नेपाल अमेरिका एकता समाज लस एञ्जलस द्वारा नेपाल स्थित धुर्मुस सुन्तली फाउन्डेसन् लाई आर्थिक सहयोग : संस्थाको प्रेस बुलेटिन मार्फत विभिन्न गतिविधि सार्वजनिक

इनेप्लिज २०७३ असार २४ गते २३:५० मा प्रकाशित

Banner of NAES

नेपाल अमेरिका एकता समाज लस एञ्जलसले नेपाल स्थित धुर्मुस सुन्तली फाउन्डेसनलाइ झन्डै डेढ लाख नेपाली रुपैया आर्थिक सहयोग गरेको छ l संस्थाद्वारा जारी प्रेस बुलेटिन मार्फत सो सहयोग रकम घोषणा गरिएको हो l

मातृभूमि नेपालमा गत वर्षको महाभुकम्पमा परि घरवार गुमाउने भुकम्प पिडित नेपाली दाजुभाई तथा दिदि बहिनिहरुलाई बासको निम्ति सिन्धुपाल्चोक जिल्लाको गिरानचौरमा सुन्तली धुर्मुस फाउन्डेसनले निर्माण गर्न लागेको एकीकृत बस्ति विकास कार्यक्रमलाई सहयोग गर्ने हेतुले सो रकम सहयोग गरिएको बुलेटिनमा उल्लेख छ l

संस्थाका अध्यक्ष सुर्य प्रसाईले गतवर्ष आफ्नै ब्यापारिक केन्द्रमा सहयोग बापत संकलन गर्नु भएको रकम र उहा मार्फत हाल रोलेंड हाइट लस एञ्जलस निवासी शुभचिन्तक नम्रता रावल तथा मोति सारा बिस्ट परिवारलेले गर्नु भएको सहयोग रकम समेत गरि एकमुस्ट रकम १२५०.०० अमेरिकी डलर मध्ये नेपाल पठाउने खर्च कटाएर जम्मा हुन आउने रकम १२३२.०० अमेरिकी डलर धुर्मुस सुन्तली फाउन्डेसनलाइ सहयोग गर्ने निर्णय एकता समाजको गत जुलाई ५ तारिख बसेको बैठकले गरेको थियो l संस्थाकी महासचिब डोल्मा लामाले जारी गर्नु भएको प्रेस बुलेटिनका अनुसार सो मानवीय सहयोग कार्यका लागि नेपाल अमेरिका एकता समाज संस्थाका अध्यक्ष सुर्य प्रसाई , नम्रता रावल तथा मोति सारा बिस्ट परिवार प्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछ l साथै नेपाल अमेरिका एकता समाज भुकम्पपिडित नेपाली दाजु भाई दिदि बहिनि हरुका लागि सिन्धुपाल्चोक स्थित गिरानचौर एकीकृत बस्ति बिकास कार्यक्रमका लागि धुर्मुस सुन्तली फाउन्डेसन् लाई सहयोग गर्न हार्दिक आवहान गर्दै नेपाल अमेरिका एकता समाज मार्फत सहयोग गर्न चाहनु हुने समुदाय सदस्य हरुले एकता समाजमा सम्पर्क गर्न समेत हार्दिकअनुरोध गर्दछ बुलेटिनमा भनिएको छ l एकता समाजका अध्यक्ष सुर्य प्रसाईले सहयोग रकम नेपाली रुपैया १,३१,३४७.३४ ( एक लाख एकतिस हजार तिन सय सतचालिस रुयैया चौतिस पैसा ) धुर्मुश सुन्तली फाउन्डेसन् कि कोषाध्यक्ष कुन्जना घिमिरेको नाममा पठाई सकिएको जानकारी दिनु भयो l

यसै गरि अमेरिकी भूमिमा कार्यरत नेपाली बैज्ञानिक डाक्टर किरण लामिछानेको अल्पायुमै भएको दुखद निधन प्रति नेपाल अमेरिका एकता समाजले शोक प्रस्ताब समेत पारित गरेको छ l नेपाली समाज टेक्सासका अध्यक्ष कृष्ण लामिछ्नेका सहोदर भाई डाक्टर लामिछानेको दुखद निधनले अमेरिकी भूमिमा एउटा उदियमान नेपाली तारा अस्ताएको तथा यो दुखको घडीमा लामिछाने परिवारमा ध्रैय धारण गर्ने शक्तिका लागि नेपाल अमेरिका एकता समाज इश्वरसंग प्रार्थना तथा स्वर्गीय लामिछानेको चिर शान्तिको लागि कामना गर्दछ प्रेस बुलेटिनमा उल्लेख छ l

यसै गरि एकता समाजले जुलाई १७ तारिख स्थानीय आर्टिसिया सिटीमा सामुदायिक वहस कार्यक्रमको आयोजना गरेको छ l साउथर्न क्यालिफोर्नियामा सक्रिय रुपमा स्थापित भएका स्थानीय संघ संस्था तथा नेपाली समुदाय बीच समन्वय र सहकार्य गरि एकताका साथ समुदाय केन्द्रित कार्यक्रम गर्दै अघि बढ़्ने उध्येश्यले सो सामुदायिक वहस कार्यक्रम आयोजना लागिएको संस्थाले जनाएको छ l यस अघि बिशेस कारण बस स्थगित गरिएको स्थानीय संघ संस्था बिचको अन्तरक्रिया कार्यक्रमलाई परिमार्जन तथा निरन्तरता दिदै यहि जुलाई १७ तारिख आइतबार साँझ ठिक ७ : ३० बजे तारा हिमालयन कुजिन आर्टिसियामा स्थानीय संघ संस्था प्रतिनिधि तथा समुदाय सदस्य बीच " समुदायमा स्थानीय संघ संस्थाको भूमिका , चुनौती र अबको बाटो " शिर्षकमा सामुदायिक बहस ( Community Discussion ) कार्यक्रमको आयोजना गरिएको छ बुलेटिनमा उल्लेख छ l

