Kp Oli को भक्त भएर बोलेको होइन ‘राम्रोलाई राम्रो र गलतलाई गलत’ भन्नसक्ने मुटु छ मसँग

इनेप्लिज २०७३ असार २९ गते २१:४३ मा प्रकाशित

hqdefault

०४७ सालयताको २६ वर्षमा २४ पटक सरकार फेरियो, २५ औं पटक सरकार फेर्ने धन्दा चलेको छ । अब बन्ने सरकार पनि नौ महिनाको रे ! के गर्न सक्छन् प्रचण्डले ? त्यसपछि देउवा र अरु लाइन लागेर बसेका भोकाप्यासाहरुले ? यस्तै व्यवस्थाको दासी भएर बस्ने हो भने अबको १० वर्षसम्म यो देशमा कोको प्रधानमन्त्री हुन्छन्, अहिले नै भित्तामा सबैको फोटो झुण्ड्याएर बसे हुन्छ ! यस्तो देशमा कस्तो भविष्यको चित्र कोरेर बस्नू ??? कस्तो ‘भद्दामजाक’ गरेको देश र जनतामाथि ??? कति अस्थिर बनाएर ‘गिजोलिंदैछ नेपाल आमाको छाति ???’ को हो पर्दापछाडिको खेलाडि ??? कस्को ‘मतियार’ भएर देशलाई ‘भासमा डुबाउने’ र हाम्रो भविष्य ‘कत्लेआम’ गर्ने काम भइरहेको छ यहाँ ???

 केपी ओलीको भक्त भएर बोलेको होइन ‘राम्रोलाई राम्रो र गलतलाई गलत’ भन्नसक्ने मुटु छ मसँग । लोभलालचहीन भएर देशका सारा मानिसहरुलाई समृद्धि नै सुम्पिन नभ्याए पनि समृद्धिप्रतिको ‘भाइब्रेसन’ त दिएका थिए, गर्नै दिंदैनन् त ??? ‘देशको भलो चाहनेको कहिल्यै जय नहोस’ झैं फेरि एउटा पात्रको उज्यालोलाई परास्त गरेर अँध्यारोमा मजाक गरिरहेछन् रिमोट कन्ट्रोलको स्विचमा उघ्रिएकाहरु !! जस्लाई हामीले यसअघि नै भोगिसकेका र झेलिसकेका छौं । यसाधारमा सत्य निर्मम् छ, न संविधान कार्यान्वयन, न संघीयता, न समयमै निर्वाचनहरु, न समृद्धि न त स्थीरता !! खाली, बिल्लीबाठको मैदानमा छाति पिटीपिटी बिचरा हामी : जिन्दगीको ‘नास’ गरिरहेछौं !!!!!!!!! केपि ओलीको स्पष्ट अडानलाई म घमण्ड मान्दिन ! उनले माओवादीलाई जति दिनु पर्ने हो मन्त्रालय बाडफांड गर्दा र प्रचण्डलाई संयन्त्रको नेता मानेरै त्यो भन्दा बढी दिएकै थिए ! फेक सहमतिको कुरा गरेर प्रधानमन्त्री जस्तो देशको प्रमुख कार्यकारीलाई नचाहिंदो कुरामा प्रचण्डले गरिरहेको ब्ल्याकमेलको सिकार प्रधानमन्त्री बन्नै हुदैनथ्यो, उनी बनेनन् !! कुर्चीको निम्ति जायजनाजायज दबाब सहेर पदकै बदनाम गर्नु भन्दा एउटा नेताको हैसियतले स्पष्ट कुरा गरेर नाजायज दबाबमा नपर्ने निर्णय जसरि केपिले गरे त्यसको म उच्च मुल्याङ्कन गर्छु ! उनको यस निर्णयले प्रधानमन्त्री पदको गरिमा घट्नबाट जोगिएको छ ! उनले कुर्चीकै लागि आफूलाई लुते रुपमा प्रस्तुत गर्न चाहन्नन् भन्ने कुरा सबैले बुझेकै कुरा हो ! कुर्चीकै लागि लुते बनेर प्रस्तुत हुने स्वभाव उनको हुन्थ्यो भने उनलाई प्रधानमन्त्री बन्नबाट रोक्न भारतले भएभरको तागत लगाउंदैनथ्यो, अरुलाई जस्तै लोभको सस्तो हड्डी फ्याक्थ्यो र आफ्नो “yes man” बनाउंथ्यो !! कुर्चीकै लागि उनी लुते बन्न तयार हुन्थे भने नाकाबन्दी नखोली भारत भ्रमण गर्दिन भनेर अडान लिंदैनथे, फाष्ट ट्र्याक भारतबाट खोस्दैनथे, मधेशीहरुको नाजायज मागको धज्जी उडाउंदैनथे, चिनसंग पारवहन संझौता गर्दैनथे, राष्ट्रपतिको भारत भ्रमण रोक्दैनथे। बरु भारतको खुसामति गर्थे, जसरी अरुले गर्ने गरेका छन् ! त्यसैले प्रचण्डले यस्ता स्वभावका केपिलाई ब्ल्याकमेल गर्छु र आफ्ना जायाजनाजायज हर्कतको भारी बोकाउंछु भन्ने ठान्नु नै गलत थियो ! दुनियां जति कराओस्, उनले आफ्नो स्पष्ट बोली न त पार्टी अध्यक्ष हुनु अघि छोडे, न त अध्यक्ष भए पछि, न त प्रधानमन्त्री हुने क्रममा, न त भए पछि नै ! यति बिघ्न आंट र स्पष्ट अडान भएको र जनताले बुझ्ने गरी बोल्ने नेता नेपालको समकालीन राजनीतिमा सायदै अरु कोही होला !! स्पष्ट अडान र खरा कुरालाई घमण्डी भन्ने हो भने चिप्लो कुरा गरेर दलालीगिरी गर्नेहरुलाई समर्थन गर्नु पर्ने हुन्छ। के हामीले खोजेको त्यस्तै हो?? पार्टी संचालनमा उनका कमजोरी नभएका होइनन्, छन् ! तर कमजोरी नहुने को हुन्छ, यो दुनियांमा? परेको बेला मु्ख्य काममा कस्तो भूमिका खेल्यो, मान्छेको मुल्याङ्कन त्यसका आधारमा गर्ने हो !! ओली सरकार ढाल्नु गलत भएको निश्कर्ष प्रचण्डले छ महिना भित्रमा निकाल्ने छन् ! र अर्को विस वर्षमा काङ्ग्रेसको अर्को कुनै रामचन्द्र पौडेलले यो सरकार सही थियो भनेर स्विकार गर्नेछन् ! इतिहासमा सरकार त कति आए कति गए, कसले संझनु? तर मनमोहन अधिकारीको ९ महिने सरकार, र केपि ओलीको ९ महिने सरकार इतिहासमा चाहेर पनि कसैले विर्सन सक्ने छैन !!

को भक्त भएर बोलेको होइन ‘राम्रोलाई राम्रो र गलतलाई गलत’ भन्नसक्ने मुटु छ मसँग । Kp Oli को भक्त भएर बोलेको होइन ‘राम्रोलाई राम्रो र गलतलाई गलत’ भन्नसक्ने मुटु छ मसँग ।

प्रतिक्रिया