‘हाक्का हाक्कीको कालो साँढे भन्दा रमाईलो लाग्छ’ : निर्माता एवं कलाकार राम थापा

इनेप्लिज २०७३ असार ५ गते ३:२५ मा प्रकाशित

11049627_1645212932417376_2488760741317238781_n

सुर्य चन्द/जनार्जन पौडेल काठमाडौँ : बिगत एक बर्ष अघि देखि नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको लोकप्रिय हाँस्यश्रृंखला हाक्का हाक्कीको निर्माता एवं व्यवस्थापकिय भूमिका निभाउदै आएका पात्र हुन राम थापा । उनलाई दर्शक स्रोताले राम थापा भन्दा पनि कालो साँढे भन्ने पात्रको रुपमा चिन्ने गर्दछन् । टेलिश्रृंखलामा उनको थेगो चाहिँ ‘सिधा कुरा प्रट बिचार’ भन्ने रहेको छ । थेगो जस्तै वास्तविक जिवनमा पनि उनी सिधा कुरा प्रष्ट बिचार राख्ने स्वभावका छन् । आफ्ना प्रखर अभिनयका कारण दर्शक स्रोताको मन मुटुमा बस्न सफल ‘कालो साँढे’ काँचको पर्दामा मात्र होइन बास्तविक जीवनको पर्दामा पनि सबैको मन मुटुमा बस्ने खुवी भएका व्यक्तित्व हुन् ।

हाँस्य श्रृंखला भद्रगोललाई नै आफ्नो कलाकारिता यात्राको जननी थलो स्विकार्ने राम थापा आफूलाई एक निर्माता भन्दा पनि असल कलाकार भनेर सबैले चिनिदिए पुग्छ भन्छन । जीवनयापनका लागि आफ्ना बिभिन्न व्यापारीक कामहरु हुँदाहुँदै पनि सानैदेखिको आफ्नो सोख पुरा गर्न र कलाकारिताको माध्यमबाट समाजसेवाको क्षेत्रमा आफु छिरेको बताउछन उनी । उनै हाक्काहाक्की टेलिश्रृखलाका निर्माता एवंम पछिल्लो समयका चर्चित हांस्य कलाकार राम थापासँग उनका जीवनका आरोह अवरोह र हाक्काहाक्की टेलिश्रृखलाको बारेमा गरेको रमाईलो

कुराकानी प्रस्तुत छ :

– सर्वप्रथम रमाईलो प्रश्न, तपाइँ राम थापा कि कालो साँढे ?

जे भन्दा पनि हुन्छ साथिभाई एव इष्टमित्र जसले मलाई राम थापाको रुपमा चिन्नु हुन्छ त्यसमा पनि स्वागत छ । अनि जो आम दर्शक स्रोताहरु हुनु हुन्छ, जसले मलाई कालो साँढेको रुपमा चिन्नु हुन्छ वहाँहरुलाई पनि स्वागत छ । बाटोमा हिँडीरहँदा वरिपरि देखेर चिन्नेहरुले ‘उ कालो साँढे आयो’ भन्छन खुशी नै लाग्छ । किनकि मलाई कलाकारितामा चिनाउने पात्र नै कालो साँढे हो । त्यतिखेर मैले जुन रुपमा भएपनि मेरा दर्शक स्रोताले मलाई र मेरो कलकारितालाई माया गर्नु भएको हो भन्ने ठान्दछु ।

– कलाकारिता यात्राको बारेमा केही बताइदिनुस न ?

मलाई सानैदेखि कलाकारिताको सोख थियो । स्कुले जीवनमा पनि मैले थुप्रै नाटकहरुमा सहभागी भएको थिएँ । तर त्यो सोख पुरा गर्ने अवसर मिलेको थिएन । किनकि म सानै देखि दुख पाएको मान्छे हुँ, मैले जीवनमा धेरै संघर्ष गरेको छु । यसै क्रममा केही बर्ष अघि चर्चित हाँस्यश्रृखला भद्रगोलमा कलाकारको रुपमा अभिनय गरें । त्यसमा मैले पुलिसको भूमिका खेलेको थिएँ । त्यो नै मेरो कलाकारिता इतिहासको पहिलो खुड्किलो थियो । पछि भद्रगोल छाडेर आफ्नै टेलिचलचित्र हाक्का हाक्की दर्शक स्रोता माझ ल्याइयो ।

– तपाइँको जन्म थलो अनि पारिवारिक बातावरणका बारेमा केही बताइदिनुस न् ?

