सिडनीवाट संसार तताउदै समीर

इनेप्लिज २०७३ साउन ६ गते ७:५३ मा प्रकाशित

13815084_10208761196005573_8133888_n

गीत संगीतमा नझुम्ने कोही पनी हुदैन । पछिल्लो समय नेपाली युवा पुस्ताकालागी लोकप्रीय गाएक समीर आचार्यले गएको साता अष्ट्रेलीयाको सिडनी सहरमा आफना दर्शकहरुलाई छमछमी नचाउन सफल भएका छन् ।Big Event Entertaimentले आयोजना गरेको Winter White Dance Party कार्यक्रममा गायक समीर आचार्यले दुनीया वेग्लै छ, हैन भन्देउन लगाएतका थुप्रै गीतहरु प्रस्तुत गरेका थिए । करीव ४०० दर्शक उपस्थीत भएको सो कार्यक्रममा समीरका अलावा जय घले अनि फेसन मोडेल फीटनेस मोडेलहरुको पनि उपस्थीत रहेको थियो । कार्यक्रमको मुख्य आकर्षक रहेका वर्ड च्याम्पेन फीटनेस मोडेल सन्तोष कुमार श्रेष्ठ र नेपाली चर्चीत मोडेल सुभांगी कोइरालाको पनि दमदार प्रस्तुती रहेको थियो ।

पछिल्लो समय विदेशमा रहेर पनि नेपाली गीत संगीतमा सक्रीय गायक समीर आचार्य देश तथा विदेशका सांगीतीक कार्यक्रमहरुमा पनि ब्यस्त हुन थालेका छन । सन २०१५ को नोभेम्वरमा अमेरीकामा झुल्केका समीर फेरी २०१६ को सेपटेम्वरमा अमेरीकामा सांगीतीक कार्यक्रम मार्फत देखा पर्ने भएका छन । युुयस खवर अनलाइनको आयोजनामा हुन लागेको दशै मेला समारोहमा समीर अष्ट्रेलीयावाट अमेरीका १ महीनाको सांगीतिक यात्राको लागी प्रस्थान गर्ने भएका छन ।

13730492_10208761080122676_943291277_o

स्मरण रहोस यो मेलामा अमेरीका भरीको सांगीतीक कार्यक्रमको लागी अमेरीकाकी नेपाली गायीका नीक्की कार्की लगाएत अन्य कलाकारहरुले साथ दिने भएका छन ।

यू एस खवर परिवार समीरको अमेरीका भ्रमण तथा सांगीतका कार्यक्रको लागी शुभकामना प्रकट गर्दछ ।

प्रतिक्रिया