सुरसुधाले अमेरिकामा प्रस्तुति गर्ने 

इनेप्लिज २०७३ साउन ४ गते २:१६ मा प्रकाशित
sur sudha 1
नेपालको दिर्घ कालिन सहयोगको लागि नेपालका लागि अमेरिकाका पूर्व राजदुत स्कट डेलेसी द्वारा स्थापित सोरवे फाउनडेसनको बिशेष पहलमा सुरसुधा अमेरिका आउने भएका छन् l शास्त्रीय सांगीतिक समूह सुरसुधाले अमेरिकाको बिभिन्न राज्यहरुमा बेजोड प्रस्तुति गर्ने र अमेरिका गुन्जयमान गराउने भएका छन् l
 
सोरवे फाउनडेसनले जनाए अनुसार सुरसुधाको संगीत टोलि अमेरिकाको विभिन्न राज्यहरुमा अगस्त महिनाको पहिलो हप्ता देखि आफ्नो प्रस्तुति आरम्भ गर्ने भएका छन् l सुरसुधाको कार्यक्रम टेक्सासको डालस ,न्युयोर्क ,पिट्सबर्ग ,भर्जिनिया, वाशिंगटन डिसी ,बाल्टिमोर ,कोलोराडो ,हुस्टन तथा सिकागोमा समेत कार्यक्रम गर्ने भएको छ l ईमपावर नेपाल टुर २०१६ नामक उक्त कार्यक्रम सोरवे फाउनडेसनको प्रस्तुति रहने छन् l
 
सोरवे फाउनडेसनका कार्यकारी निर्देशक नेपालका लागि भूतपूर्व अमेरिकन राजदुत स्कट डेलेसी रहेका छन् l पूर्व अमेरिकन राजदुत डेलेसीले सुरसुधाको अमेरिकन भ्रमण केवल नेपालको सहयोग लागि गरिएको बताएका छन् l 
scot
सुरसुधाको कार्यक्रमको लागि उनले सबै नेपाली समुदाय ,संघ/संस्था तथा सौजन्यताको लागि ब्यबसायी समेत लाई संलग्न तथा सहभागी हुन आग्रह गरेका छन् l डेलेसीले अमेरिकाका लागि नेपालका राजदुत अर्जुन कुमार कार्कीलाई सम्बोधन गर्दै सुरसुधाको कार्यक्रममा उपस्थिति हुन अनुरोध समेत गरेका छन् l
 
उनको संस्था सोरवे फाउन्डेसन केवल नेपाल निर्माणको लागि समर्पित हुने बताउदै नेपाल पुनर्निर्माण ,भूकम्प पिडितको सहयोगार्थ ,भूकम्पग्रस्त क्षेत्रमा महिला तथा बालबालिका बेचबिखन हुने सम्भावनालाई रोक्ने तथा ओखति उपचारको काममा लागि काम गरि रहेको छापा बिज्ञप्तिमा जनाएको छ l
 
निकट भबिष्यमा पिट्सबर्ग चिकित्सा केन्द्र संग नविन दुरचिकित्सा कार्यक्रम समेत नेपालमा लाने बिषयमा सोरवे फाउन्डेसनको तर्फ बाट छलफल भएको बताईएको छ l

प्रतिक्रिया