अमेरिकामा किन सहकर्मीलाई पनि तपाईको तलब बारे ज्ञान नै हुदैन ?

इनेप्लिज २०७३ साउन ८ गते ३:३२ मा प्रकाशित

bijay 2

अमेरिकामा आफु संगै काम गर्ने साथीको कति कमाई छ भन्ने पनि थाहा हुदैन l पत्ता लगाउन पनि खोजिदैन l सोध खोज पनि गर्ने चलन हुदैन l प्रचलन त्यस्तो भएर होला कसैले यस बिषयमा नेपालीहरुले टनकपुर मुद्धा तथा मल्लिक आयोग जस्तो गरि सवाल पनि उठाउदैनन l उनीहरुलाई लुतो नै कनाई जस्तो हुन्छ l एकै स्थानमा एकै बिभागमा काम गरे पनि ओकल्दैनन l

दशौ तथा बिसौ बर्ष संगै काम गरेता पनि बिरालोले गु लुकाएको जस्तो घण्टाको कति खान्छ भन्ने कुराको भेउ पनि पाइदैन l कति कमाई छ भन्ने पनि जानकारी लिन चाहदैनन् किनभने एक प्रकारको गोप्य जस्तो नै हुन्छ l एक अर्काको बारेमा कति तनखा खान्छ भन्ने कुरा नै थाहा हुदैन l अमेरिकाको बिशेषता नै मान्नु पर्छ l अमेरिकाका नागरिक ज्ञानी छन् l झगडा गर्न मन पराउदैनन l तै चुप र मै चुप को सिद्धान्तमा बाचेका हुन्छन l

तलब बारेमा छलफल गर्दा मालिक र सहकर्मी दुवैलाई निराशा तथा उदास बनाउछ भन्ने कथन छ l सम्भवत यसैले गर्दा यस बिषयमा एक अर्कामा छलफल नै गर्ने बातावरण नै हुदैन l कुनै पनि कर्मचारी यस बिषयमा मौन रहन्छन l

यदि तपाईले आफ्नो तलबको सूचना बारेमा आफ्ना सहकर्मी संग छलफल गर्नु भयो भने गम्भीर समस्य उत्पन्न गराउन सक्ने छ l वास्तबमा तलब बारेमा छलफल गर्नु प्राबिधिक रुपले गैर कानुनी भन्ने चाही हुदैन l तर जसको कारण काम गर्ने स्थान र बातावरण धमिल्याउने र मालिक संग समस्या उत्पन्न हुने हुन्छ l अमेरिकामा किन यस्तो हुन्छ त आँखिरमा ?

वैधता :  अमेरिकाको संघीय सरकारले आफ्नो तलब सूचना बारेमा सहकर्मी संग छलफल गर्न सुरक्षा प्रदान गरेको छ l राष्ट्रिय मजदुर सम्बन्धि कानुनले कामदारहरुले आफ्ना तल बारेमा छलफल गर्न प्रतिबन्धित छैन भनि उल्लेख गरेको छ l

जसको कारण कर्मचारी बीच संगठित हुने र प्रभावकारी रुपमा मालिकले गर्ने अनुचित मोलतोल लाई समेत बचाउ गर्ने छ भनि उल्लेख गरेको छ l तथापी अमेरिकाको कानुनले तलब सम्बन्धि बुझ्ने मामलामा प्रत्याभूति भने गर्न दिदैंन l केवल सहकर्मीले आफ्नो तलब भन्न सक्ने छन् l तपाईले मानव संसाधन विभागलाई समेत तलब सम्बन्धि बल जफत गर्न सक्नु हुन्न भनेको छ l

अमेरिकामा जन्मिएकालाई यस बिषयमा ज्ञान पनि हुने हुनाले आफुले कमाएको अरुलाई नभन्ने र अरुको पनि चासो नगर्ने अमेरिकामा चलन छ l

किन बहस यस बिषयमा गरिदैन ?

किनभने तपाईले खाई पाई आएको तलब भन्दा पछि आएको कर्मचारीको तलब बेसी पनि हुने सम्भावना रहेकोले त्यो भनि दिदा ठुलो झगडा हुने हुन्छ l संगै एकै पटक भर्ना भएको सहकर्मीमा पनि तलबमा तल माथि हुने हुँदा झन् समस्या आई लाग्ने हुन्छ l तलब भन्ने गरे भन्यो भने आफु भन्दा कम काम गर्ने मानिसको तलब बढ्ता हुँदा सहन गार्हो हुन्छ l अनि आपसमा मन मुटाब ,ईर्षा र असन्तुष्ट हुन्छन फलस्वरूप काममा प्रभावित हुने हुन्छ l

जसको कारण काम गर्ने र मेहनती कर्मचारीको मनोबल गिर्छ l र समुह्कार्यमा प्रतक्ष्य या अप्रत्यक्ष असर पर्ने हुन्छ l कसैले भनि दियो भने मालिक बाट समस्या आउने र तपाईको जागिर समेत धरापमा पर्छ l जागिरको हात धुनु पर्ने समेत हुन्छ l सिधै निकाल्न नसके पनि अनेक उपाय द्वारा निकाल्न प्रयत्न गरिन्छ l

छलफल गर्दा के हुन्छ ?

आँखिर जोखिम मोल्ने हो भने छलफल गर्दा हुन्छ l र कतिपय समयमा राम्रो पनि हुन्छ l यस बाट के फाईदा हुन्छ भने तपाईको जागिर गयो भने पनि अरु स्थानमा मोलतोल गर्न तपाईलाई आँट आउछ l आफु यति सम्म तलब खाने रहेछु भन्ने बारे काम सुरु गर्न सकिन्छ l

अहिले सामाजीक संजाल र यस्ता प्रतिष्ठानहरु प्रसस्त भएकोले सबै कुरा र अनुमानित आफुले गर्ने कामको तलब अनुमान गर्न पनि सजिलो भएको छ l

यस बिषयमा कसरि निगरानी राख्ने ?

यदि तपाई आफ्नो तलब बारेमा सहकर्मीलाई सबैको भलोको लागि भन्न चाहनु हुन्छ भने बडो गम्भीरता पुर्वक गर्नु पर्छ l विश्वासपात्र संग मात्र आफुनो तलब बारे छलफल गर्नु पर्छ l जो जो यस बिषयमा छलफलमा सहभागि भएका हुन्छन उनीहरुले कहिँ कतै पनि यो कुरा बाहिर जानु हुदैन भन्ने प्रतिबद्धता गर्नु पर्छ l छोडेर गएको कर्मचारीले पनि यस बिषयमा कुरा खोल्नु हुदैन l यसो गरेमा सहकर्मी बीच एकता हुने र मालिक बाट एकरुपता पनि गर्न मदत पुग्ने हुन्छ l

तर अमेरिकामा फुर्सदको कारण र यस्ता बिषयमा छलफल गर्न अति समयको खाचो हुने हुनाले हरेक कर्मचारीको फरक तलब पनि हुन्छ l त चुप र म पनि चुप भए पछि मूल ढोका नै बन्द भए पछि कसैले चासो लिदैनन l

प्रतिक्रिया