गाउँले मजदुरी गर्ने महिला अमेरिकाको एक कम्पनिमा यसरि बनिन प्रमुख  

इनेप्लिज २०७३ असार २४ गते १४:१० मा प्रकाशित
Jyothi-Reddy-yourstory
भगवानले दिए भने नहुने भन्ने केहि हुदैन l दुखीको पनि दिन आउछ भने झैँ यस्तै हरेक दिन बिहान देखि बेलुका सम्म मजदुरी गरेर छाक टार्ने त्यी साहसी तथा हिम्मतवाली महिला जस्ले असम्भवलाई सम्भवमा परिणत गरि दिईन l
उनले जीवनमा ठुलो संघर्ष गरिन l  १९८५ देखि १९९० सम्म दैनिक केवल न्युनतम रुपैया  कमाउन पनि हम्मे हम्मे हुन्थ्यो उनलाई l मजदुरी गरि दैनिक जीवन यापन गरेकी भारतमा गरेकी त्यी महत्वाकांक्षी महिला अमेरिकाको फिनिक्स स्थित सफ्ट वेयर सोलुसन कि प्रमुख कार्यकारी अधिकारी(सीईओ)बनेकी छिन् l त्यी मेहनती र भाग्यशाली महिला दक्षिण भारत कि ज्योति रेड्डी हुन् l
jyoti 2
१६ बर्षको उमेरमा आफु भन्दा १० बर्ष जेठो मान्छे संग बिबाह भए पछि १७ बर्षमा आमा बनिन l दिनभर श्रम गरेर आए पछि दाउरामा भात पकाउनु र परिवारलाई खुवाउनु बाहेक जीवनमा उन्को भाग्य कहिले चम्किएन l  १८ बर्षको कलिलो उमेरमा २ वटा छोरी कि आमा बने पछि झन् अवस्था जटिल बन्दै गयो तर उनि संग हिम्मत र भाग्यले साथ दिए पछि अचानक चमत्कार भयो l
 
यति सम्म कि अंग्रेजी माध्यम भएको पाठशालामा आफ्ना दुई छोरिलाई पढाउन सकिनन् किनभने अंग्रेजी माध्यममा पढाउन भारु ५० रुपैया लाग्दथ्यो जस्को कारण उन्ले तेलुगु माध्यम भाषामा केवल भारु २५ मात्र लाग्नेमा भर्ना गराईन भनि उनले आफ्ना दुखका दिनका कुरा संस्मरण गराएकी छिन् l 
jyoti 1
आफ्नी पिताकि ४ औ सन्तान भएकीले गरिबीको कारण आफ्ना पिताले आफ्नी आमा नभएकी दुई छोरि टुहुरी हुन् भनि भनेको कुरा बाबुले कबुलेको पनि उल्लेख गरेकी छिन् l
हाल अमेरिकामा सफ्टवेयर कम्पनिमा प्रमुख रहेकी ज्योतिले कक्षा ५ देखि १० सम्म अनाथालय रहनु परेको बताएकी छिन् l उक्त अनाथालयमा बार्षिक रुपमा मिठाई र कम्मल बाढ्न  धनि मान्छे बाकस बोकेर आउदा एक दिन म पनि धनि हुने छु भन्ने सोच्न्ने गर्थे उनले अन्तर्वार्तामा भनेकी छिन् l र बाकस  भरि १० वटा फरिया हुने छ भनि प्रमुख बने पछि त्यसरी त्यो कालरात्रि लाई सम्झदै हास्दै अन्तर्वार्तामा बताईन l  उनि हरेक अगस्त २९ मा आफ्नो जन्म दिवस मनाउछिन र मानसिक रुपले चुनौती पूर्ण जीवन छ भन्ने छात्रालाई भारतमा गएर उनले सक्ने सहयोग गर्ने गर्छिन l
Jyothi2
उनले सरकारी शिक्षक पेशामा लागे पछि जीवनमा ठुलो परिवर्तन आएको बताउदै महिनाको १ सय २० कमाउदा आफुलाई १ लाख जति कमाएको जस्तो लाग्थ्यो भन्दै त्यो पैसाले सन्तानको लागि ओखति खर्च निस्केको मा खुशी व्यक्त गरेकी थिइन् l
 
उनि सानी देखि आफ्नो घरमा डा अनिला ज्योति रेड्डीको बिल्ला झुन्ड्ड्यउन चाहन्थिन l उनको चाहना अंग्रेजी माध्यम बाट एमबिए गर्ने थियो तर उनको सपना चकानाचुर भयो l उनि असफल भईन l तर उनको आशा त्यतिकै मरेन l 
 Jyothi6उनका आफन्त अमेरिकामा रहेकोले अचानक सम्पर्क भएकोले गरिबी जसरी पनि हटाउने अठोट लिदै आखिर उनि अमेरिका आउने साईत जुर्यो l अमेरिका पस्ने बित्तिकै एक दिन पनि समय बर्बाद नगर्दै उनको संघर्ष सुरु भयो l उनले दाया बाया कहिँ हेरिनन l उनि घर छोडेर अमेरिका जान उनका पतिलाई राम्रो लागेको थिएन l तर उनले पतिलाई मनाईन र अमेरिकामा खुट्टा टेकीन l
 
