भुटानीमुलका नेपाली क्यानाडाका उत्कृष्ठ आप्रवासी : नेपाली फुस्स

इनेप्लिज २०७३ साउन ६ गते १२:०९ मा प्रकाशित

Untitled

विगत १३ वर्षदेखि क्यानाडाका आप्रवासीहरुलाई क्यानाडाको रहनसहन तथा यहाँको नियमकानूनसँगै आप्रवासी नीति नियम तथा आप्रवासी स्थायित्वका बारेमा जानकारी दिदै प्रकाशित हुदै आएको क्यानाडियन इमिग्रेसन मासिक पत्रिकाको वर्ष १३ अंक ७ जुलाई २०१६ को अंकमा भुटानीमुलका नेपाली युवकको तस्विर छापिएको छ ।

विगत आठ वर्षदेखि क्यानाडामा आप्रवासी भएर आउनुभएका व्यक्तीत्वहरुलाई उनीहरुको कार्यकौशलता र कार्य विशेषताका आधारमा समुदायहरुबाट मतदान गराएर क्यानाडियन इमिग्रेसन मासिक पत्रिकाकले वर्षको उत्कृष्ठ आप्रवासी भनेर २५ जना उत्कृष्ठ आप्रवासीहरुको नाम “आर.बि.सि. उत्कृष्ठ २५ आप्रवासी” बाट सम्मानित गर्दै आएको छ । यसरी सम्मानित हुनेहरुमा उच्च ओहोदाका पदाधिकारीहरुबाट लिएर राजनीतिक कार्यकर्ता, व्यापारी, समाजसेवी, जागिरे जो कोही पनि हुन सक्छन् । यसरी सम्मानित हुनेहरुमा सांसद, मन्त्रीबाट लिएर गभर्नरसम्म भएको तथ्य पाइन्छ ।

विश्वका विभिन्न राष्ट्रबाट उज्जवल भविष्य खोज्दै क्यानाडा आएका आउनु भएका आप्रवासीहरुलाई प्रोत्साहन गर्न तथा उनीहरुको कार्यलाई समाजमा चिन्हाउन क्यानाडियन इमिग्रेन मासिक पत्रिकाले रायल बैंक अफ क्यानाडाको प्रायोजनमा २००९ देखि उत्कृष्ट २५ जना आपैवासीहरु घोषणा गर्दै आएको छ । यसका लागि पत्रिकाले पूर्व सूचना प्रकाशित गरेर ईन्टरनेटका माध्यमबाट मतदान गराएर उत्कृष्ट २५ जना आप्रवासीहरुको घोषणा गर्ने गर्दछ । यसमा समुदायका सदस्यहरुले आफ्नो समुदायका प्रतिनिधिलाई विद्युतीय मतदान दिएर जिताउने गर्दछन् । यसरीनै यसपटक नेपालको नेपाली नभएर भुटानका नेपाली “आर.बि.सि. उत्कृष्ठ २५ आप्रवासी” का रुपमा विभुषित भएका छन् । वहाँ हो श्री तिलक चवान (चौहान) चार वर्षको कलिलो उमेरमा आफ्नो र आफ्ना पूर्खाको जन्मथलो भुटान छोड्न बाध्य भएका तिलकलाई आफु कुनै दिन क्यानाडामा पुगौला र क्यानाडाभित्र लाखौंको संख्यामा वितरण हुने क्यानाडियन इमिग्रेसन पत्रिकाको प्रथक पृष्ठमा आउला सपना पनि आएको थिएन होला । भुटानबाट ८० को दशकमा जबरजस्ती लखेटिएका लाखौं भुटानीहरुमा तिलकका परिवार पनि थिए । ज्यान जोगाउदै भुटानबाट भागेर टिष्टा नदीको किनारमा लगभग दुई वर्ष विताएर नेपालको भुटानी शरणार्थी क्याम्पमा शरण लिन पुगेका तिलकका परिवारले झापाको भुटानी शरणार्थी क्याम्पमा २० वर्ष काटेका थिए । क्याम्पको कष्टमय जीवनलाई रमणीय बनाउदै उनले आफ्नो युवा अवस्था क्याम्पमा नै विताएका थिए । सानैदेखि परोपकार बन्ने उद्देश्य राखेका तिलकलाई २०१२ मा अरु भुटानी नेपालीहरुसहित क्यानाडा आउने मौका मिल्यो । आमाबुवा भाइबहिनीहरुसंग चार वर्षअगाडि क्यानाडा प्रवेश गरेका तिलकलाई न्यु फायण्डल्याण्ड र लेभ्राडोर प्रान्तको सेन्ट जोन्स् शहरबाट आफ्नो जीवनको तेस्रो यात्रा शुरु गर्ने मौका मिलेको थियोे ।