यसै गरि प्रेस बुलेटिनका अनुसार नेपाल अमेरिका एकता समाजको विधान बमोजिम संस्थाको बार्षिक साधारणसभा पहिलो पल्ट यहि नोवेम्वर महिनाको १२ तारिख सनिवार तारा हिमालयन कुजिन आर्टिसियामा गर्ने निर्णय समेत गरेको छ l जसमा महासचिबको वार्षिक कार्य प्रगति प्रतिबेदन, कोशाध्यक्छ्यको वार्षिक आर्थिक प्रतिवेदन र कोष वृद्धिका लागि योजना , अध्यक्षको आगामी वर्षका लागि सम्भावित कार्य प्रतिवेदन तथा दिर्घकालिन कार्य योजना , विधान परिमार्जन तथा संसोधन तथा विविध सांस्कृतिक तथा मनोरन्जनात्मक कार्यक्रमको आयोजना गरिनेछ l

नेपाल अमेरिका एकता समाजले गर्ने नियमित बार्षिक कार्यक्रमहरुमा हरितालिका तिज शुभकामना कार्यक्रम , श्री पशुपति फाउन्डेसन् संगको सहकार्यमा तीज पुजा , दशैँ कार्यक्रम , अंग्रेजी नया वर्ष कार्यक्रम डिसेम्बर ३१ तथा अन्य समुदाय केन्द्रित अन्तरक्रिया कार्यक्रम यहि जुलाई १७ मा हुने सामुदायिक बहस कार्यक्रम पछि स्थानीय संघ संस्थाहरुको राय सल्लाह सुझाव र समन्वयमा गरिने व्यहोरा समेत नेपाल अमेरिका एकता समाज सबै संचार माध्यम तथा समुदाय सदस्यहरुमा सादर अनुरोध गरिएको बुलेटिनमा उल्लेख छ l

यस वर्ष देखि संस्थाले साउन महिनामा नेपाली हिन्दु धर्मावलम्वी महिला दिदि बहिनिहरुले सौन्दर्य तथा परम्परागत धार्मिक मान्यताका लागि लगाउने मेहेन्दी लाई संस्थागत गर्दै संस्थाको आर्थिक कोष अभिबृदी गर्ने अभिप्रायले यो सेरोफेरोका लागि "सामुहिक मेहेन्दी संस्थागत कोष अभिबृदी घर दैलो कार्यक्रम " अघि सारेको छ l

नेपाल अमेरिका एकता समाजको मिटिंग हल उपयोग गर्न चाहने स्थानीय संघ संस्थाले विगत फेब्रुअरी महिना देखि निशुल्क उपयोग गर्दै आएकोमा जुलाई २०१६ देखि नेपाल अमेरिका एकता समाजको मिटिंग हल उपयोग गर्न चाहने स्थानीय संघ संस्था वा सामाजिक प्रयोजनकाका लागि व्यक्ति विशेसले प्रतिदिन $५० डलरको संस्थागत सहयोगमा सो मिटिंग हल उपयोग गर्न सकिने पुरानो निर्णय लाई निरन्तरता दिने निर्णय गरिएको छ प्रेस बुलेटिनमा उल्लेख छ l

कामदार तथा काम दिने व्यक्ति बीच सुमधुर सम्बन्ध स्थापित गर्न तथा कामदार र काम दिने व्यक्तिका अधिकार कर्तब्य के के हुन् र कानुनी रुपमा के के कुरामा सावधानी अपनाउनु पर्छ भन्ने कुरामा नेपाली समुदायलाई सम्बन्धित अमेरिकी सरकारका प्रतिनिधि बाट जानकारी दिने अभिप्रायले निकट भविष्यमा कार्यक्रम आयोजना गर्न लागिएको समेत सहस्र जानकारी गराउन चाहन्छौ प्रेस बुलेटिनमा उल्लेख छ l

यस अघि नेपाल अमेरिका एकता समाजको गत फेब्रुअरीमा साधारण सभा मार्फत गठित नया कार्य समितिले झन्डै छ महिनाको दौरानमा अमेरिकी नागरिकता प्राप्तिका लागि अपनाउनुपर्ने सावधानी र तैयारीका बिषयमा अमेरिकी सरकारका प्रतिनिधि संगको अन्तरक्रिया कार्यक्रम , गत मे महिनामा सम्पन्न अन्तरास्ट्रिय नेपाल साहित्य समाजको च्याप्टर सम्मेलन तथा कवि गोष्ठी र नेजाको साधारण साधारण सभा मा विशेष सांगीतिक तथा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिसकेको छ l यसै गरि नेपाली चलचित्र प्रेमगित प्रदर्सन र नेपालका पर्यटन मन्त्रि संगको अन्तरक्रिया कार्यक्रम समेत सम्पन्न गरि सकेको छ प्रेस बुलेटिनमा उल्लेख छ lआउँदा दिनहरुमा पनि समुदाय सदस्यहरुको सदैब साथ र सहयोगको आशा राखेका छौ प्रेस बुलेटिनमा उल्लेख छ l

प्रतिक्रिया