चर्चाको शिखर चुम्दै भर्सलटाइल गायक – ध्रुब बिस्को

इनेप्लिज २०७३ साउन ३ गते ११:११ मा प्रकाशित

13689352_731241626978778_1420503456_n

सुर्य चन्द काठमाडौँ : लगातारको मेहनत र परिश्रम पछिनै सफलताको शिखर चुम्न सकिन्छ र जसका लागि धैर्य चाहिन्छ, साधना चाहिन्छ भन्ने यसैका उदारण हुन अहिलेका चल्तीका गायक ध्रुब बिस्को l साङ्गीतिक क्षेत्रमा लागेर चर्चाको शिखरमा पाइला चुम्दै गरेका गायक ध्रुबलाइ अहिलेको ठाउ सम्म आइ पुग्न भने धेरै महेनत गर्नु परेको छ l कैलालीको टीकापुरमा जन्मेका गायक ध्रुब २०६६ मा सुदुर पश्चिम आइडल भए पछि ब्यबसायिक रुपमा साङ्गीतिक क्षेत्रमा प्रवेश गरेका हुन l करिब तिन बर्ष देखि साङ्गीतिक क्षेत्रमा प्रवेश गरेर चर्चाको शिखर चुम्दै गरेका गायक ध्रुब बिस्को जस्तो सुकै गित पनि गाउन सक्ने क्षमता भएका भर्सलटाइल गायक हुन l पछिल्लो समय हरेक संगीतकार तथा गीतकारको रोजाइमा पर्दै गएका गायक ध्रुबले आफ्नै २ वटा एल्बम समेत नेपाली सांगीतिक बजारमा पस्किसकेका छ l चलचित्रका पार्श्व गायनहरुमा ब्यस्त रहदै आएका भर्सलटाइल गायक कलेक्सन एल्बममा पनि त्यतिकै ब्यस्त रहदै आएका छन l

मेला महोत्सब देखि देश विदेशको स्टेज कार्यक्रममा समेत सधै ब्यस्त रहने गायक ध्रुबले चाडै नै आफ्नो गीति एल्बम प्रियसी -२ दर्शक श्रोता बीच लिएर आउदै छन जसको टाइटल गित बेबी बेबीको म्युजिक भिडियो पनि चाडै बन्न लागेको कुरा गायक ध्रुब बिस्को बताउछन l उक्त म्युजिक भिडियोमा गायक आफै अनि मोडल रजिया खान र शिशिर परियारको अभिनय गर्ने भएका छन l उनले स्वदेशमा मात्र नभएर बिदेशमा समेत मनोरंजन दिदै विभिन्न स्टेज कार्यक्रममा उपस्थित भिडलाई नचाउन सफल भएका छन l

13735319_731241653645442_1577683829_n

सानै उमेर देखि गित संगीत प्रतिको लगान मोहले गर्दानै साङ्गीतिक क्षेत्रमा मेहनत र परिश्रम गर्दै चर्चा कमाउन सफल गायक ध्रुब बिस्को जादुमय आवाजका धनि छन, दर्जनौ गीतहरुमा आफ्नो आवाज भरिसकेका ध्रुब मिलनसार सरल र हसिलो स्वभाबका पनि छन l नेपाली सुगम गित संगीतमा छुट्टै पहिचान बनाएर अगाडी बढ्दै गरेका गायक ध्रुब भन्छन गित संगीत मेरो नशा नशामा छ l संगीतलाई माया गर्ने हरेक नपालीहरुको रोजाइमा पर्दै गएका युवा गायक ध्रुब बिस्को थप्छन सबै नेपाली हरुको साथ र माया पाएको कारणले गर्दानै आफु यस क्षेत्रमा स्थापित हुन सकेको र सधै दर्शक श्रोताको माया साथ पाईरहने कुरामा बिस्वस्त पनि छन l

13734615_731241623645445_407437887_n 13689337_731241660312108_1911090205_n 13689689_731241646978776_2088174511_n 13735319_731241653645442_1577683829_n

प्रतिक्रिया