मेरो जन्म सिन्धुपाल्चोक जिल्लामा भएको हो । म लगभग ५/६ बर्षको उमेरमै घर छोडेर हिडेको हुँ । मैले बिभिन्न दुख र हन्डर खाएर, संघर्ष गर्दै हालको अवस्थामा आएको हुँ । मेरो संघर्षका दिनहरु काठमाडौमै बिते । एसएलसी पश्चात केही समय नेपाली सेनामा पनि जागिर खाएँ । पछि त्यहाँ बाट पनि छाडेर आफ्नै व्यापार बिजनेश गरेर बसेको थिएँ । बिजनेशबाट म सफल नै भए ।

– भद्रगोलमा कसरी पुग्नु भयो ?

भद्रगोलका एकजना साथि सुजित थापा मेरो बच्चा देखिकै साथि हुनुहुन्छ । वहाँकै माध्यमबाट भद्रगोलमा गइयो । पछि त्यहाँ आफूहरु नअट्ने जस्तो फिल भएर हामीले हामी पनि केही गर्न सक्छौ भनेर त्यहाँबाट छाडेर हाक्का हाक्की सुरु गरेका हौं । भद्रगोलबाट मैले सुजितलाई समेत यतै तानेर ल्याएँ ।

– तपाँइको जीवनको खुशीको क्षण कुन थियो ?

हाक्का हाक्की अन एयर भएको दिन नै मेरो जीवनको सबैभन्दा खुशीको क्षण हो । नेपाल टेलिभिजनमा १२,१३ सय वटा डमी त अलरेडी बुक रहेछ त्यस्तो परिस्थितिमा पनि हामीले तयार गरेको हाक्का हाक्की श्रृखला २ महिनाभित्र अन एयर भयो । त्यो दिन असाध्यै खुशी लाग्यो । एकदमै तनाव भएको बेलामा मेरो जीवनमा खुशी ल्याएको क्षण थियो त्यो ।

– भद्रगोल छोड्नुको कारण चाहिँ के थियो वास्तवमा ?
त्यहाँ साथिभाईसँग त्यति जम्न सकेन । उमेश कुमार केसी र मैले सल्लाह गर्यौं अर्कै श्रृंखला बनाऔं भनेर । त्यसपति म उमेश कुमार केसी,सुजित थापा,मणिराज काफ्ले मिलेर सर सल्लाह गर्यौ त्यसै क्रममा चर्चित हाँस्यकलाकार दमन रुपाखेती पनि भेटिए । हामीलाई सुनमाथि सुगन्ध भयो ।

– नेपालमा हाँस्य क्षेत्रको भविश्य चाहिँ कस्तो देख्नु भएको छ तपाइँले ?

हाँस्य क्षेत्रको भविश्य चाहि मैलै त्यति धेरै सुमधुर त देखेको छैन । तैपनि हेर्दै जाउ गर्दै जाउँ कहा सम्म पुग्न सकिन्छ । नेपालमा त्यहि त हो कहि पनि बिधी बिधान छैन ,जसलाई जे मन लाग्यो त्यहि गरेका छन । दुख गरेर तयार गरेको श्रृंखला समेत कहिलेकाहिं बिबिध कारणले प्रसारण गर्न पाइँदैन, यस्तै हो ।

– हांस्य श्रृंखलाले बालबालिकाहरुको दिमागमा नेगेटिभ कुरा भरकोे छ भन्ने आरोप पनि छ नि यसमा चाहिँ तपाइँ के भन्नुहुन्छ ?
अरुहरुले के गरे त्यसको जिम्मेवारी म लिन सक्दिन । हामी चाहिँ जहिले पनि पोजिटिभ कुराहरु प्रस्तुत गर्न लागिपरेका हुन्छौ । हामिले त बिशुद्ध मनोरञ्जन दिने हिसाबले कार्यक्रम तयार गरेका हुन्छौं । नेगेटिभ भूमिका नदेखाउने हाम्रो उद्येस्य नै हो ।

– तपाइँ कलाकारिता बाहेक के गर्नुहुन्छ ?

म कृषि एवं घरजग्गा सम्वन्धि कामहरु गर्छु । यहाँ कलाकारितामा लागेर मात्र बाँच्न सक्ने स्थिति छैन त्यसैले पनि बिभिन्न व्यवसायहरुमा हात हालेको छु ।
– भिन्न क्षेत्रबाट कला क्षेत्रमा आउनु भएको छ पहिलो पटक क्यामेरा फेस गर्दा कस्तो अनुभव भयो ?

खासै त्यस्तो अप्ठेरो फिल भएन रमाइलो नै भयो । कतिपय मानिसहरु के के न हुन्छ साह्रै नै अप्ठेरो हुन्छ आदि आदि

13095981_1712098219062180_7507817780503856037_n

प्रतिक्रिया