी किन ?

नेपाल विद्यार्थी संघलाई विद्यार्थीमुखी बनाउनको लागि मेरो उम्मेदवारी हो । हामीले प्रजातन्त्र, लोतन्त्र र गणतन् त्र त ल्यायौं तर शिक्षालाई वैज्ञानिक र व्यवहारिक बनाउन सकेनौं । यदि म अध्यक्ष भएँ भने शिक्षालाई वैज्ञानिक र व्यवहारिक बनाउन प्रयत्न गर्नेछु । साथै शिक्षा निःशुल्क, वैज्ञानिक, विकाशशिल र स्वास्थ हुनुपर्छ भनेर मैले तगारुकता साथ विषय उठान गर्नेछु । त्यसैले अवको कार्यकाल मैले नेतृत्व लिन पाउनु पर्छ भन्ने दाबी हो । मेरो जित्ने आधार पनि छ ।

तपाइले कुन आधारमा जित्नुहुन्छ ?

देशभरका प्रतिनिधि साथीहरुको साथ छ मलाई । मेरो एजेन्डा विद्यार्थीमुखी छ । म दावाका साथ भन्छु मेरो नेतृत्वमा संगठनभित्रको गुठबन्दी सदाको लागि अन्त्य हुनेछ । मैले साथीहरु माझ विश्वास गुमाएको छैन । त्यसैले मेरो जित सुनिश्चित छ ।

व्यवहारिक वैज्ञानिक शिक्षाको नारा त तपाईले झै सबैले लगाएकै छन् तर कार्यान्वयन कसरी गर्नुहुन्छ ?
कार्यान्वयन गर्ने भनेको शिक्षा परिषद बोर्डले हो । त्यो शिक्षामन्त्रीको मातहतमा हुन्छ । तर त्यो अहिले क्रियाशिल नभइरहेको अवस्था छ । त्यसलाई घचघच्याउने र समय सुहाउदा शिक्षाका ऐनहरु ब्नाउनको लागि शिक्षा मन्त्रालय र शिक्षा परिषद बोर्डसँग लबिङ गर्नेछु ।

प्रतिक्रिया