भुटानबाट नेपालमा चार वर्षको उमेरमा आमाको काँखमा आएका तिलक नेपालबाट क्यानाडा आउदा आफ्ना परिवारको अविभावकनै बन्नु परेको थियो । नयाँ देश नयाँ ठाँउ, नयाँ भाषा भएको क्यानाडाको सेन्ट जोन्स् टाउनमा आएर प्रारम्भमा तिलकले आफुसँगै आएका अन्य भुटानी नेपाली समुदायका लागि द्वेभाषे (इन्टरप्रेटर) का रुपमा काम गर्न थाले । त्यसपछि आफ्नो अध्ययनलाई पनि निरन्तरता दिदै गए । विस्तारै उनले क्यानाडा आएका आप्रवासीहरुको स्थाई बसोबास कार्यमा सहयोगी बनेर एसोसिएसन फर न्युnक्यानेडियन संस्थाका लागि काम गर्न थाले । उनले आफुले देखेको विस्थापितको पीडा क्यानाडा आएका अन्यb आप्रवासीहरुको मुहारमा देख्न थाले । उनले सामाजिक कार्य गरेर तिनीहरुको पीडादायी मुहारमा खुशी र हाँसो भर्न nथाले । यसैको परिणाम हो चारवर्षको आप्रवासी जीवनकालमा नै उत्कृष्ठ बन्ने सौभाग्य पाउनु । हाल उनी सिरियाका शरणार्थीहरुको स्थायित्वका लागि काम गर्दैछन् । २९ वर्षीय तिलकको अब एउटै सपना पुरा गर्न बाकी छ । त्यो हो कलेजको अध्ययन पुरा गर्नु, आफ्नै एउटा घर किन्नु, सेन्ट जोन्स् शहरमा एउटा विद्यायल बनाएर त्यसमा नेपाली संस्कति र सांस्कृतिक कार्यहरुलाई निरन्तरता दिनु रहेको छ । सानो समयका ठुलो काम गरेर नेपाली नामलाई चिन्हाएकोमा तिलक चवानलाई बधाई छ ।

क्यानाडामा नेपालीहरुको आगमनको इतिहास पल्टाएर हे¥यौं भने पचास पच्पन्न वर्ष नाघिसकेको छ । क्यानाडियन इमिग्रेसन पत्रिकाको २५ उत्कृष्ठहरुमा एनआरएन नेपालको सल्लाहकारसमेत बनाएर राखेको भारतीय व्यापारी आदित्य झा पनि परेका थिए । वर्तमान केन्द्रिय रक्षामन्त्री हरजित सज्जन पनि उत्कृष्ठ २५ बन्न सफल भएका छन् । तर नेपाल मुलका नेपालीको नाम भने क्यानाडियन इमिग्रेसन पत्रिकाले छाप्ने मौका पाएको छैन । क्यानाडामा आएर नेपाली भाषा साहित्य कला संस्कृति, जाति धर्मको संरक्षण, संवद्र्धन र स्थायित्वका लागि काम गर्दै आउनु भएका हाम्रा पूर्वजहरु वा हामीभन्दा अगाडी आएर नेपाली चौतारी (संस्था) बनाएर सबै नेपालीहरुलाई समेट्दै चाडपर्वबाट लिएर कला संस्कृतिको प्रदर्शन र प्रस्तुतिमा एक्यबद्धतालाई निरन्तरता दिन अथक कार्य गर्दै आएका समाजसेवीहरुलाई कस्ले चिन्हाउने । त्यो दायित्व तपाई हाम्रो नभएर अरु राष्ट्रका बासिन्दाको पक्कै होईन होला । क्यानाडामा भुटानी मुलका नेपालीहरुको संख्याभन्दा नेपालमुलका नेपालीहरुको पक्कै पनि दोब्बर होला । तर हामी परिभाषामा अनेकतामा एकता भन्दै हिड्छौं र व्यवहारमा चाही एकतामा अनेकता ल्याउने कार्य मात्र गर्न खोज्छौं । भर्खर एउटा रेडियो पत्रकारले विदेशीसंग बिहे गरेको नेपाली चेलीलाई श्रीमती नेपाली सौन्दर्य प्रतियोगितामा प्रतिष्पर्धा गराउन लागि प्रचारप्रसार गराउदै हिड्छ किनभने त्यो उसको क्षेत्रमा पर्दैन ।

हाँस उठ्दो कुरा के भने विदेशीसंग बिहे गरेर विदेशी श्रीमती बनेकी नेपाली चेली कसरी श्रीमती नेपाली बनेर दक्षिण एशियाली श्रीमती सौन्दर्य प्रतियोगितामा भाग लिन मिल्छ । यो त गर्नेलाई भन्दा यस्ता तथाकथित पत्रकारले यहाँको नेपाली समाजका लागि असल काम गरेको व्यक्तीलाई लेख्दै र देख्न पनि चाहन्न । यहाँ च्याउ उम्रे सरह संस्था उम्रदै छन् । एउटा अनुहार दुई तीन अझ चारवटा संस्थाको कुर्सी ओगटेर बसेका हुन्छन् । पदको लोभले उसको मन पनि मरिच जस्तै च्याउरिदै गईरहेको हुन्छ । त्यसैले अरुले गरेको काम चाहीं देख्दैन र आफ्नै मपाईत्वमा रमाईरहेको हुन्छ । अनि हामी कसरी अरुको बढाईमा आतिसबाजी गर्न सक्छौं । हामीलाई यसबारे सोच्ने समाजिक नेता चाहिएको छ । भएको संस्थामा नेपाललाई चिराचिरा पार्ने नेपाली दलका भत्ता खाएर राजनीति गर्ने व्यक्ती चाहिएको छैन । अरुले राम्रो कार्य गर्न खोज्दा हामी उसको कार्यमा हस्तेमा हैंसेb गर्न सिक्नु पर्छ । जबसम्म हामी अरुले गरेको राम्रो कार्यको खुला मनले स्वागत गर्न सक्दैनौ तबसम्म हामी अगाडि बढ्न सक्दैनौं ।(डा. गोविन्द रावत)

प्रतिक्रिया