उनले भनिन आफु २३-२४ बर्षको उमेरमा १९९४ -१९९५ ताका आफुले ५ हजार मासिक थियो तर आफु अमेरिका आउनको लागि मासिक २५ हजार कमाउने र बचाउने गर्थे भनिन l र गफिने क्रममा उनलाई जीवनमा कार चलाउनु ठुलो धोको थियो भन्दै आखिर एउटा श्रमिक मजदुरी गर्ने महिला अमेरिका जस्तो देशमा प्रतिष्ठान कै प्रमुख हुन् सौभाग्य पाउनु मेरो लागि एक सपना हो भन्दै निकै अतितको सम्झना आएको अन्तर्वार्तामा बताईन l
Jyothi-Reddy-at-her-office-2
अमेरिकाको न्युजर्सीको एक गुजराती परिवारमा केवल ३ सय ५० डलर मा बास मागेर आफु संग संचार माध्यम उपकरण तथा सवारी साधन समेत नहुँदा काम गर्न दैनिक ३ माइल हिडेर जाने गरेको बताइन l
अमेरिका आए पछि महिला बिक्रेता (सेल्स गर्ल ),बच्चा हर्ने ,इन्धन चौकी (ग्यास स्टेसन )को साथै सफ्ट वेयर भर्ना गर्ने कार्यालय सहित खोलि अन्तत्वगत्वा आफ्नो भाग्य चम्काईन  l उनले अन्तर्वार्ता दिदै भारत को गाउँमा ग्रिष्म कालिन समयमा चप्पल समेत नलगाई हिड्नु परेको उल्लेख गरेकी छिन् l
 
आफ्नो गाउँको पुजारीले उनलाई तिमिले काम गर्नु भन्दा आफ्नो ब्यबसाय गर्दा फाप्ने छ भने पछि उन्ले ब्यबसाय गरि हाल सूचना प्रबिधिको ब्यबसायमा लाखौ डलर कि स्वयम् संचालिका तथा प्रतिष्ठानकि मालिक्नी भएकी छिन् l 
 
उनले कुराकानी कै क्रममा आफु शिक्षक पेशामा हुँदा उनिसंग दुइ वटा मात्र फरिया भएको तर आफु तिन वटा किन्न खोज्थे तर सक्ने अवस्था थिएन  भन्दै अतितको सम्झना गराईन l त्यस्तो अवस्था बाट आफु गुज्रेको भन्दै यी सबै सपना जस्तो लाग्छ भन्दै मेहनत र हिम्मत मानिसलाई चाहिन्छ भनेकी छिन् l 
jyoti reddy
 हाल उनिसंग अहिले अमेरिकामा २ सय जोर जुत्ता र अनिगिन्ती फरिया रहेकोमा उनि दंग छिन् l उनि संग लाखौ रुपैया पर्ने सारी भएता पनि भारतमा केवल १ सय ३५ मा किनेको सरि सबै भन्दा महँगो लाग्छ भन्छिन l एउटा गरिब घरमा जन्मेर बिहान के खाऊ र साँझमा के खाउ भन्ने त्यो मेहनती र भाग्यशाली महिलालाई अमेरिका फापेको छ l र अमेरिका साच्चै कै अवसरको भुमि रहेछ भन्दै अमेरिका प्रति अत्यन्तै कृतज्ञता छिन् l
 
आफ्नो मेहनत र परिश्रमबाट हाल उनको अमेरिका ६ वटा घर र भारतमा २ वटा घर कि मालकिन भएकी छिन् l आफू दैनिक ज्यालादारी काम गर्ने एक गरिब र दुखि महिला र अनगिन्ती हण्डर खायेता पनि आत्म विश्वास र धैर्यता जीवनमा चाहिने रहेछ भन्दै भगवानको कृपा देखि गदगद छिन् l भारतका पुर्व राष्ट्रपति अब्दुल कलम उनका प्रेरणाको श्रोत रहेको बताएकी छिन् l 
 
त्यी मेहनती दक्षिण भारतीय मुलकी भारतीय अमेरिकन महिला ज्योति रेड्डी परिवार सहित अमेरिकाको अरिजोनामा बसोबास गर्छिन l दैनिकी ज्यालादर काम गर्ने ज्योति संग एक प्रतिष्ठित १ करोड ५० लाख डलरको अरिजोना को फिनिक्स शहरमा संचार प्रबिधि (आईटि ) प्रतिष्ठान स्थापित गर्न सफल भएकी छिन् l 
 
तस्बिरहरु : ज्योति रेडी डटकम / समाचार ,दिप्ती नयर 
jyoti 3
Jyothi7-300x169

प्रतिक्रिया